ज्योती लाईफ इन्स्योरेन्स चरिकोटद्धारा बिमा बापतको रकम भुक्तानी

- bolichali
२१ कार्तिक २०७९, सोमबार
ज्योति लाईफ इन्स्योरेन्स चरिकोट शाखाले बिमितको परिवारलाई मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ। दोलखा जिल्ला बैतेश्वोर गाउँ पालिका वडा नं(६, निवासी तुलसा आचार्य घिमिरेलाई उक्त बिमा बापतको रकम भुक्तानी गरिएको हो।निज तुलसा आचार्य घिमिरेको श्रीमानले आफ्नो बिमा ज्योति लाईफ इन्स्योरेन्स क लि मा मिति २०७५ भाद्र २५ गते २००,०००र( दुई लाख बिमांक रकमको ज्योति सुरक्षित बचत जीवन बिमा योजनामा १५ बर्षको लागि बिमा गर्नुभएको थियो।बिमितले बिमा बापत ४ किस्ताको ६२,५६८ रुपैयाँ भुक्तानी गर्नुभएको थियो ।बिमित हेमराज घिमिरेको मिती २०७९ भाद्र ५ गते वैदेशिक रोजगारको क्रममा कुवेतमा मृत्यु भएको थियोे । उक्त मृत्यु बापतको दाबी भुक्तानी आज एक कार्यक्रमको बीच ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि। का चरिकोट शाखाका प्रमुख चुडा बहादुर श्रेष्ठले स्व।हेमराज घिमिरेको श्रीमती तुलसा आचार्य घिमिरेलाई २३९,१६६।६७ को चेक हस्तान्तरण गर्नुभयो।ज्योति लाईफ इन्स्योरेन्स क लि २०७४ साल असोज ८ गते स्थापना भई नेपालमा पहिलोपटक सर्बाधिक ३५ घातक रोग विरुद्ध उपचार खर्च प्रदान गर्ने १ मात्र क्ष्क्इ प्रमाणित कम्पनी हो।कम्पनीले देशभर १३० शाखा संजालमार्फत सेवा सुबिधा दिईरहेको छ। यसअघि पनि चरिकोट शाखाले साधारण मृत्यु,दुर्घटना बापत र घातक रोग बापत ५ जना बिमित तथा बिमितका आफन्तहरूलाई भुक्तानी दिसकेको छ।कार्यक्रममा कम्पनीका कर्मचारी सिनियर एजेन्सी मेनेजर,एजेन्सी मेनेजर अभिकर्ता लगाएत स्थानीयको उपस्थिति रहेको थियोे ।


















Leave a Reply