भीमेश्वरको सान ‘राङराङथली’
जंगलको बिचमा चिटिक्को गोलाकार पोखरी । पोखरीलाई वरपर स्टिलको रेलिङले घेरिएको छ । दायाँ बायाँ घुम्ने मेच संगै ठाउँ ठाउँमा ट्रस निर्माण गरिएको छ । पारीपट्टी अत्याधुनिक थिएटर हल, भूमेस्थान, ध्यान केन्द्र, ओपेरास्थल, पाहुना घर, बाल बगैंचा, फाउन्टेन पार्कलगायत संरचना धमाधम बनिरहेको छ ।
दोलखाको भीमेश्वर नगरपालिका १ स्थित राङराङथली पुग्दा जो कोहीको पनि मन लोभिन्छ । पर्यटक आकर्षण गर्न भीमेश्वर नगरपालिकाले बनाईरहेको यो चिटिक्कको पार्कको आपर्यटक आकर्षण गर्न भीमेश्वर नगरपालिकाले बनाईरहेको यो चिटिक्कको पार्कको आफ्नै खाले बिशेषता छन् । भीमेश्वर नगरपालिकाको यो सबैभन्दा आकर्षक र ठुला मध्येको पूर्वाधार हो ।
राङराङथली पुग्न दुई ओटा सडक मार्ग छन् । चरिकोट बजार अथवा मकैबारी बाट देउराली निस्केपछि देउराली बजारबाट २ किलोमिटर सडक आर्लेपछि यो पार्क पुग्न सकिन्छ । यस्तै क्षमावतीको पानीघााटबाट समेत यो पार्क पुग्न सकिन्छ । हिड्नका लागि भीमेश्वर नगरपालिकाले भ्युटावर देखि यहाँ सम्म सिढी समेत तयार पारेको छ । यो सिढीबाट ओहोरदोहोर गर्दा पर्यटकहरु एक घण्टा जंगलको बाटोमा हाईकिङको मजा लिन सक्नेछन् । पोखरीमा गोडर खोला र गुफा रसाएर आएको पानीलाई प्रयोग गर्ने गरी डिजाइन गरि तयार गरिएको भीमेश्वर नगरपालिकाका योजना तथा पूर्वाधार शाखा प्रमुख इन्जिनियर सुरेश राउतले जानकारी दिए ।
राङराङथलीलाई थामी जातीको उद्गम थलोको रुपमा मानिन्छ । यहाँ अहिले पनि थामी जातिले परम्परागत भुमे पूजा गर्दै आएका छन् । यहँ नेपालकै पहिलो थामी संग्रहालय निर्माण हुने भएको छ । २५ रोपनी क्षेत्रफलमा निर्माणाधीन संग्रहालयको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेको छ । डीपीआरअनुसार संग्रहालयमा बन्नेछ । २० करोड रुपैयाँको लागतमा बन्ने संग्रहालय संसारभरका पर्यटकको आकर्षणको केन्द्र बन्नेछ । डीपीआर अनुसार नै पोखरी निर्माण भएको हो । तिलक पोखरीले संग्रहालयलाई थप मनमोहक बनाउनेछ । डीपीआर अनुसार जंगलमा बुर्कुस्सी मार्दै चरेका मृगको हुल संग्रहालयको अर्को विशेषता हुनेछ । कालिज, डाँफे र जुरेलीको बथानले रूखको डाली चहारेका दृश्य संग्रहालयको थप सम्पत्ति हुनेछन ।
नगरपालिकाको मात्रै बजेटले डीपीआरअनुसारको संग्रहालय बन्न निकै मुस्किल पर्ने देखिन्छ । राङराङथली थामी जातिको ऐतिहासिक थलोलाई पहिचान गरेर संग्रहालय बनाउन लागिएको भीमेश्वर नगरपालिकाका मेयर ईश्वर मानन्धरले बताए । संग्रहालय बन्ने ठाउँ अत्यन्तै सुन्दर ठाउँमा छ । डिपिआरअनुसार संग्रहालय बन्न नगरपालिकाको बजेटले पुग्दैन । यसका लागि संघीय र प्रदेश सरकारको सहयोग आवश्यक पन मेयर मानन्धरले भने ।
संग्रहालय निर्माण स्थलसम्म सडक पुगेको छ । छेउमै जोडिएको जंगललाई समेत सदुपयोग गर्दै सुनाखरी मार्गको रुपमा विकास गरिएको छ । थोरै क्षेत्रमा ५० प्रजातीभन्दा बढी सुनाखरी भेटिएको इन्जिनियर सुरेश राउतले बताए । पदमार्ग २ किलोमिटर छ ।
भीमेश्वर नगरपालिकाले संग्रहालयको निर्माण कार्य दुई वर्षअघिबाटै सुरु गरेको हो । यस अवधिमा नगरपालिकाले धेरै खर्च गरिसकेको छ । अहिलेसम्म संग्रहालयका लागि अत्यावश्यक तीनवटा भवन बनिसकेको छ । संग्रहालयबीच हुँदै बग्ने गोडर खोलालाई व्यवस्थित तुल्याइएको छ । गुम्फा आपोको जंगल रसाएर बनेको तिलक पोखरीको संरक्षण गरिएको छ । ‘बजेट भए संग्रहालय निर्माणका सम्पूर्ण काम दुई वर्षभित्रै सकिने थियो । तर, यति ठूलो रकम हामीसँग छैन ।’ इन्जिनियर राउतले भने । अहिलेसम्म पूर्वाधार निर्माणको काम भएका छन् । अब मुख्य गरी संग्राहालयको काम गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
थामी जातिका पुर्खाले बस्ती बसालेको भग्नावशेष संग्रहालय निर्माणस्थलमा फेला परेको उनको भनाइ छ ।
‘थामी जातिको पूर्खा यही ठाउँमा आएर बसेको प्रमाणित भएको छ । यहाँ भेटिएका भग्नावशेषले यसलाई पुष्टि गरेको छ । त्यसवेला प्रयोग गरिएको चुलो, पानी पिउनका लागि प्रयोग गरिएको पोखरी, बस्न प्रयोग गरिएको ओढार यहाँ फेला परेका छन् । यही ठाउँमा संग्रहालय निर्माण हुनु अत्यन्तै राम्रो पक्ष हो,’ भीमेश्वर नगरपालिका–१ का वडाअध्यक्ष माधव थामीले भने ।
Leave a Reply