दाेलखा जिसस प्रमुखमा माओवादी केन्द्रका बर्जुराम निर्वाचित

- bolichali
१ असार २०७९, बुधबार
जिल्ला समन्वय समिति दाेलखाकाे प्रमुखमा नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी निर्वाचित भएका छन् ।
बुधबार भएकाे निर्वाचनमा एमाले उम्मेदवार ऋषिकेश उप्रेतीलाई ४ मतकाे अन्तरले हराउदै घतानी समन्वय समिति प्रमुखमा निर्वाचित भएका हुन् ।
कालिञ्चाेक गाउँपालिका ७ का घतानी भुमिगत कालदेखि माओवादीमा सक्रिय नेता हुन् । उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका दाेर्जी शेर्पा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका गाेमा केसीलाई हराएका थिए ।
समन्वय समितिका ७ जना सदस्यमा सबै कांग्रेसका निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरुमा कांग्रेसका कल्पना थामी, अनिल तामाङ, कृष्ण श्रेष्ठ, निलम ठकुरी, मेनुका चाैलागाई, टसी शेर्पा र सन्तेन्जु शेर्पा निर्वाचित भएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय दाेलखाले जनाएको छ ।
समन्वय समिति चुनावमा दाेलखाका ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर १८ जना मतदाता थिए । ती मध्ये गठबन्धनकाे ११ मत थियाे भने एमालेकाे ७ मत थियाे । गठबन्धनमा कांग्रेसका ३ प्रमुख ३ उपप्रमुख गरेर ६, माओवादी केन्द्रका ३ प्रमुख र १ उपप्रमुख गरेर ४ साथै नेकपा एकीकृत समाजवादीका एक प्रमुख गरेर ११ थिए । एमालेकाे २ प्रमुख र ५ उपप्रमुख थिए ।


















Leave a Reply