न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली अगुवा साेमनाथ

- bolichali

२५ पुष २०७९, सोमबार

न्युयोर्क (अमेरिका)
गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीकाका अध्यक्ष सोमनाथ घिमीरेलाई नयाँ अमेरिकी डेमोक्रेटिक क्लब को उपाध्यक्ष पदमा मनोनयन गरीएको छ।

उहाँको राजनैतिक सकृयता, विगतको जो वाईडेन र कमला ह्यारीस् राष्ट्रपती/उप-राष्ट्रपती जिताउँ अभियानमा खेलेको भुमीका, न्युयोर्कमा स्थानीय र राज्यस्तरीय चुनावमा गरेको बिशेष भुमीका, जिपि कोईराला फाउन्डेशन अमेरीका च्याप्टर मार्फत लामो समयदेखी जुझारू र सशक्त टीम बनाई कोरोना कहरका बीच समेत समाजमा उल्लेखनीय योगदान पुर्याएको लगायतका पक्षहरूको समग्र मुल्यांकन गरी सो पदमा नियुक्त गरीएको नयाँ अमेरिकी डेमोक्रेटिक क्लबका संस्थापक अध्यक्ष मोर्सेद अलामले बताउनुभयो।

नयाँ अमेरिकी डेमोक्रेटिक क्लब न्युयोर्क राज्यकै सबैभन्दा पुरानो राजनितिक संस्था दक्षिण एसियाली अमेरिकन मेर्सेद अलामले सन १९९८ मा स्थापना गर्नु भएको हो।

मोर्सेद अलाम पर्यावरण रसायनज्ञ हुनुहुन्छ र वॅंहा पूर्व आयुक्त NYC मतदाता सहायता आयोग र सामुदायिक विद्यालय बोर्ड #२९ उपाध्यक्ष र कोषाध्यक्षमा न्युयोर्क राज्यको इतिहासमा पहिलो पटक दक्षिण एसियाली पदाधिकारी निर्वाचित हुदै सन १९९८ मा NYS सिनेटका लागि डेमोक्र्याटिक पार्टीका न्युयोर्क राज्यको इतिहासमा पहिलो पटक दक्षिण एसियाली उम्मेद्वार भएर रिपब्लीकन उम्मेद्वार विरुद्धमा 42% मत प्राप्त गरेर अमेरिकी राजनीतिक सर्कलमा आश्चर्यचकितनै पार्नु भएको थियो।

अध्यक्ष आलमले, उपाध्यक्ष पदमा नियुक्त हुनुभएकोमा सोमनाथ घिमिरेलाई बधाई दिँदै नयाँ अमेरिकी डेमोक्रेटिक क्लबलाई अझ ससक्त रुपले सबै कार्यकारी सदस्यहरू सँग सहकार्य गरी आगामी रणनीति एवं कार्यदिशामा सम्बद्द सबैलाई समेटी डेमोक्रेटिक पार्टीमा दक्षिण एसियाली मतदाताहरूको संख्या शसक्त ढंगले अझै धेरै बढाउॅंदै हाम्रो प्रभावकारीता थप उचाईमा पुर्याउॅंनु पर्छ भन्नु भयो।

अमेरीकामा जिपी कोईराला फाउन्डेशन मार्फत सामाजसेवामा अहोरात्र खटिएका घिमीरेको समग्र मुल्यांकन गरी नयाँ अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्ष जस्तो गरीमामय पदमा मनोनयन गरीएको सुखद खवरले फाउन्डेशन परीवारमा उर्जा एवं हौसला बढाएकोमा प्रशन्नता व्यक्त गर्दै जिपी कोईराला फाउन्डेशन अमेरीका परीवारको तर्फबाट घिमिरेलाई फाउन्डेसनले बधाई दिएकाे छ। घिमिरेको सक्रियतामा आगामी दिनमा नयाँ अमेरिकी डेमोक्रेटिक क्लबले समेत समाज विकास र परीवर्तनमा उल्लेखनीय योगदान पुर्याउने कुरामा फाउन्डेशन अमेरीका परीवार विश्वस्त रहेको जिपी कोईराला फाउन्डेशन अमेरीका उपाध्यक्ष सुवर्ण लामाले बताउनुभयो।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्