मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

- bolichali

७ आश्विन २०७९, शुक्रबार

मिटरब्याजमा संलग्नलाई कारबाही अभियान थालेकाे दाेलखा प्रहरीले मिटर ब्याजबाट पिडित बनेकाहरुकाे खाेजी शुरु गरेकाे छ ।

मिटर ब्याजबाट चर्काे रकम असुल्ने र अपराध गर्नेहरु जिल्लामा बढे संगै जिल्ला प्रहरी कार्यालयले त्यसबाट पिडित बनेकाहरुकाे खाेजी थालेकाे हाे ।

केही दिन अघि दाेलखा प्रहरीले मिटरब्याजमा संलग्न राैतहटका तेजबिक्रम कार्कीलाई एमालेकी निवर्तमान सांसद रेखा झाकाे ललितपुर स्थित फ्ल्याट बाट पक्राउ गरेकाे थियाे । तेजबिक्रमले दाेलखाका प्रकाश कार्कीलाई मिटरब्याजमा रकम लगानी गरेर पटक पटक अपहरण गरेकाे र बन्धक बनाएकाे पिडितले बताएका छन् ।तेजबिक्रमले प्रकाशलाई १ करोड लगानी गरेर १२ कराेड असुलेका थिए । पटक पटक रकम दिदै आएपनि राैतहटकाे आफ्नो साईटमा निर्माण सामग्री नियन्त्रणमा लिने, कब्जा गर्ने गरेकाे उनकाे आरोप छ ।

जिल्ला प्रहरी स्राेतका अनुसार निवर्तमान सांसद झा र तेजबिक्रम व्यवसायीक पार्टनर रहेकाे देखिएकाे छ । ‘झा र कार्कीकाे व्यवसायीक सम्बन्ध रहेकाे अनुसन्धान बाट देखिन्छ’ जिल्ला प्रहरी स्राेतले भन्याे – ‘हाललाई तेजबिक्रमलाई म्याद थप गरेर अनुसन्धानमा राखेका छाैं, केही प्रमाणका आधारमा झालाई समेत बयानका लागि बाेलाउदैछाैं’ । तेजबिक्रमबाट पिडित भएकाहरु धमाधम प्रहरीकाे सम्पर्कमा आईरहेकाे जिल्लाका प्रहरी प्रमुख डिएसपी गंगा पाैडेलले जानकारी दिए ।

प्रहरीले जिल्लाका अन्य मिटरब्याजीबाट पिडित भएकाहरुकाे पनि खाेजी शुरु गरेकाे छ । जिल्लामा त्यसबाट पिडितहरु थुप्रै रहेकाे जानकारी पाएपछि उनिहरुलाई सम्पर्कमा ल्याउन खाेजी भईरहेकाे पाैडेलले सुनाए ।

चरिकोट-मुडे सडकका निर्माण व्यवसायीले मिटर ब्याजीहरुबाटै पिडित भएका कारण साईटबाट डुबेर हात झिक्नुपरेकाे थियाे । उनी अहिले कसैको सम्पर्कमा छैनन् । दाेलखा नैलस्थायी घर भएका मिटरब्याजीहरुकाे चंगुलमा उनी नराम्रो संग फसेका थिए ।

चरिकोट सहित जिल्लाका थुप्रै व्यवसायीलाई काठमाडौं बसेर गाडीकाे रिकण्डिसन चलाउदै आएका एक जना मिटरब्याजीकाे कराेडाैं लगानी छ । रकम उठाउन उनले गुण्डा प्रयोग गर्ने गरेका छन् । उनीबाट पिडित मैनापाेखरी बजारका एक जना व्यवसायी केही दिन अघि प्रहरीकाे अनाैपचारिक सम्पर्कमा आएका थिए ।

तेजबिक्रमका पछाडी दोलखा जिल्लाका केहीको संलग्नता हुन सक्ने प्रहरी आशंका छ। केही दिन अघि जिल्लाका केही प्रभावशाली व्यवसायी र मिटरब्याजी उपर जिल्ला प्रशासनमा मुद्दा परेको थियो। सदरमुकाम चरिकोटका एक जना प्रतिष्ठीत व्यवसायीका छोरासहित प्रभावशाली व्यक्तीहरुविरुद्ध परेको चर्को मिटर ब्याज र ठगी सम्बन्धी उजुरी बिभिन्न दबाबमा जिल्ला प्रशासनबाट मिलापत्र गराएर पठाईएको थियो । प्रहरीले पिडितहरुको खोजी कार्य जारी राखेको जनाएको छ। पिडितहरुलाई सम्पर्कमा आउन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ। 

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्