ठेकेदारलाई फर्कन अवरोध पुगेपछि प्रधानमन्त्री कार्यालयका सचिव ‘सिडिओ’ लिएर तामाकोसीमा

- bolichali
४ भाद्र २०७८, शुक्रबार
माथिल्लो तामाकोसी जलबिद्युत आयोजनामा काम गरेको ठेकेदारलाई फर्किन बिभिन्न समुह सहित प्रशासनकै अवरोध भएको सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपाने जिल्ला स्थित सुरक्षा अधिकारीहरुलाई लिएर शुक्रबार दिउँसो आयोजनास्थल पुगेका छन् ।
तामाकोसी आयोजनामा ११ बर्ष काम गरेर सम्पन्न गरेको मुख्य ठेकेदार चिनिया कम्पनी सिनो हाईड्रो कर्पोरेशनलाई आयोजनास्थलबाट फर्किन बिभिन्न समुह साथै ‘सिडिओ’को आदेशमा प्रशासनकै अवरोध भएको खबर नागरिकन्युज अनलाईन र बाेमालीचाली डटकममा प्रकाशित भएपछि शुक्रबार सचिव न्यौपाने जिल्लाका सिडिओ, डिएसपी सहितका सुरक्षा अधिकारीलाई लिएर आयोजनास्थल लामावगर पुगेका हुन् ।
उनी बिहिबार जिल्ला आएका थिए । सचिव न्यौपाने आयोजनाकै निवासमा बस्नेछन् । उनले आफु सरकारी कामकै सिलसिलामा जिल्ला आएको सुनाए । ‘कोभीड सहित जिल्लाको वस्तुस्थिती बुझ्न हिजो बेलुकी दोलखा आईपुगेको थिएंँ’ उनले टेलिफोनमा भने – ‘राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलबिद्युत आयोजना पनि हेरौं र यसको अवस्था बुझौं भनेर आयोजनास्थल आएको हुँ’ । न्यौपानेले तामाकोसी आयोजना सम्पन्न भईसकेपछि पनि पछिल्लो समय देखिएका सबै समस्या बारे व्यवस्थापन संग बसेर छलफल गर्ने समेत जानकारी दिए । न्याैपाने शुक्रबार बेलुकै सदरमुकाम फर्किएका छन् ।
सचिव न्यौपाने संगै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्लाका प्रहरी प्रमुख डिएसपी भेषराज रिजाल, सशस्त्र प्रहरीका जिल्ला प्रमुख बुद्धिनारायण महर्जन लगायतका सुरक्षा अधिकारी छन् ।


















Leave a Reply