तिन जना केन्द्रिय सदस्यले दोलखामा कांग्रेस जिताउन सक्लान ?

- bolichali

९ पुष २०७८, शुक्रबार

दोलखा, पुस ९
गत प्रतिनिधि सभा निर्वाचन (२०७४) मा देशभरमै सबै भन्दा बुढी मतान्तरले कम्युनिष्ट संग पराजय व्यहोरेको दोलखा जिल्ला कांग्रेसबाट प्रतिनिधित्व गर्दै तिन जना नेता नेपाली कांग्रेसको केन्द्रिय सदस्य बनेका छन् ।


बिहिबार राती सकिएको १४ औं महाधिवेशनको निर्वाचनका सबै परिणामहरु आईसक्दा दोलखा जिल्लाबाट तिन जना केन्द्रिय सदस्य निर्वाचित भएका हुन् । दोलखाबाट ३५ सिटको खुला तर्फ ३, खस आर्य खुला तर्फ १ र अपांग खुला तर्फ १ गरी ५ जनाले उम्म्मेद्धारी दिएका थिए ।


५ जना मध्ये खुला तर्फ उम्मेद्धारी दिएका पार्टीका सांसद जिपछिरिङ लामा, नेताहरु कुन्दनराज काफ्ले र अजयबाबु शिवाकोटीले मात्र विजय हासिल गरेका छन् । ३५ जना केन्द्रिय सदस्यका लागी ९९ जनाको उम्मेद्धारी परेको खुला कोटामा दोलखाबाट प्रतिनिधित्व गर्ने पार्टीका समानुपातिक सांसद लामाले २७ सय २ मत सहित नवौं स्थानमा विजय हासिल गरे । सभापति देउवा निकट लामा समाजसेवार पार्टी राजनितिबाटै स्थापित नेता हुन् ।


यस्तै बिद्यार्थी राजनितिबाट उदाएका नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले २२ सय ७९ मत सहित बिसौं स्थानमा जिते भने बिद्यालय र क्याम्पस तहमा नेविसंघ हुँदै पत्रकारिता पृष्ठभुमीबाट पार्टी राजनितिमा होमिएका नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले १८ सय ११ मत सहित २९ औं स्थानमा केन्द्रिय सदस्य जितेका छन् । पार्टी निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको थियो । विजयी लामा र काफ्ले शेरबहादुर देउवा नेतृत्वको संस्थापन टिम र शिवाकोटी शेखर कोईराला नेतृत्वको संस्थापन ईत्तर समुहबाट चुनाव लडेका थिए ।


यस्तै दोलखाबाट प्रतिनिधित्व गर्दै ७ जनाको सिटमा खस आर्य खुलामा शेखर समुहबाटै उम्मेद्धारी दिएका पूर्व जिल्ला सभापति ताराबहादुर कोईरालाले जित निकाल्न सकेनन् । ४२ जना लडेको सिटमा उनी १६ सय ९ मत सहित दशौं भए । अपांग कोटामा लडेका दोलखाकै पुष्करकुमार खड्काले १ सय २ मत ल्याए ।


दोलखाबाट पहिलो चोटी एकै पटक ३ जना केन्द्रिय सदस्य निर्वाचित भएको पूर्व जिल्ला सभापति उद्धवराज काफ्लेले बताए । उनका अनुसार यस अघि स्वर्गिय नेता भीमबहादुर तामाङले मात्र दोलखाबाट केन्द्रमा प्रतिनिधित्व गर्थे । ‘नेपाली कांग्रर कांग्रेस प्रजातान्त्रिक बिच एकिकरण भएपछि बनेको केन्द्रिय समितिमा जिपछिरिङ लामा एक कार्यकाल केन्द्रिय सदस्य हुनुभयो’ पूर्व पार्टी सभापति काफ्लेले भने – ‘निर्वाचन जितेर तिनै जना केन्द्रिय सदस्य बनेको यो पहिलो हो।’


पार्टीका पूर्व जिल्ला सभापति काफ्ले कमजोर संगठन रहेको जिल्लामा तिनै जनाका निम्ती नैतिक चुनौती रहेको बताउछन् । ‘केन्द्रको निति तथा कार्यक्रम बनाउने र देशभर कार्यान्वयनमा लैजाने काम केन्द्रिय सदस्यको हुन्छ’ उनी भन्छन– ‘तर त्यसो गर्दै गर्दा आफ्नो गृह जिल्लामा समेत मजबुत संगठन निर्माण गर्ने नैतिक अभिभारा उहाँहरुमा हुन्छ’ । काफ्लै पार्टी जिल्ला समिति संग मिलेर आउदो स्थानिय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा जित निकालेर परिणाममुखी नतिजा निकाल्ने चुनौती सहित तिनै जनाको अग्नि परिक्षा शुरु भएको बताउछन् ।


कांग्रेसका पूर्व जिल्ला सचिव सन्तोष रिमाल समेत कम्युनिष्ट संग सबैभन्दा बढी फराकिलो मतान्तर भएको जिल्लाका तिनै जना केन्द्रिय सदस्यका निम्ती प्रतिष्ठाको बिषय देखेका छन् । ‘केन्द्रिय सदस्यले देशैभरी समय दिनुपर्छ तर कम्तीमा ४० प्रतिशत समय जिल्ला र यहाँकै पार्टीको लागी दिएर गृह जिल्लामा चुनाव जिताउने गरी काम गर्न सक्नुभएन भने उहाँहरु केन्द्रीय समितिमा गएको जिल्लाका लागी केही फाईदा हुनेछैन्’ ।


तिनै जनाको गृहपालिका विपक्षीको पोल्टामा


केन्द्रीय सदस्य जितेका लामा जिरी नगरपालिका १ श्यामा गाउँबाट प्रतिनिधित्व गर्छन् । गत स्थानिय चुनावमा उनको गृह नगरका ९ ओटा वडा मध्ये उनको वडा मात्र कांग्रेसले जितेको छ । नगर प्रमुख र उपप्रमुख एमालेले जितेको थियो ।


यस्तै तामाकोशी गाउँपालिका ३ जफेबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य काफ्लेको गृह गाउँपालिकामा समेत गत स्थानिय चुनावमा एमालेले जितेको थियो । ७ ओटा वडा मध्ये काफ्लेको वडा सहित ३ ओटामा कांग्रेस र बाँकीमा एमालेका वडाध्यक्ष छन् ।


अर्का केन्द्रिय सदस्य शिवाकोटीको गृह नगर भीमेश्वर नगरपालिकामा समेत एमालेकै मेयर र उपमेयर छन् । शिवाकोटीको आफ्नै वडा समेत कांग्रेसको छैन् । ९ ओटा वडा मध्ये ७ ओटामा एमाले र दुईमा कांग्रेसका वडाध्यक्ष छन् ।


दोलखामा ९ स्थानिय तह मध्ये ७ एमाले र दुई कांग्रेसले जितेका थिए । यस्तै एक संघीय सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा संघीय सांसद एमाले र दुई प्रदेश सांसद मध्ये एक माओवादी केन्द्र र एक एमालेले जितेको थियो । जिल्लामा बहुदल पछि २०५१ सालमा स्वर्गीय भीमबहादुर तामाङले एक पटक सांसद जिते यता कांग्रेसले अहिले सम्म चुनाव जित्न सकेको छैन् ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्