‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका साथ चुनाव जित्दैछ’

- bolichali

२९ कार्तिक २०७९, मंगलवार

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं दोलखा जिल्ला ईन्चार्ज तथा लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन परिचालन समितिका जिल्ला संयोजक बिशाल खड्काले दोलखामा गठबन्धनले सानदार मत सहित निर्वाचन जित्ने दाबी गरेका छन् ।


मंगलबार बिहान बोलीचाली डट कम संगको कुराकानीमा उनले शानदार मत सहित जिल्लाका तिन ओटै सिटमा गठबन्धनले जित्ने दाबी गरे । गठबन्धनको जितका लागि प्रशस्त आधार रहेको उनको दाबी थियो । ‘आधारका लागि तपाईले अरु हैन, गत स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्नुस त’ उनले भने – ‘वडा अध्यक्षहरुले ल्याएको मत परिणाममा गठबन्धन ६३ हजार र एमाले ३९ हजार छ, पहिलो आधार नै यही हो’ ।


उनले दोलखामा बहुदल पछि अधिकांश समय संसदीय राजनितिमा अवसर पाएको एमालेका जनप्रतिनिधिले जनताको सेवक नभई शासक बन्ने दुराशाय राखेर काम गरेका कारण जिल्लाका नागरिकमा निराशा रहेको आरोप समेत लगाए । ‘उहाँहरुले पटक पटक अवसर पाउनुभयो, दुई पटक पावरफुल मन्त्रालय सम्हाल्नुभयो तर दोलखाले के पायो ?’ प्रश्न गर्दै खड्काले भने – ‘नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीको संयुक्त गठबन्धनले यो बिचमा दोलखाका ७ ओटा सरकार र जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदले एक पटक प्रदेशको मन्त्रालय सम्हाल्दा दोलखाबासीले विकास बजेट के हो भन्ने कुराको अनुभुती गर्न पाएका छन, यति छोटो समयमै घर आंगनमै सिंहदरबारको महशुस गर्न पाएका छन, हो यही नै हो हाम्रो जितको प्रमुख आधार’ ।


‘चुनाव शान्तिपूर्ण हुन्छ’
वागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्री समेत रहेको खड्काले बुथ क्याप्चर गरेर चुनाव जित्न बानी परेकाहरुले गठबन्धनलाई बुथ क्याप्चर गर्छ भनेर आरोप लगाएको भन्दै त्यसको खण्डन समेत गरे । ‘उहाँहरु (एमालेका केही नेता) बानी पर्नुभएको छ, के के सम्म गर्नुहुन्छ भन्ने कुरा त देखिएकै छ त, तर हामी भन्छौं, त्यस्तो सपना नदेखे हुन्छ दोलखामा यस पटक शान्तिपूर्ण निर्वाचन हुन्छ’ उनले भने ।


यस्तै गत स्थानीय चुनावमा गठबन्धनले दोलखाका ९ ओटा स्थानीय तह मध्ये ७ स्थानमा जितेकाले जनताले यो निर्वाचनमा समेत गठबन्धनका उम्मेदवार रोज्ने खड्काले बताए ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्