डाक्टर दंगाल संगै भारत र श्रीलंकाका दुई महिलाले पाएको अन्तराष्ट्रिय अवार्ड एशियाकै प्रख्यात

- bolichali

१ भाद्र २०७८, मंगलवार

बोलीचाली संवाददाता
चरिकोट अस्पतालका प्रमुख डाक्टर विनोद दंगालले एशियाकै उत्कृष्ट अवार्ड प्राप्त गरेका छन् । 

 दुर्गम गाउँमा बसेर स्वास्थ्य सेवा र सामाजिक विकासमा उत्कृष्ट काम गरेको भन्दैे एसिया अवार्डले उनलाई उत्कृष्ट डाक्टरको अवार्ड दिने निर्णय गरेको हो । यो एशियाकै लोकप्रिय अवार्ड हो । 

अवार्ड दिने संस्थाको कार्यालय भारतको तामिलनाडु र मलेसियामा रहेको उक्त संस्थाको वेभसाईटमा उल्लेख छ । मंगलबार वेभसाईटमा राखिएको विवरण अनुसार दंगालले नेपालको दुर्गम जिल्ला दोलखामा बसेर १० बर्ष भन्दा बढी एउटै अस्पतालमा काम गरेर निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको उल्लेख छ । यस्तै संस्थाले उनले काम गरेको अस्पतालका स्वास्थ्य सेवाको विवरण राख्ने बिद्युतिय प्रणालीलाई संस्थाले उत्कृष्टताको आधार समेत भनेको छ । दंगाललाई २०२० र २१ को उत्कृष्ट अवार्ड दिईएको हो ।  

मंगलबार सार्वजनिक गरिएका तिन ओटा अवार्ड मध्ये एशिया भरीमै स्वास्थ्य तथा सामाजिक सेवाको अवार्ड दंगाललाई दिईएको उल्लेख छ । यस्तै संस्थाले मंगलबार घोषणा गरेका अवार्ड मध्ये भारतको राजस्थानकी योगा प्रशिक्षक श्रुती कृष्णलाई योगाको माध्यमबाट मानव कल्याणको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको भन्दै उत्कृष्ट महिला अवार्ड दिने घोषणा गरेको छ । उडिसा राज्यको रैरंगपुर गाउँमा जन्मिएर सानै देखी योगाको माध्यमबाट सामाजिक काम गर्दै आएकी कृष्णा राजस्थान आसपासमा योगा थेरापिष्टका रुपमा चर्चित छिन् । 

यस्तै श्रीलंकाकी सौन्दर्य सामग्री उत्पादक कम्पनी अरोमा बिल्स सेलोनकी सञ्चालक अछिनी जयसिंगेले समेत उत्कृष्ट महिला ‘रोल मोडल’ को अवार्ड पाएकी छिन् । २०१७ मा स्थापना भएको उनको छालाजन्य सौन्दर्य सामग्री तिन बर्षमै अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त बनेको थियो । 
यस अघि गत मार्च महिनामा नेपालका दिनेश श्रेष्ठलाई दक्षिण एशियाकै उत्कृष्ट प्रधानाध्यापक अवार्ड, दिपिका श्रेष्ठलाई उत्कृष्ट महिला उद्यमी अवार्ड, मनोज भट्टराईलाई उत्कृष्ट व्यवसाय अवार्ड र राजेन्द्र श्रेष्ठले साना नानीहरुलाई पढाउने उत्कृष्ट प्रि स्कुल अवार्ड पाईसकेका छन् । 

यो अवार्ड भारतको तालिम नाडुमा अक्टोबर २० मा हस्तान्तरण गरिने वेभसाईटको उल्लेख छ ।  

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्