चरिकोट-खाडीचौर सडकका ७ बर्ष

- bolichali

१२ असार २०७९, आईतवार

दोलखालाई राजधानी काठमाण्डौ संग जोड्ने जिल्लाको प्रमुख लाईफलाईन सडक चरिकोट–मुडे सडकको ईतिहास सम्झीनु अघि लामोसाँघु–जिरी सडकको कथा थाहा पाउनुपर्छ । ३० दशकको सुरुवाती सम्म दोलखालीहरु राजधानी आउजाउ गर्न हिडेर बाह्रबिसे पुग्थे । चिन सरकारले कोदारी राजमार्ग २० सालमै खोलेको थियो । दोलखालीहरु हिडेर बाह्रबिसे, खाडीचौर, सुकुटे र दोलालघाट पुग्थे र त्यहाँबाट काठमाण्डौ आवतजावत गर्थे ।


२०३२ सालबाट स्विस सरकारले लामोसाँघु–जिरी सडकको ट्रयाक अन्न शुरु गर्यो । सगरमाथाको प्रवेशद्धारका रुपमा चिनिने सुन्दर पर्यटकीय नगरी जिरी उपत्यका सम्म्म सडक पुर्ययाउनु उसको उद्धेश्य थियो । जिरीको भुगोल स्विटजरल्याण्डको ज्युरिच शहर संग ठ्याक्कै मिल्दथ्यो । त्यसैले प्रभावित भएर स्विस सरकारले जिरीको विकास गरिरहेको थियो । ३२ सालबाट खनिएको लामोसाँघु–जिरी सडक २०३८ सालमा पूरा भयो । सिन्धुपाल्चोकको खाडीचौर देखि दोलखाको सदरमुकाम चरिकोट हुँदै जिरी पु¥याईएको १ सय १० किलोमिटर सडक ३.५ मिटर चौडा हुने गरि कालोपत्रे भएपछि दोलखा जिल्लाले विकासमा फड्को मारेको हो । विकासमा फड्को मार्दै गर्दा दोलखामा बिभिन्न लगानी सहित विकासका पूर्वाधर भित्रिए र धमाधम बने । १० बर्षेद्धन्दकालमा पूर्वाधर बन्ने क्रम केही समय ढिलाई भयो । तर मुलुक शान्तिप्रक्रियामा गईसकेपछि धमाधम विकासका पूर्वाधार बन्दै गयो । दोलखामा बजार विस्तार हुदै गए । माथिल्लो तामाकोशी सहित दर्जनौंको संख्यामा राष्ट्रिय महत्वका जलबिद्युत आयोजनाहरु निर्माण शुरु भए । पर्यटन उकासियो । सबै क्षेत्रमा चहलपहल बढ्दै गयो । यही क्रममा जिल्लाको लाईफलाईन सडकमा सवारीको चाप बढ्दै गयो । भनिन्छ सडक नै विकासको मेरुदण्ड हो । त्यसैले दोलखा विकासको प्रमुख मेरुदण्ड लामोसाँघु–जिरी सडकको स्तरोन्नत्ती गर्ने निर्णयमा सरकार पुग्यो । त्यसका लागि भारतिय एक्जीम बैंक संग ऋण लगानीमा सम्झौता भयो । यो दातृ निकाय मार्फत लामोसाँघु–जिरी सहित बिभिन्न सडकहरुको स्तरोन्नत्ती गर्ने सम्झौता भएको हो । सम्झौत पछि सडक बिभागले सिन्धुपाल्चोकको खाडीचौर देखी मुडे बजार हुँदै दोलखा सदरमुकाम चरिकोट बजार सम्मको सडकलाई पहिलो चरणमा विस्तार गर्नका लागि दुई खण्डमा ठेक्का निकाल्यो । पहिलो खण्ड सिन्धुपाल्चोकको खाडीचौर बजार देखि मुडे बजार भन्दा तल्लो मोड सम्म २५ किलोमिटर र दोस्रो खण्ड उक्त स्थान देखि दोलखा सदरमुकाम चरिकोट सम्म ३० किलोमिटरमा छुट्टा छुट्टै प्याकेज बनाएर ठेक्का लागेको हो । पहिलो प्याकेजको जिम्मा नेपाली कम्पनीहरु सुनौला खिम्ती र गौरीपार्वती निर्माण सेवाले संयुक्त रुपमा काम गर्ने गरि भारतिय कम्पनी सिमाञ्चललाई साझेदार बनाएर लिएका थिए । भारतिय ऋण लगानी भएका कारण यो आयोजनामा भारतिय कम्पनीलाई अनिवार्य रुपमा ५१ प्रतिशत सेयर दिएर साझेदार बनाउनुपर्ने बाध्यकारी नियम थियो । यो खण्डमा सुनौला खिम्ती निर्माण सेवाले साईटमा काम गर्ने जिम्मा लिएको थियो । यस्तै दोस्रो खण्डमा समेत भारतिय कम्पनीलाई सकिल हैदरलाई साझेदार बनाएर नेपाली कम्पनीहरु शंकर माली र सुनौला खिम्तीले जिम्मेवारी लिएका थिए । यि दुवै ठेक्का ‘बिलो’ नभई ‘सिरियल’ दरमा मिलेका थिए । दुवै ठेक्का सिरियल दरमै मिलेका थिए । तर निर्माण कम्पनीको कमजोर व्यवस्थापन क्षमताका कारण दुवै आयोजना लामो समय सम्म अस्तव्यस्त बने । दोलखालाई राजधानी संग जोड्ने यो ‘लाईफलाईन’ सडक कसरी अस्तव्यस्त बन्यो ? दोलखाबासीले कस्ता कस्ता समस्या भोग्नुप¥यो ? दोलखा झण्डै ७ बर्ष कसरी पछि प¥यो ? आयोजनाले पछि यो सडकलाई कसरी निर्माण सम्पन्न गरेर ट्रयाकमा ल्यायो ? यि र यस्तै कुराहरु र सडकको कथा खोज्ने यो मिडिया अध्ययनको उद्धेश्य रहेको छ । यो अध्ययन सडक क्षेत्रको भ्रमण, सडकका जानकार, आयोजनाका अधिकारीहरु, दोलखा जिल्लाका अगुवा, जनप्रतिनिधि, सरोकारवाला निकाय सहित निर्माण कम्पनीका प्रतिनिधिहरु संगको कुराकानीबाट तयार पारिएको हो ।

