अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

- bolichali

३ कार्तिक २०७९, बिहीबार

दोलखाको भीमेश्वर नगरपालिका र अमेरिकाको न्युयोर्क शहर बिच भगिनी सम्बन्ध स्थापना गर्नका लागि पहल शुरु भएको छ ।

विश्वको महाशक्तीराष्ट्र अमेरिकाको न्युयोर्क शहर र नेपालको मध्यपूर्वी पहाडी जिल्ला दोलखाको भीमेश्वर नगर बिच सम्बन्ध स्थापनाका लागि प्रक्रिया अघि बढेको हो ।

अमेरिका स्थित जिपी कोईराला फाउण्डेशनको पहलमा भीमेश्वर सहित नेपालका ५ नगर र न्युयोर्क शहर बिच सम्बन्ध स्थापनाका लागि प्रक्रिया शुरु भएको हो । फाउण्डेशनको अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेका अनुसार भीमेश्वर सहित नेपालका ५ शहरका मेयर र न्युयोर्कका मेयर एरिक एडम्स बिच आगामी नोभेम्बर २३ मा भर्चुअल संवाद हुदैछ । नेपालको भीमेश्वर सहितका ५ नगरपालिकाहरु र अमेरिकाको न्युयोर्क बिच सम्बन्ध स्थापित गर्न पहल स्वरुप संवाद हुन लागेको उनले जानकारी दिए ।

नेपाली समय अनुसार न्युयोर्कका मेयर संगको सम्वाद कार्यक्रम बिहान ४ः४५ मा हुने फाउण्डेशनको अमेरिका च्याप्टरका उपाध्यक्ष सुवर्ण लामाले जानकारी दिए । ‘हामी केही अघि देखी यसको कागजी प्रक्रियामा थियौं’ उपाध्यक्ष लामाले भने – ‘न्युयोर्कको मेयर कार्यालयले हामीलाई उक्त दिन नेपाली समय अनुसार बिहान ४ः४५ बजेबाट भर्चुअल माध्यमद्धारा द्धिपक्षिय संवाद गर्ने समय दिएको छ ।”

न्युयोर्कका मेयर संगको संवादमा भीमेश्वर नगरका प्रमुख ईश्वर मानन्धरले नगरको रितिरिवाज, रहनसहन, ईतिहास, संस्कृति लगायतको आदानप्रदान साथै नगरको समग्र वस्तुस्थिती बारे महाशक्ती राष्ट्रका मेयर संग अनुभव साटासाट गरिने भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए । न्युयोर्कका मेयर संग आगामी नोभेम्बर २३ मा हुने द्धिपक्षीय संवाद बारे संघीय मामला मन्त्रालय मार्फत माथिल्लो सरकारमा जानकारी गराईने तयारी भईरहेको सुनाए ।

न्युयोर्कका मेयर संग नेपालको बिराटनगर महानगरपालिका, बुटवल उपमहानगरपालिका, भीमेश्वर नगरपालिका, त्रियुगा नगरपालिका र सुन्दरबजार नगरपालिकाका प्रमुखहरुको संवाद हुने जिपी काईराला फाउण्डेसन अमेरिकाका उपाध्यक्ष लामाले सुनाए । हाल अमेरिकामा बसोबास गर्दै आएका दोलखाको मेलुङ गाउँपालिका वडा नं ६ का लामा दोलखा कांग्रेसका सभापति एवं प्रदेश सभा (ख) का कांग्रेस उम्मेदवार वर्मा लामाका सहोदार भाई हुन् । 

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्