चरिकोटमा कृषि औजार तथा उपकरणको बिक्री घट्यो

- bolichali

२१ असार २०७८, सोमबार

बोलीचाली संवाददाता
दोलखा ५ साउन । दोलखामा कृषि उपकरण तथा औजारको बिक्री घटेको छ ।
व्यवसायीहरुका अनुसार कृषि क्षेत्रमा लगानी बढेपनि बजार सुनिश्चितता नभएका कारण किसानको आयस्रोत घटेकाले उपकरण तथा औजारको बिक्री वितरण घटेको हो ।
चरिकोट बसपार्क स्थित तामाकोसी हेभी ईक्विपमेन्ट एण्ड जनरल सप्लायर्सका सञ्चालक रामजी प्रसाद चौलागाईका अनुसार अघिल्लो बर्षको पहिलो लकडाउन पछि कृषि उपकरण तथा औजारको बिक्री घटेको हो ।
‘लकडाउयन पछि बजारको सुनिश्चितता नभएका कारण किसानमा नैराश्यता छाएकाले उपकरण तथा मेसिन औजार जोड्न लगानी गर्न डराएका कारण बजार घटेको हो’ उनले भने । उनका अनुसुार यो बर्ष चरिकोटका व्यवसायीले सरकारी अनुदान बाहेक निजी स्तरबाट उपकरण तथा औजार कमै मात्रामा बेचे ।
चरिकोटका व्यवसायीले हाते ट्रयाकटर, थ्रेसर, कम्बईन मिल, ब्रस कटर, कन्सेलर, मिलेट्रेसर, अटिघर, वाटर पम्प, जस्ता औजार तथा उपकरण बिक्री वितरण गर्दै आएका छन् । सदरमुकाम चरिकोटमा ५ ओटा यस्ता बिक्री केन्द्रहरु रहेका छन् ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्