भीमेश्वरमा गठबन्धनले चुनावी सभा नगर्ने, २७ सय स्वयंसेवक घरदैलोमा खटाईए

- bolichali

२४ बैशाख २०७९, शनिबार

जिल्लाकाे सबैभन्दा ठुलाे र धेरै मतदाता भएकाे भीमेश्वर नगरपालिकामा कांग्रेस नेतृत्वकाे गठबन्धनले नगरस्तरिय चुनावी सभा नगर्ने भएकाे छ ।

वडा तथा टाेल भेला तथा सभाहरु सकेकाे गठबन्धनले नगर स्तरीय चुनावी सभा नगर्ने कांग्रेसका नगर सभापति शंकर कार्कीले बताए । नगर सभा र शक्ति प्रदर्शनकाे साटाे टाेल तथा घैरदैलाे केन्द्रित भेला र मतदाता शिक्षालाई अन्तिम समय सम्म जारी राखिने कार्कीले सुनाए ।

उनका अनुसार हरेक वडामा तीन सय जनाका दरले माैन अवधि शुरु हुनु अघि सम्म २७ सय स्वयंसेवकले घरदैलाेमा पुगेर मतदाता शिक्षा दिलाउनेछन् । ‘२०७४ काे स्थानीय निर्वाचनमा याे नगरमा २३ सय मत बदर भयाे, त्याे मध्ये रुख चिन्हमा समेत लागेकाे मात्र १७ सय थियाे’ उनले भने – ‘यस पटक त्यसरी मत बदर हुन नदिने गरि मतदाता शिक्षामा जाेड दिनेछौं, हाम्रा २७ सय स्वयंसेवकले मतदाता शिक्षा दिनेछन्’ । कार्कीले स्वयंसेवक गत साता देखि नै टाेलमा रहेकाे सुनाए ।
यता एमालेले भने २६ गते चरिकोटकाे सातदोबाटो चाेकमा नगर स्तरीय सभा गर्दैछ । भीमेश्वर नगरपालिकामा गठबन्धनबाट कांग्रेसका ईश्वर मानन्धरले मेयर एकीकृत समाजवादीका संगीता पाख्रिनले उपमेयरमा उम्मेदवारी दिएका छन् । उनिहरुलाई कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीकाे साथ छ ।

एमालेबाट हरिवंश चाैलागाई मेयर र कमला बस्नेत उपमेयरमा मैदानमा छन् ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्