कांग्रेसका क्षेत्रीय प्रतिनिधि र सक्रिय सदस्य रहेकालाई दोलखा एमालेमा महत्वपूर्ण जिम्मेवारी

- bolichali

२३ माघ २०७८, आईतवार

कांग्रेस क्षेत्रीय प्रतिनिधि र सक्रिय सदस्य रहेका चरिकोट बजारका दुई प्रभावशाली व्यक्तीलाई दोलखा एमालेले बिभागीय प्रमुख र जिल्ला कमिटि सदस्य पदमा मनोनित गरेको छ ।


दोलखा कांग्रेसको गत असोजमा सम्पन्न जिल्ला अधिवेशनमा भीमेश्वर नगरपालिका वडा नं ३ बाट क्षेत्रीय प्रतिनिधि चुनिएर आएका रामदास श्रेष्ठले जेष्ठ कम्युनिष्ट मञ्चको संयोजकको भुमिका पाएका छन् ।


कांग्रेसका गत जिल्ला अधिवेशनमा वडा नं ३ बाट क्षेत्रीय प्रतिनिधि आएका उनले भीमेश्वर नगर अधिवेशन, प्रदेश सभा २ को क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनमा मतदाताको हैसियतमा मतदान गरेका थिए । उनले प्रमुख अतिथि बनेर कांग्रेसको वडा अधिवेशन समेत उद्धाटन गरेका थिए । श्रेष्ठ एमालेको नगर अधिवेशनमा पुगेर भाषण गरी आफु एमालेमै रहेको सन्देश दिएपछि उनलाई एमालेले रातो कार्पेट बिछ्याएर पुन पार्टी फर्काएको हो । श्रेष्ठले दोलखा कांग्रेसबाट अहिले सम्म राजिनामा दिएका छैनन र उनलाई पार्टीले हटाएको समेत छैन् ।


चरिकोट बजारका अर्का प्रतिष्ठीत व्यवसायी दिनेश बस्नेत समेत एमाले जिल्ला कमिटि सदस्यमा मनोनित भएका छन् । शुक्रबार र शनिबार चरिकोटमा सम्पन्न जिल्ला कमिटि बैठक मार्फत मनोनित भएका १६ जना जिल्ला कमिटि सदस्य मध्ये बस्नेतको नाम १६ औं स्थानमा छ ।


भीमेश्वर नगरपालिका ७ का बस्नेत ११ बर्ष देखी कांग्रेसको सक्रिय सदस्य छन् । २०६७ सालमा सम्पन्न १२ औं महाधिवेशन अघि बस्नेतले कांग्रेसको सक्रिय सदस्य लिएका थिए । २०७२ मा सम्पन्न १३ औं र १४ औं महाधिवेशन अन्तर्गत गत असोजमा सम्पन्न जिल्ला अधिवेशन अघि बस्नेतको सक्रिय सदस्य नविकरण भएको थियो । कांग्रेसमा हरेक महाधिवेशन अघि क्रियाशिल÷सक्रिय सदस्य नविकरण वा नयाँ लिन पाउने प्रचलन हुन्छ ।


बस्नेतको सक्रिय सदस्यता बारे दोलखा कांग्रेसमा पटक पटक बिषय उठ्दा भीमेश्वर नगरका मेयर पदका प्रत्याशी एवं प्रभावशाली नेता ईश्वर मानन्धरले बस्नेतले आफैंले राजीखुसीमा सक्रिय सदस्य नविकरण गरेको र उनी कांग्रेस नै रहेको स्पष्टीकरण दिने गरेका थिए ।


एमाले जिल्ला कमिटि सदस्य मनोनित भएपछि आईतबार सातदोबाटो चोक स्थित उनकै होटलमा भेटिएका बस्नेतले आफु यस अघि कांग्रेस सदस्य नरहेको जिकिर गरे । ‘मैले मेरो हस्ताक्षरले कांग्रेसको सदस्यता नविकरण त के भरेको पनि छैन, म कांग्रेसको सक्रिय सदस्य छदा पनि छैन’ उनले स्पष्ट पार्दै भने– ‘कसैले भरिदिएको रहेछ भने मलाई जानकारी बिषय हैन, म एमाले नै हुँ, एमालेको सक्रिय राजनितिमा होमिसकेको छु’ ।


कांग्रेस जिल्ला सभापति बर्मा लामाले बस्नेत र श्रेष्ठको कांग्रेस रेकर्डमा नाम रहेको र उनिहरु बारे अध्ययन गरेर कार्बाही गरिने सुनाए । ‘उहाँहरुको नाम हाम्रो रेकर्डमा ताजै छ, त्यो उहाँहरुकै मर्जीमा भएको हो’ उनले भने – ‘यसरी दोहोरो रुपमा दुई ओटा पार्टीमा नाम लेखाएर काम गर्ने साथीहरुको बिषयमा छानविन गरी कार्बाही गर्छौ’ ।


दोलखा एमालेका उपाध्यक्ष एवं पार्टी प्रवक्ता राजेन्द्र मानन्धरले बस्नेत र श्रेष्ठ बारे पार्टी स्पष्ट भएरै निर्णय गरेको सुनाए । ‘हिजो उहाँहरुको कता हुनुहुन्थ्यो वा हिजोको परिस्थिती के थियो थाहा छैन’ उनले भने – ‘तर आज उहाँहरु दोलखा एमालेको ईमान्दार कमरेड हो, काम गर्न चाहने साथीहरुलाई एमालेले जिम्मेवारी सहित ढोका खुला गर्ने गरेको छ ’ ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्