रफ्तार बढेका सुरुका दुई बर्ष
दुवै सडकमा २०७१ मा लागेको ठेक्का २०७२ मा सम्झौता भयो । भर्खरै भुईचालो गएको थियो । ठेकेदार कम्पनी तत्कालै साईटमा खटिन नसकेपनि सोही बर्षको मध्य तिर साईटमा खटियो । खाडीचौर–मुडे खण्डमा सुनौला खिम्ती निर्माण सेवाले खाडीचौर तर्फ र मुडे सहित बिभिन्न स्थानबाट कामको थालनी ग¥यो । कटिङ, मेसिनरी वाल, ग्याबिन, क्रसिङ, लगायतका कामहरु धमाधम चले । सुनकोशी नदी छेउमा बेस कुट्ने काम समेत ठेकेदार कम्पनीले चलाईरहेको थियो । सडक निर्माणका क्रममा पुरानो कालोपत्रे उप्काउन नपाउने नियम हुन्छ । तर कामको रफ्तार बढाईरहेको र समयमै सकिने भन्दै ठेकेदार कम्पनीले यहाँको पुरानो कालोपत्रे भत्काईरहेको थियो । फराकिलो बनाउन दायाँबायाँबाट धमाधम कटिङ भईरहेको थियो । बर्षातमा नागरिकले अचाक्ली दुख भोग्थे । तर ठेकेदार कम्पनीका उपकरण सडकमै हुने कारण उसले तारिदिन्थ्यो । जसोतसो पूर्वाधार निर्माण दुई बर्ष सम्म चल्यो । २०७४ बैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुदै थियो । ठेकेदार कम्पनी सुनौला खिम्ती निर्माण सेवाले चुनावको मुखैमा करिब ३ महिना काम रोक्यो । मजदुरलाई घर पठाउनुपर्ने लगायतका कारण देखाएर साईट खाली गरियो । त्यो बर्षको बर्षात फेरि कष्टमै बित्यो । तर साउन लागिसक्दा समेत ठेकेदार कम्पनी फर्किएन । यो ठेकेदार कम्पनीको म्याद सोही बर्षको असोज सम्म मात्र थियो । उसले असोजमा सबै काम सक्नुपथ्र्यो तर सडकमा कुनै प्रगति थिएन । भुकम्प र भारतीय नाकाबन्दीको प्रभाव देखाएर आयोजनाले यो ठेकेदारलाई म्याद थप गरिदियो ।
दोस्रो खण्ड मुडे–चरिकोटमा समेत कामको रफ्तार उतिकै थियो । यो खण्ड बनाउने कम्पनी शंकर माली निर्माण सेवाका प्रतिनिधिले २०७२ चैतमा चरिकोट, मुडे, झिगाँने लगायतका स्थानमा क्याम्प नै बनाएर काम थाले । धमाधम भत्काउन सुरु गरियो । अर्को खण्डमा जस्तै वाल, कटिङ, मेसिनरी लगायतका काम धमाधम चलिरहेको थियो । आयोजना हेर्न छुट्टै परामर्शदाता कम्पनी थियो । माथिकै जस्तो यो खण्डमा समेत २ बर्ष पछि काम रोकियो ।

