‘साङ खोला’मा बनाईएका संरचना तुरुन्त हटाउ : कांग्रेस केन्द्रिय सदस्य शिवाकोटी

- bolichali

१५ माघ २०७८, शनिबार

गृह नगर स्थित भीमेश्वर नगरपालिकाले खोलालाई ह्युमपाईप भित्र लुकाएर त्यस माथि हेलिप्याड र पार्क बनाउन लागेको भन्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले विरोध जनाएका छन् ।


खोलालाई ह्युम पाईप भित्र लुकाएर माथि जग्गा उबार्ने र उक्त जग्गामा हेलिप्याड र पार्क बनाउन लागेको समाचार शनिबार नागरिकन्युज अनलाईन र नागरिक दैनिकमा प्रकाशन भएपछि नगरको उक्त निर्णयको विरोध गर्दै कांग्रेस केन्द्रिय सदस्य शिवाकोटीले भीमेश्वर नगरपालिकाको निर्णयलाई बौद्धिक दिवालियापन को संज्ञा दिएका छन् ।


‘विकासका नाममा विनास निम्त्याउने यो कार्यलाई नगरवासीहरु आफैं अघि सरेर नरोक्ने हो भने भविष्यमा निम्तिन सक्ने ठुलो प्राकृतिक संकटका लागी तयार हुनु हो’ सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले भनेका छन् । उनले तत्काल निर्णय सच्याएर खोलालाई पूर्ववत अवस्थामा फर्काउन नगर नेतृत्व संग आग्रह गरेका छन् । खोला मास्ने निर्णय नसच्याए त्यहाँ बनाईएका संरचना नगरबासीले भत्काउने चेतावनी समेत उनले दिएका छन् । शिवाकोटी भीमेश्वर नगरपालिका १ सुष्पाक्षमावतीका स्थायी बासिन्दा हुन् ।


यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य शोभीत उप्रेतीले समेत ह्युमपाईप भित्र खोला लुकाएर हेलिप्याड बनाउँदा मानव वस्तिीलाई भविष्यमा ठुलो प्राकृतिक संकट निम्त्याउने भन्दै निर्णय पुर्नविचार गर्न आग्रह गरेका छन् । उप्रेती समेत दोलखाबासी हुन् ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्