द्धन्दकालमा कार्यकर्ता जोगाउने संगठनका ‘सारथी’

- bolichali

१३ आश्विन २०७८, बुधबार

२०५७ सालको असार २३ गते तरुण दलका जिल्ला सचिव ईश्वर नारायण मानन्धर तरुण दलको गाउँ अधिवेशन सम्पन्न गर्न आलम्पु पुगेका थिए ।   
भदौ २० गते तरुण दलको जिल्ला अधिवेशन हुँदै थियो । २०५४ साल देखी जिल्ला सचिव रहेका मानन्धर गाउँमा संगठन गर्दै हिड्थे । अध्यक्ष हुने तयारी गरेका उनले ५१ गाविस र १ नगरका प्राय सबै गाउँमा संगठन बनाईसकेका थिए । त्यस दिन आलम्पुको गाउँ अधिवेशन सकेर मानन्धर नेतृत्वको टोली एक जना कार्यकर्ताको घरमा बास बसेको थियो । 

रातको ११ बजे उनीहरु बसेको त्यो घर तत्कालिन बिद्रोही माओवादीको हतियारधारी टोलीले घेरा हाल्यो । माओवादी टोलीले मानन्धरलाई लिन आएको भन्दै निस्किन दबाब दिए । ति घरधनी कार्यकर्ताले २ घण्टा सम्म माओवादीलाई अल्मल्याएर पठाए । केही समय पछि पुनः आदेश छ भन्दै अपहरण गर्न घर घेरेका माओवादीहरुको टोलीबाट मानन्धर सहितको टोलीलाई जोगाउने जुक्ती ति कार्यकर्ताले निकालिन् । माओवादी टोलीको आँखा छलेर रातको ३ बजे घर पछाडीबाट जसोतसो निकालेर पठाईन् । तरुण दलको गाउँ अधिवेशन गर्न हिडेको मानन्धर नेतृत्वको टोली बिहान ५ बजे सिंगटी पुगेर चरिकोट फर्कियो । 

….
यो त सामन्य उदाहरण मात्र हो । द्धन्दकालमा दोलखाका सबै गाउँहरुमा तरुण दलको संगठन गरेका दोलखा कांग्रेसका नेता ईश्वर मानन्धर संग माओवादीको जगजगी ताका समेत ज्यानको बाजी थापेर दोलखाका गाउँहरुमा संगठन गरेका यस्ता दर्जनौं अनुभव छन् । दोलखा कांग्रेस भित्र काबिल संगठनकर्ताका रुपमा चिनिएका मानन्धरले द्धन्दकालमा ज्यानको बाजी थापेर दोलखाका गाउँहरुमा ब्युत्ताएको संगठन अहिले पनि जिवितै छ । त्यस बेलाका पुराना उनका समकक्षी मानन्धरको सांगठनिक अभियान र उनले गरेको काम सुनाईरहन्छन् ।


२०४० सालमा गौरीशंकर क्याम्पस पढ्दा नेविसंघको ईकाई सचिव मार्फत राजनितिक यात्रा थालेका मानन्धर चरिकोटका स्थानिय हुन् ।
गौरीशंकर बहुमुखी क्याम्पसमा त्यस ताकाका प्राध्यापक र शिक्षकहरु प्राय कांग्रेस निकट थिए । पञ्चायतको जगजगी थियो । पञ्चायत विरोधी गतिविधि र कांग्रेसको राजनिति गर्न तिनै प्राध्यापक र शिक्षकहरुले सिकाउथे ।


चरिकोट बजारका रैनाथे मानन्न्धरको घरमा जिल्लाका नेताहरु भीमबहादुर तामाङ, आङदोर्जे शेर्पा, भवेन्द्रबहादुर खड्का लगायतको आउजाउ भईरहन्थ्यो । सदरमुकाममा मानन्धर परिवारकै घरमा उनिहरु बास बस्थे । स्कुले उमेर देखी नै राजनितिक बुझेका मानन्धरले जिल्लाका तिनै शिर्षस्थ नेताहरु संग नजिकबाट सरसंगत गर्न भ्याए र राजनितिमा प्रवेश गरे ।