निर्माण कम्पनी भित्रको आन्तरिक समस्याले अस्तव्यस्त

२०७४ मा काम छाडेका दुवै स्थानका निर्माण कम्पनीहरु काममा फर्किएनन्. । पहिलो खण्ड खाडीचौर–मुड खण्डमा काम गरिरहेको निर्माण कम्पनी सुनौला खिम्तीका सञ्चालक धर्मराज भण्डारी र उनको कम्पनी कर छली सम्बन्धी  मुद्धामा तानियो । उनकोहरुको खातापाता र बैंक कारोबार सबै रोक्का भयो ।  त्यस अघि तत्कालिन गृहमन्त्रालयको काम नगर्ने ठेकेदार विरुद्ध कठोर बन्ने रणनितिका कारण भण्डारीलाई सिन्धुपाल्चोक प्रशासनले २०७५ जेठ २६ गते पक्राउ गरि कागज गराएर छाडिएको थियो । आन्तरिक कारोबार अस्तव्यस्त बनेपछि भण्डारी अर्धभुमिगत जस्तै बने । यता उनको साईट अस्तव्यस्त बन्दै गयो । 
मुडे चरिकोट खण्डमा समेत उस्तै समस्या देखाप¥यो । करिब ७० करोडको प्रचलित दरमा मिलेको काम भएका कारण यो खण्डको ठेक्कामा धेरैको आखा लागेको थियो । यहाँ पार्टनरहरु समेत धेरै थिए । पुँजी परिचालनमा पार्टनरहरु बिच कुरा नमिलेपछि केही साझेदारहरु बिचैमा कामबाट बाहिरिए । शंकर माली निर्माण सेवाको तर्फबाट काम गर्ने प्रतिनिधिका रुपमा दिपक सापकोटा साईटमा खटिएका थिए । उनले आफ्नो निजी घर जग्गा राखेर बैंक धितो बनाई साईटको कारोबार गरेका थिए । उनका निकटवर्तीहरुका अनुसार ईन्जिनियरिङ पेशाबाट निर्माण व्यवसायमा लागेका सापकोटा चर्को मिटर ब्याजको पैशा चलाउथे । बिल बन्ने बितिकै त्यस्ता मिटर ब्याजीहरु उनको पछि लागिहाल्थे । चर्को मिटर ब्याज र कमजोर व्यवस्थापनका साथै पार्टनरहरुले समेत छाड्दै गएका कारण कारण उनले साईट सम्हाल्नसक्ने स्थिति बनेन । बिस्तारै साईट छाड्न थाले । सडक बिभाग र आयोजनाले जुन जुन बेला चिठी काट्थ्यो । कालोसुची र ठेक्का तोड्ने प्रक्रियाबाट बच्न त्यही त्यही बेला उनी दुई चार थान उपकरण सहित साईटमा फर्किन्थे । सडक बिभागलाई फेरि काम शुरु ग¥यो भन्ने देखाउथे र पुन हराउथे । साईटमा उनको उपकरणहरु रहन्थे । भीमेश्वर नगरपालिका ८ स्थित बोचको यानमारामा सडकका लागि बेस काुट्न क्रसर खडा गरे । तर उनको आन्तरिक व्यवस्थापन कमजोर रहेका कारण उक्त क्रसरलाई समेत सञ्चालनमा ल्याउन सकेनन् । शंकर मालीका प्रतिनिधि सापकोटा बिच बिचमा साईट आउने जाने र सञ्चालनको प्रयास गर्थे । तर उनी मिटरब्याजीहरुको फन्दामा परेका कारण कारोबारको तनावमा थिए । स्थानीयको दबाब उतिकै रहन्थ्यो । सडक बिभाग, आयोजना निर्देशनालय