दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा भिड्न चाहन्छन्

- bolichali

२३ भाद्र २०७९, बिहीबार

दाेलखा एमालेका तीन जना महिला समानुपातिक सांसदहरुले प्रत्यक्षमा निर्वाचन लड्ने आकाँक्षा सहित पार्टी बाट सिफारिस भएका छन् ।

एक प्रतिनिधि सभा र दुई ओटा प्रदेशसभाकाे सिट रहेकाे जिल्लामा पार्टी जिल्ला कमिटीले गरेकाे प्रत्यक्ष र समानुपातिक तर्फ ४८ जनाकाे नाम माथिल्लो कमिटीमा सिफारिस गरेकाे छ । ती मध्ये १५ जना महिला छन् । प्राय महिला समानुपातिकमा परेका छन् । ३ जनाले मात्र प्रत्यक्षमा लड्ने ईच्छा देखाएका छन् । प्रतिनिधि सभा तर्फ प्रत्यक्षमा लड्ने आकाँक्षा राख्नेहरुमा तिनै जना वाहलवाला समानुपातिक सांसद हुन् । प्रदेश तर्फकाे प्रत्यक्षमा महिलाकाे दाबी छैन । प्रदेशमा प्रत्यक्ष लड्न चाहनेहरु सबै पुरुष मात्र छन् ।

प्रतिनिधि सभा सदस्यका लागि ८ जनाको नाम सिफारिस भएकाे छ । ती मध्ये शान्तिमाया पाख्रिन, रचना खड्का र सरस्वती बस्नेत गरेर ३ जना मात्रै महिला छन् । पाख्रिन समानुपातिक तर्फ पार्टी बाट हालका संघीय सांसद छिन् । २०६४ र हालकाे संसदमा समानुपातिक रहेकी उनी शहिदपत्नी हुन् । वाग्मती प्रदेश सभामा पार्टी बाट समानुपातिक सांसद रहेकी खड्का प्रदेश सरकारकी पूर्व अर्थमन्त्री हुन् । समानुपातिकमै सांसद रहेकी बस्नेत पूर्व सामाजिक विकास मन्त्री हुन् ।

प्रतिनिधि सभा तर्फ जिल्ला पार्टी बाट पूर्व सांसद एवम् पूर्व मन्त्री समेत रहेका पाेलिटब्युराे सदस्य आनन्द पाेखरेल, दाेलखाका वाहलवाला सांसद एवम् पूर्व मन्त्री साथै अर्का पाेलिटब्युराे सदस्य पार्वत गुरुङ, पूर्व पार्टी अध्यक्ष ईश्वर पाेखरेल, नेताहरु श्याम बस्नेत र भरत दुलाल सिफारिस भएका छन् ।

प्रतिनिधि सभा समानुपातिक तर्फ ३ महिला सहित ८ जनाकाे सिफारिस भएकाे छ । सिफारिस पर्ने महिलाहरुमा उर्मिला थामी, शारदा राना, र राेचकुमारी चाैलागाई छन् । उर्मिला गाैरीशंकर गाउँपालिकाकी पूर्व उपाध्यक्ष हुन् । स्वर्गीय नेता पशुपति चाैलागाईकी भाइ बुहारी समेत रहेकी चाैलागाई सशक्त महिला नेतृ हुन् । समानुपातिक तर्फ नेताहरु ईश्वरी रिजाल, जितविर लामा, हर्कमान तामाङ, दिव्यध्वज कार्की र सहदेव खड्काकाे नाम सिफारिस भएकाे छ ।

दुवै प्रदेश सभाकाे प्रत्यक्ष तर्फ सबै सिफारिस भएका नामावलीमा महिला सहभागीता शून्य । प्रदेश सभा (क) बाट पार्टी जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, विदुर शर्मा, टंकल जिरेल र जिवसराज खड्का गरि ४ जना प्रत्यक्ष तर्फ सिफारिस भएका छन् । प्रदेश सभा (ख) मा लालकुमार केसी, भरत केसी, बालकृष्ण शिवाकोटी, डबल पाण्डे र कैलाश कुमार श्रेष्ठ सिफारिस भएका छन् ।

प्रदेश सभाकाे समानुपातिक तर्फ ९ जना महिला सिफारिसमा परेका छन् । प्रदेश (क) बाट समानुपातिकमा सिफारिस हुनेहरुमा उर्मिला सुनुवार, नविना तामाङ, शान्तिकुमारी तामाङ छन् । प्रदेश (ख) बाट कालिका पाठक, कृष्णकुमारी थामी, डा. जानुका न्याैपाने, पार्वती खड्का, मेनुका सुवेदी र राधिका ओली गरेर ६ जना महिला समानुपातिक सिफमरिसमा परेका छन् ।

प्रदेश तर्फ समानुपातिक सिफारिसमा पर्नेहरुमा चिरञ्जीवी मास्के, डिल्लीध्वज बराईली, रामबहादुर श्रेष्ठ, रमेश सुनुवार, मिङमा शेर्पा, लक्ष्मण गुभाजु, हरि जिरेल, सुन्दर कार्की, कृष्ण बहादुर श्रेष्ठ, टेकबहादुर घतानी, ठुला थामी, थिरबहादुर माेक्तान र दिनेश बस्नेत छन् ।

एमाले दाेलखाका सचिव हिरा थाेकरले सिफारिस नामावली माथिल्लो कमिटीमा नेपाली वर्णानुक्रम अनुसार पठाईसकिएकाे सुनाए ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्