द्धन्दकाल भरी तरुण दलको कठिन यात्रा

ईश्वर नारायणले राजनितिमा धेरै नै कठिनाई र हण्डर ब्यहोरे । २०५४ सालमा तरुण दलमा आवद्ध भएपछि उनी निरन्तर खटिए । द्धन्दका कारण गाउँमा सैयौं कार्यकर्ता बिस्थापित हुन थालिसकेका थिए । दोलखाका प्राय गाउँहरुमा माओवादीको प्रभाव बढ्दै गईरहेको थियो । २०५४ सालमा तरुण दलको जिल्ला सचिव भएपछि मानन्धरले जिल्लाभर संगठन गर्ने एउटा अठोट गरे । त्यतिखेर ५१ गाविस र १ नगरपालिका थियो । संगठन अभियान लिएर उनी गाउँ पसे । माओवादीले कांग्रेस कार्यकर्ता लखेट्ने र दुख दिन थालिसकेका थिए । मानन्धर गाउँ पसेर संगठन गर्दा जिल्ला हाँकेका नेताहरु कोही अमेरिका त कोही जापान र राजधानी भासिसकेका थिए । कांग्रेसको जिल्ला कार्यालयमा ताला लागेको हुन्थ्यो ।


मानन्धरलाई माओवादीले निकै पटक दुख दिए । पटक पटक अपहरण गर्न खोजे । एक पटक संगठन अभियानकै क्रममा च्यामामा पुग्दा उनी र भीमेश्वर ३ का हालका सभापति गणेश थापालाई अपहरण गर्न माओवादी कार्यक्रम स्थल नजिक पर्खेर बसेका थिए । च्यामामा हालका गाउँपालिका सभापति कृष्ण प्रसाद फुयाँलको अध्यक्ष्यतामा ङरहरि फुयाँल, रामचन्द्र फुयाँल, वेदमाया फुयाँल लगायतको तरुण दल गाउँ समिति बनाएर फर्कदै गर्दा माओवादीहरु अपहरण गर्न आए । च्यामाका पूर्व गाविस अध्यक्ष रामबहादुर खड्काले मानन्न्धरलाई अपहरण गर्ने सुचना थाहा पाए । उनी र संगै गएका थापालाई माओवादी आउने भन्दा अलग बाटोबाट भगाए । माओवादीहरु मानन्धर फर्किने बाटोमा कुरेर बसेका थिए । तर पूर्व गाविस अध्यक्ष खड्काले उनलाई छुट्टै बाटोबाट खिम्ती हाईड्रोको घिर्लिङ चढाएर किर्ने पठाए र त्यस दिन ज्यान जोगाएर उनिहरु चरिकोट फर्किए ।


ईश्वर संग सदरमुकाममै अपहरणबाट फुत्कीएको अर्को अनुभव छ । २०५९ सालमा हालका शिक्षक राम चिमोरिया सहित माओवादीको टोली अपहरण गर्न तरुण दलको जिल्ला कार्यालयमै आईपुग्यो । दुई घण्टा उनिहरु संग विवाद भयो । चिमोरिया सहितको टोलीले आफुहरु संग जान धम्की दिईरहेको थियो । दुई घण्टा विवाद चलिरहेको बेला मानन्धरकी पत्नी जानकी आईपुगिन् । जानकीलाई देखेपछि शिक्षक चिमोरिया हच्कीए । जानकी र उनी संगै शिक्षण तालिम लिएका रहेछन् । श्रीमानलाई तिमिीहरु संग पठाउदिन भनेर जानकीले जर्बजस्ती गरेपछि र लामो विवाद पछि माओवादी टोली त्यस दिन मानन्धरलाई नलिई फर्कियो ।


संगठनकै साथीको हत्या हुँदा
२०५८ पुस २९ गते मानन्धरलाई तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी रामकाजी थापाले फोन गरे । ‘ईश्वर जी, माओवादीले जिरीमा गोली हानेर हेमन्त प्रधानको हत्या ग¥यो, शव उठाउन तपाईहरु जानुपर्ने भयो’ – सहायक प्रमुख जिल्ला अधिकारीको फोन सुन्ने बितिकै उनको होस ह्वास उड्यो । मानन्धर तरुण दलको जिल्ला अध्यक्ष हुँदा हेमन्त जिल्ला कार्य समिति सदस्य थिए । जिरीका सक्रिय संगठक हेमन्तकै सहयोगमा जिरी, श्यामा र मालीमा राम्रो संगठन बनाएका थिए मानन्धरले । तर माओवादीले उनको हत्या गरिदिए ।
हत्याको खबर उनले तुरुन्तै नेता भीमबहादुर तामाङ र टंक जिरेललाई थाहा दिए । तामाङ र जिरेल हेलिकप्टर मार्फत जिरी पुगे भने उनी गाडी लिएर सदरमुकामबाट हिडे ।
जिरीमा रुवाबासी थियो । सन्नाटा थियो । नेताहरुको टोली पुगेपछि शव यात्रा चल्यो । दाहसंस्कार सकियो ।