सहित, स्थानीय प्रशासनले साईटमा फर्कन चुनौती दिईरहेका हुन्थे । स्थानीयको दबाब थेग्न नसकेपछि आयोजनाले उनको कम्पनीलाई किन कार्बाही नगर्ने भनेर दुई पटक सुचना निकाल्यो । सुचना पछि उनी साईट फर्कन खोजे  । केही साता काम सुचारु गरे तर सम्हाल्न सकेनन् । केही साता पछि फेरि साईट फर्किएर २०७६ असोज तिर हलहले, र मकैबारी क्षेत्र साथै चरिकोट बजार भन्दा तल्लो क्षेत्रमा कालोपत्रे हाले । पुन आर्थिक तनावकै कारण उनले काम छाडेर फर्किए । 

निर्माण कम्पनी हिडेपछि नाकाबन्दीमा दोलखा

दुई ओटै साईटमा यस्तै समस्या आउन थालेपछि आडीचौर देखि दोलखा सदरमुकाम चरिकोट सम्मकै सडक अस्तव्यस्त बन्यो । चरिकोट–मुडे–खाडीचौर सडक बर्षातमा आउजाउ गर्नै नसक्ने बन्यो । बाटोमा दैनिक सैंयौंको संख्यामा गाडीहरु फस्ने गर्थे । जिल्लाको आर्थिक क्षेत्र तहसनहस बन्न पुग्यो । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाका सैयौं गाडीहरु बिच बाटोमै रोकिए । दोलखाको पर्यटन सडककै कारण अस्तव्यस्त बन्यो । व्यवसायी र नागरिकको बिचल्ली बन्यो । राजधानी जानुपर्ने बिरामीहरुहरुले अकालमै ज्यान गुमाउन थाले । विकल्पका रुपमा रामेछापको सदरमुकाम मन्थली हुँदै खुर्कोट निस्केर विपी राजमार्गबाट काठमाण्डौ जानुपर्ने बाध्यता आईलाग्यो । त्यहाँ समेत सवारी चापका कारण जाम थपिन थालेपछि दोलखाबासीले कष्टकर जिवन भोग्न थाले । सिन्धुपाल्चोक तर्फ समेत मुडे देखी खाडीचौरको माथिल्लो क्षेत्र सम्मका नागरिकको जनजिवन कष्टकर हुदै गईरहेको थियो । दुई ओटै साईटका ठेकेदार कम्पनी आर्थिक समस्या र व्यवस्थापन अस्तव्यस्त बनेका कारण साईट फर्किन सक्ने अवस्थामा थिएनन् । 
नागरिकको बिचल्ली बन्दै गएपछि स्थानीय प्रशासन, सरोकारवाला लगायतले पटक पटक वार्ता र छलफलबाट निकासको प्रयास थाले ।  २०७५ साल भदौ दोस्रो साता सिन्धुपाल्चोक र दोलखाका संघ तथा प्रदेशका सांसद र मन्त्रीहरुले चरिकोटमा सर्वपक्षीय छलफल राखे । मन्त्री सांसदहरुको चेतावनी दुवै खण्डका ठेकेदार त्यहाँ आईपुगे । पहिलो खण्डका ठेकेदार भण्डारीका छोरा त्यहाँ पुगेका थिए । उनले आफुहरुले सडक बनाउन नसक्ने संकेत दिए । दोस्रो खण्डका ठेकेदार सापकोटाले काम गर्ने बचनवद्धता गरे । तर पटक पटकको छलफल ठेकेदारलाई काम लगाउन गरेको पटक पटकको प्रयास सफल हुन सकेन । दोलखाले त्यो साल र अर्को साल पनि दुख भोगीरह्यो । 

