हिमालको काखैमा चरिकोट रंगशाला

- bolichali

२५ असार २०७९, शनिबार

हिमालको दृश्य हेर्दै चिसो हावापानीमा खेल खेल्न र हेर्न पाउने गरि हिमाली जिल्ला दोलखामा रंगशाला निर्माणको कामले गति लिईरहेको छ ।


चरिकोटलाई खेल पर्यटनको केन्द्र बनाउन भीमेश्वर नगरपालिकाले दुई बर्ष अघि सम्झौता गरेर टेण्डर लगाएको चरिकोट रंगशाला निर्माणको काम धमाधम चलिरहेको हो । भीमेश्वर नगरपालिकाको आफ्नै स्रोतबाट निर्माणाधीन टुँडिखेल आयोजनालाई नगरपालिकाले आफ्नो गौरवकै योजनाको रूपमा अघि बढाएको छ । ११० मिटर लम्बाइ र ६५ मिटर चौडाइको टुँडिखेल विस्तारको काम जारी छ ।


भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का टुँडिखेल विस्तार भीमेश्वर नगरपालिकाको गौरवको आयोजनामध्ये प्रमुख भएको बताउँछन् । पहिलो चरणको काम यसै वर्षभित्र पूरा गरी दोस्रो चरणको सुरु हुने उनले बताए । नगरपालिकाले अघिल्लो आर्थिक वर्षको अन्त्यमा टुँडिखेल विस्तारका लागि ठेक्का आह्वान गरेको थियो । किराँतेश्वर–सिमपानी जेभीले पहिलो चरणको २४ महिनामा पूरा गर्ने गरी २०७७ साउन २५ बाट सम्झौता गरी काम सुरु गरेको छ । अहिले दक्षिणतिरको ११० मिटर लम्बाइको भवन निर्माण भईरहेको छ ।


पहिलो चरणमा दक्षिण र पूर्वतिरको दुई तले भवनसहितको अत्याधुनिक आरसीसी प्यारापिट निर्माण हुने उनले बताए । टुँडिखेल विस्तार तथा निर्माणका लागि २० करोड लागत अनुमान गरेकोमा पहिलो चरणमा १२ करोड लागत छ । यस बर्ष समेत माथिल्लो सरकारबाट बजेट आएको छ । अब उत्तरतिरको प्यारापिट, खेल मैलान र टिकट काउन्टर, अतिथि आसनलगायतका संरचना तयार हुन्छ । अहिलेको टुँडिखेल फिफाको मापदण्डअनुसार अन्तर्राष्ट्रियस्तरको बनिरहेको खड्काले बताए ।


टुँडिखेलको निर्माण पूरा भएपछि राष्ट्रियस्तरको खेलहरू नियमित गर्न सकिने र यसले चरिकोटमा खेल पर्यटकहरू आउँदा आर्थिक विकासमा सहयोग पुग्ने नगरपालिकाले अनुमान गरेको छ । भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतका अनुसार टुँडिखेलको दक्षिणी लम्बाइमा २५।२५ मिटरको दुईवटा र ३०।३० मिटरको दुईवटा ब्लक निर्माण हुन्छन् । बाहिरतिर ४० वटा व्यापारिक सटर निकालेर दुई तलाको भवन र त्यसमाथि प्यारापिट निर्माण हुन्छ ।


चरिकोटलाई खेल पर्यटनको गन्तव्य बनाउनका लागि पनि भीमेश्वर नगरपालिकाले टुँडिखेल विस्तार र कभड हल निर्माण गरिरहेको छ । टुँडिखेलको पूर्वतिर भने भूमिगत पार्किङ, टिकट काउण्टर, क्यान्टिन, शौचालय, बाथरुम खेलकुदका कार्यालय राख्ने कोठा निर्माण हुनेछन् । पूर्वतिर गौरीशंकरसहितका रोल्वालिङ हिमश्रृंखला हुने भएकाले हिमाल नछेकिने गरी भवनभन्दा माथि ४ तहको सिट भएको प्यारापिट हुनेछ । निर्माणाधीन टुँडिखेलमा दशरथ रंगशालामा भएका सम्पूर्ण संरचना तयार हुनेछन् ।


दोलखा पर्यटक लक्षित व्यवसाय गर्ने जिल्ला हो । पर्यटकका सुविधाका लागि होटलहरू खुलेका छन् । खान बस्नको कुनै समस्या छैन । संघीयताका कारण ९ स्थानीय तहमा सेवा बाँडिदा सदरमुकाम चरिकोटको बजार पनि घटेको छ । तर भीमेश्वर नगरपालिकाको आफ्नो गौरवको योजनाको रूपमा राखेको टुँडिखेल र कभड हल पूरा भएपछि पर्यटक बढ्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित खड्काले बताए । खेलकुदका पूर्वाधार विकास हुँदा खेलकुदको विकास गर्न सजिलो हुने उनले बताए ।


नगरपालिकाले खेलकुदको हवको रुपमा चरिकोटलाई विकास गर्न खोजेको छ । प्यारापिटसहितको रंगशालासहित कभड हल पनि निर्माण अन्तिम चरणमा पु¥याएको छ । खेलमैदान निर्माणाधीन अवस्थाका कारण दुई वर्षयता चरिकोटमा फुटबललगायतका खेलकुद ठप्पजस्तै छन् । तर चरिकोट टुँडिखेल र कभड हल पूरा भएपछि फुटबल, भलिबल, ब्याडमिण्टन, टेनिस, मार्सल आर्ट, बास्केट बलजस्ता खेल प्रतियोगिता जुनसुकै बेला पनि गर्न सकिने छ ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्