ईश्वर माओवादी नेताहरु संग जोडिने हरेक सभामा अझै पनि हेमन्तको हत्याको कारण खोज्छन् । ‘संगठनमा संगै काम गरेको सक्रिय साथी थियो उ’ मानन्धर सम्झिन्छन – ‘किन हत्या गरे अझै बुझ्न सकेको छैन, त्यो घटना सम्झीदा अझै भक्कानो फुटेर आउछ’ ।


२०५६ मा माओवादीले हत्या गरेका तरुण दलका अर्का सदस्य तोरण बहादुर खड्काको शव सदरमुकाम ल्याउन मानन्धरकै टोली सक्रिय पूर्वक खटिएको थियो । चरिकोटमा खड्काको शवयात्रा गर्दा श्रद्धाञ्जली सभामा माओवादीको ज्यादती विरुद्ध मानन्धर एक्लैले बोलेका थिए ।


सदरमुकाममा घर भएका मानन्धरले थुप्रै कार्यकर्तालाई माओवादीबाट जोगाएका छन् । गाउँबाट लखेटेपछि सदरमुकाम आउने कार्यकर्तालाई आश्रय दिने देखी गाडी चढाएर राजधानी कटाउने काम गरेका छन् । तत्कालिन तरुण दलका कार्यकर्ताहरु बलराम खतिवडा, देवी बहादुर अधिकारी, देवराज शिवाकोटी, गणेश शिवाकोटी, रामकाजी शिवाकोटी, प्रतापकुमार श्रेष्ठ, भरत पाण्डे, दिर्घलाल लामा लगायतलाई माओवादीले लखेटेपछि सदरमुकाममा बसेर सेल्टर दिने देखी घाईतेहरुको उपचार गर्ने सम्मको काम मानन्धर लगायतको टोलीले नै गथ्र्यो । मानन्धर तरुण दलको केन्न्द्रिय सदस्य हुँदै केन्द्रिय सचिव सम्म बनेका थिए ।


तरुण दलमा कार्यरत रहँदै मानन्धर पार्टी राजनितिमा होमिए । १० औं, ११ औं र १२ औं अधिवेशनमा महासमिति सदस्य र १३ औं मा महाधिवेशन प्रतिनिधि भएर पार्टी सभापतिको उम्मेद्धार बनेका थिए । माधवमणी राजभण्डारी पार्टी सभापति हुँदा उनलाई पार्टी सचिवको प्रस्ताव आएको थियो । तर समितिमा आफ्नै दाजु उपसभापति भएका कारण एउटै परिवार भित्र पदहरु दिनु हुदैन भन्ने मान्यता राखेर उनले सचिव पद अस्विकार गरेका थिए ।


पार्टीमा सक्रिय राजनिति गरेका मानन्धरले संगठनमा राम्रो पकड जमाउदै गए । बिशेष गरी दुई नं क्षेत्रको संगठनमा मानन्धरको राम्रो पकड छ । पार्टीको गाउँ जागरण देखी हरेक अभियानमा उनी अगुवाई सहित सक्रियतापूर्वक लाग्ने नेता हुन् । पार्टी संगठनमा जिल्लैभरी उनकोे राम्रो पकड छ । मानन्धर १३ औं अधिवेशनमा हालका सभापति रुद्रबहादुर खड्का संग प्रतिष्पर्धा गरेका थिए । जिल्लाभरबाट उनलाई २ सय ३३ मत आएको थियो ।


भीमेश्वर ६ का मानन्धर गत स्थानिय तहको निर्वाचनमा भीमेश्वर नगरपालिकाका मेयर उठेका थिए । उक्त चुनावमा १ हजार मतान्तरले एमाले उम्मेद्धार संग पराजित बने । तरुण्ढा दलमा रहँदा मानन्धरले शुरुमा स्वर्गिय नेता आङदोर्जे लामाको नाममा र २०५८ देखी हेमन्त प्रधनको नाममा एसएलसी दिने बिद्यार्थीहरुका लागी निशुल्क कोचिङ कक्षा चलाउन शुरु गरेका थिए ।


मानिसको चाडै विश्वास गरिहाल्ने र सानो घेरामा रमाउने आरोप शुभचिन्तकहरुले उनलाई लगाउने गरेका छन् ।


नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनमा उनी खुला तर्फको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेद्धारी दिदैछन् । उनी भेट्रान मत सहित जित्ने आंकलन गरिएका नेता मध्येका हुन् ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्