चर्किएको नागरिक आन्दोलन

जिल्ला जोड्ने लाईफलाईन सडककै कारण नागरिकले कष्ट व्यहोर्न थालेपछि दोलखामा आक्रोश बढ्दै गयो

। पिडितहरुको प्रतिनिधित्व गर्दै सडकमा ढिलासुस्ती र लापरवाही विरुद्ध सदरमुकाम चरिकोटका नागरिक अगुवाहरु संगठित हुन थाले । उनिहरुले दबाब श्रृजना गर्न धर्ना,जुलुस, तालाबन्दी, ज्ञापनपत्र, घेराउ जस्ता कार्यक्रम थाले । चरिकोट बजाररका अगुवा चिरञ्जीवी मास्केको नेतृत्वमा चरिकोट–खाडीचौर सडकमा ढिलासुस्ती विरुद्ध संघर्ष समिति गठन भयो
। संघर्ष समितिले सरोकारवालाहरुलाई दबाब निरन्तर राखिरह्यो । चरिकोटमा मानव साङलो बनाउने देखि बिभिन्न अभियान चलाईए । बस तथा सार्वजनिक सवारीहरुमा ठेकेदार कम्पनीका प्रतिनिधिहरुका फोटो टासिए । लामोसाँघु–जिरी सडक सुधार आयोजनाको कार्यालय त्यतीखेर सिन्धुपाल्चोकको डाडापाखरमा थियो । नागरिक अगुवाहरु डाडापाखर पुगेर तालाबन्दी गरे । प्रहरीले उनिहरुलाई पक्राउ गरी सिन्धुपाल्चोक सदरमुकाम चौतारा पु¥यायो । अगुवाहरु पक्राउ परेपछि सबैतिर दबाब बढ्यो । समितिका संयोजक चिरञ्जीवी मास्केका अनुसार समितिले २० ओटा आन्दोलनका कार्यक्रम र दबाब अभियान चलाएको थियषे । जसलाई राष्ट्रिय स्तरका सञ्चारमाध्यमले प्राथमिकता दिएका थिए । भौतिक मन्त्री, भौतिक मन्त्रालयका सचिव, सडक बिभागका महानिर्देशक लगायतको तस्विर टासेपछि उनिहरु तिनै जना सईट हेर्न दोलखा आएका थिए । मास्केका अनुसार आन्दोलनका क्रममा चार पटक अगुवाहरु, सिन्धुपाल्चोक, ललितपुर र दोलखाबाट पक्राउ परेका थिए । सिन्धुपाल्चोकमा ताला लगाउन जादाको आन्दोलनले सबैतिर हलचल मच्च्चाएको मास्के सम्झीन्छन् । यस्तै राजधानीकोृ ललितपुर स्थित चाकुपाटमा रहेको सडक बिभागमा काम ठप्प हुने गरि धर्ना दिन जादा समेत अगुवाहरु पक्राउ परेको र दोलखाको कार्यालयमा ताला लगाउत जादा गिरफ्तारीमा परेको मास्केले सुनाए । आफुहरुको आन्दोलन जनतालाई दुख दिने भन्दा पनि दबाब बढी श्रृजना कसरी गर्ने भनेर रचनात्मक हुने गरेको उनले सुनाए । ‘नागरिकले प्रत्यक्ष दुख भोगेको बिषय भएका कारण हामीलाई बन्द गरौं नत्र सुन्दैनन भनेर जनस्तरबाट ठुलो दबाब आउथ्यो’ उनले भने – ‘तर हामीले त्यसो गरेनौं, सिंहदरबारका मन्त्रीले सुन्ने र हेर्ने गरि गाडीहरुमा उनिहरुका फोटो टाल्यौं, कहिले शंख फुक्दै हिड्यौं, हकहिले सिठ्ठी बजाउदै हिड्यौं त कधहिले नागरिकलाई जागरुक बनाउन मानव साङलो, धर्ना जस्ता कार्यक्तम ग¥यौं’ । आफुहरुको अन्तिम समयको आन्दोलन ठेकेदारलाई यो साईटबाट हटाउनै पर्छ भनेर दबाब दिने खालको भएकाले सडक बिभाग र सिंहदरबारका अधिकारीहरुले समेत दबाब बढाएको र ठेकेदार समेत बाध्य भएर काममा फर्किउको दाबी मास्केको छ । यो सडकमा ढिलासुस्ती र लापष्रवाही विरुद्धको यो आन्दोलन विकास निर्माणमा हुने अनियमिततामा नागरिकको खबरदारीका रुपमा मास्के औल्याउछन् ।

