कांग्रेस जिल्ला सचिव पदमा आचार्यद्धारा उम्मेद्धारी घोषणा

- bolichali
२ आश्विन २०७८, शनिबार
दोलखा/जिल्ला कांग्रेसका वाहलवाला सचिव बालकृष्ण आचार्यले सचिव पदमा उम्मेद्धारी दिने घोषणा गरेका छन् ।
शनिबार चरिकोटमा पत्रकार सम्मेलन गरी उनले आसन्न जिल्ला अधिवेशनमा जिल्ला सचिव पदमा उम्मेद्धारी दिने घोषणा गरेका हुन् ।
कालिञ्चोक गाउँपालिका ८ सुनखानीका आचार्य यस अघि मनोनित जिल्ला सचिव थिए । कागं्रेसको यस अघिको विधान अनुसार दुई सचिव मध्ये एक जिल्ला सभापतिको सिफारिसमा मनोनित हुने व्यवस्था थियो । हालको विधान अनुसार भने जिल्ला अधिवेशनबाट दुवै सचिव निर्वाचित हुने व्यवस्था छ ।
उनले कांग्रेसको सुधार र वृहत्त सांगठिनक हितका निम्ती आफुले सचिवमा उम्मेद्धारी दिन लागेको सुनाए ।
दोलखामा यस अघि तरुण दलका जिल्ला अध्यक्ष दावासांगे शेर्पा, नेविसंघ पूर्व जिल्ला अध्यक्ष समेत रहेका तामाकोसी गाउँपालिका १ भिरकोटका वडाध्यक्ष महेश्वर काफ्ले, जिल्ला कांग्रेसका प्रवक्ता सन्तोष पाठक, भिरकोट गाउँबाटै प्रतिनिधित्व गर्ने नेता कुमार भुजेल, शैलुङ गाउँपालिका ८ का वडाध्यक्ष रामेश्वर उप्रेती लगायतले सचिव पदमा उम्मेद्धारी दिने घोषणा गरिसकेका छन् ।
तरुण दलको संगठन परिचालनका कारण शेर्पा युवाहरु माझ प्रख्यात छन भने यस अघि पार्टी जिल्ला कमिटि सदस्य रहेका काफ्ले युवाहरु माझ उत्तिकै लोकप्रिय छन् । जिल्ला कांग्रेसका प्रवक्ता रहेका पाठक समेत बौद्धिक हिसाबले उत्तिकै लोकप्रिय छन् । संगठनमा सशक्त रहेका भुजेल बिषयबस्तु उठानमा काबिल छन भने अघिल्लो १३ औं अधिवेशनमा समेत सचिवमा उम्मेद्धारी दिएका उप्रेती दक्षिणी भेग सहित जिल्ला भर प्रख्यात मानिन्छन् । 

















Leave a Reply