अनि बल्ल फर्किए पार्टनरहरु

काम नगर्ने ठेकेदार हटाउन र नयाँ टेण्डर निकाल्नका निम्ती नागरिक आन्दोलन चर्किदै जान थालेपछि सरकार र निर्माण कम्पनीलाई दबाब बढ्न थाल्यो । पहिलो खण्डमा एक भारितय सहित तिन ओटा निर्माण कम्पनीहरु थिए ।  सुनौला खिम्तीले कामको जिम्मा लिएको थियो । उसले काम नगर्ने अवस्था देखेपछि सडक बिभाग र लामोसाँघु–जिरी सडक सुधार आयोजनाले सोही प्याकेजमा साझेदार रहेका भारतिय ठेकेदार सिमाञ्चल र अर्को नेपाली ठेकेदार गौरी पार्वती निर्माण सेवालाई साईटमा फर्किएर काम गर्न नगरे कालोसुचीमा राखेर कार्बाही गर्ने चेतावनी दियो । उक्त खण्डका दोस्रो नेपाली साझेदार कम्पनी गौरीपार्वती निर्माण सेवा समेत काम नगरे फर्म नै कालोसुचीमा पर्ने र आफ्नो अन्यत्र रहेका साईटहरु समेत अस्तव्यस्त हुने अवस्था देखेपछि बाँकी काम सम्पन्न गर्ने गरि काममा फर्किन राजी भए । सुरुमा पहिलो खण्डमा दोस्रो साझेदार गौरीपार्वती फर्कियो । उनले सुनकोशी नदीमा बेस र सव वेस कुट्न थाले । धमाधम काम शुरु गरियो । मुडे सम्मको २५ किलोमिटर सडक उनले झmण्डै डेढ बर्षमै कालोपत्रे गरेर सिध्याए । 

दोस्रो मुडे–चरिकोट खण्डमा समेत कडा चेतावनी पछि शंकर माली निर्माण सेवा आफैं काममा फर्कियो । केही समय काम शुरु ग¥यो । बाँकी कामको भुक्तानीको बिल पनि बन्यो तर भुक्तानी आउने बेलामा मिटर ब्याजीहरुले घेरा हालेर चंगुलमा पारे । ठेकेदार प्रतिनिधि त्यो चंगुलबाट उम्कीन प्रयासमा थिए तर सकेनन् । बिचमा केही समय साईट आउने जाने गर्दै थिए । २०७७ मा कोभीडको माहमारी सुरु भयो । साईटमा रहेका कामदार फर्किए । त्यही कोभीडकै मौकामा काम गर्ने भए साईट सञ्चालन गर्ने वातावरण बनाईदिने आश्वासन स्थानीय प्रशासनले दियो । उनले प्रयास थाले । केही समय साईट चल्यो । यानमाराको क्रसर समेत सुरु भयो । केही स्थानहरुमा ग्रेड मिलाउने लगायतका काम गर्दै थिए । यही बिचमा उनको एउटा लफडामा परे । मिटर ब्याज सम्बन्धी साथै अन्य कारोबारमा उनी संग काम गरेका केही कारोबारीहरुले चेक बाउन्स र ठगीको मुद्धा चलाईदिए । मुद्धा परेपछि उनको फर्मको कारोबार बन्द भयो ।  मुद्धा परेका कारण भुमिगत भए । यो साईट फेरि रोकियो । अस्तव्यस्त बन्यो । अस्तव्यस्त बनेपछि यो ठेक्काका निर्माण कम्पनीलाई हटाएर नयाँ ठेक्का लगाउन माग गर्दै आन्दोलन चर्कियो । जिल्लामा रहेको संघर्ष समितिले आन्दोलन चर्कायो । कडा र रचनात्मक आन्दोलन गर्ने संघर्ष समितिका अभियानलाई राष्ट्रिय स्तरका मुलधारे सञ्चारमाध्यमले प्राथमिकता दिने कारण हल्लीखल्ली मच्चियो । जिल्ला तहका जनप्रतिनिधि, राजनितिक नेतृत्व सबै ठेकेदार हटाउनै पर्छ भन्नेमा उभिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव संग संघर्ष समितिले छलफल ग¥यो । सचिवले कानुनी जटिलता रहेकाले सकभर यही निर्माण कम्पनी मार्फत काम गराउने नगरे जसरी पनि हटाउने आश्वासन दिए । शंकर माली निर्माण सेवा कामममा फर्किन सक्ने सम्भावना थिएन । सडक बिभागको कार्यालयमा नागरिक आन्दोलनले धर्ना तथा अवरोध गरिरहेको थियो । सडक बिभागको नेतृत्वले विकल्प खोजी शुरु ग¥यो । ठेक्का तोड्दा ठेकेदार अदालत जाने, अन्तरिक आदेश लिएर आउने जोखिम थियो । निर्माण सम्बन्धी कानुनहरु कुनै न कुनै रुपमा  प्राय ठेकेदारकै पक्षमा बनाईएका कारण अदालत जादा आदेश लिएर आएपछि मुद्धा छिन्न लामो समय लाग्ने र साईट झन अस्तव्यस्त हुने जोखिमबाट मुक्ती पाउन सडक बिभाग नेतृत्वले सकभर यिनै ठेकेदार मार्फत काम गराउने उपाय खोजी गरिरहेको थियो । यो आयोजनामा समेत पार्टनर रहेका अर्को प्याकेजका ठेकेदार धर्मराज भण्डारीले कर छली लगायतका लफडा र समस्याबाट छुटकारा पाएका थिए । सडक बिभाग नेतृत्व उनको सम्पर्कमा पुग्यो । आफ्नो फर्म बचाउन मन भए जसरी पनि काम गर्न आग्रह ग¥यो । भण्डारी काम गर्न राजी भए । उनले काम सम्हाले पछि साईटमा परिचालन शुरु गरे । बर्ष दिनमै मुडे देखि चरिकोट सम्मको कालोपत्रे प्राय सकेका छन् । झिगाँनेको केही स्थानमा बाँकी रहेको प्राविधिकहरुले बताएका छन् । पहिलो प्याकेज गर्न नसकेर छाडेका भण्डारी दोस्रो प्याकेजमा सफल भएका छन् । 

बिस्तारै लयमा फर्कियो दोलखाको पर्यटन

खाडीचौर –मुडे डेढ बर्ष अघि नै सकिएको छ । मुडे–चरिकोटमा कालोपत्रे अन्तिम चरणमा छ । राजधानीबाट हिडेका यात्रु सजिलै गरि ४ घण्टामा चरिकोट आईपुग्न थालेका छन् । यो सडक बनेपछि केही बर्ष देखि अस्तव्यस्त बनेको दोलखा जिल्लाको पर्यटन बिस्तारै आफ्नो लयमा फर्किएको छ । राजधानी जाने आउने यात्रुलाई सहजता भएको छ । नागरिकको जिवनस्तर बिस्तारै माथी उठ्न थालेको छ । चरिकोट, कालिञ्चोक सहितको स्थानका होटलका कोठाहरु पाहुनाले भरिभराउ हुन थालेका छन् । माथिल्लो तामाकोशी सकिएको छ । अन्य बिद्युत आयोजनाहरु समयमै सम्पन्न हुन थालेका छन् । सडकका कारण चर्को बनेको मुल्य नियन्त्रणमा आएको छ । बिरामीहरुलाई काठमाण्डौ पु¥याउन सहज सडक मार्ग बनेको छ । समयमै सम्पन्न भएपछि जिल्लाबासी खुसी भएका छन् । 

जसले चरिकोट–मुडे–खाडीचौर सडकको नेतृत्व सम्हाले

२०७१ सालमा ठेक्का लागेपछि यो सडकको कार्यालय सिन्धुपाल्चोकमा खुल्यो । चरिकोटमा समेत सम्पर्क कार्यालय थियो । यसका शुरुका आयोजना प्रमुख केदार नेपाल थिए । नेपालको सरुवा भयो । उनी पछि डिभिजन सडक कार्यालय चरिकोटका तत्कालिन प्रमुख धर्मेन्द्र झालाई बिभागले यो सडक आयोजना समेत हेर्न गरि आयोजना प्रमुखको जिम्म्मेवारी दियो । झा पछि बिभागबाट दिप बाराही आयोजना प्रमुखका रुपमा खटिए । बाराही पछि अख्तियारबाट कृष्णराज पन्त आयोजना प्रमुखका रुपमा खटिएर आए । उनले ठेकेदारलाई कार्बाही गर्ने प्रक्रियामा निकै ठुला निर्णयहरु समेत गरेर कार्बाही तह सम्म पु¥याए । पन्त पछि ईन्जिनियर ईश्वरराज कार्कीले निमित्त आयोजना प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका छन् ।  कार्कीको  नेतृत्वमा यो सडक स्तरोन्नत्तीको काम सम्पन्न हुदैछ । 

निष्कर्ष :

कमजोर व्यवस्थापन क्षमता भएका निर्माण कम्पनीको हातमा टेण्डर पर्नु नै यो सडकमा ढिलाई भएको निष्कर्ष निकाल्न सकिन्छ । सडक आयोजनाका अधिकारी र कर्मचारी साथै नेतृत्वको कुशल कार्य क्षमता र सुझबुझपूर्ण निर्णयले यो सडक ढिलो गरि ७ बर्ष पछि भएपनि निर्माणको अन्तिम चरणमा पुगेको छ । ठुला ठेक्काहरुमा निर्माण कम्पनीको आर्थिक तथा व्यवस्थापकीय क्षमता बारे कागज पु¥याउने मात्र भन्दा पनि मिहिन ढंगले हेर्न मिल्ने स्पेसिफिकेशन राख्न सके यस्ता ठेक्काहरु अलपत्र पर्दैनथे कि भन्न्ने निष्कर्ष निकाल्न सकिन्छ ।  
टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्