दोलखाली खेल क्षेत्रमा फड्को- ‘भीमेश्वर कभर्डहल’

- bolichali

२५ असार २०७९, शनिबार

हिमाली जिल्ला दोलखामा पहिलोपटक सुविधासम्पन्न बहुउद्देश्यीय कभर्ड हल बन्ने भएको छ । हल निर्माणका लागि संरचना बनाउने कार्य अन्तिम चरणामा पुगेको छ ।


जिल्लामा खेल क्षेत्रको विकासमा नयाँ आयाम थप्ने उद्देश्यका साथ भीमेश्वर नगरपालिका वडा नम्बर–३ चरिकोट स्थित गौरशंकर क्याम्पस नजिकैको जग्गामा सुविधासम्पन्न कभर्डहल निर्माण भईरहेको छ ।


तिन बर्ष अघि भीमेश्वर नगरपालिकाले कभर्डहल निर्माणका लागि एक करोड विनियोजन गरेसंगै कभर्ड हल निर्माणको काम शुरु भएको थियो । उक्त पहिलो बर्षमा डिपीआर तयार पारिएको छ। सोही बर्ष टेन्डर आव्हान गरेर कभर्ड हल निर्माणको काम सुरु गरिएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिए । कभर्ड हलको लागत करिब साढे १० करोड रुपैंया छ । कभर्ड हल भित्र ईनडुओर भलिबल, ब्याडमिन्टन, टेवलटेनिस, कराते, जमेस्टिक, उसु सहितका खेल खेल्न मिल्नेछ । यि सबै खेल खेल्न मिल्ने गरि संरचना तयार हुनेछ । यस्तै बाथरुम, ट्वाईलेट, मेडिकल रुम अफिस रुम जस्ता संरचना कभर्ड हलमा तयार हुनेछन । अपांगमैत्री कभर्डहलमा ३२.४ मिटर लम्बाई र २३.४ मिटर चौडाईको खेल मैदान बन्ने खड्काले जानकारी दिए ।


भीमेश्वर नगरपालिकाको कार्यालय छेवैमा गौरीशंकर क्याम्पसको जग्गामा करिव पाँच रोपनी जग्गामा बन्न लागेको कभर्डहलले भीमेश्वर संगै दोलखा जिल्लाको खेलकुद क्षेत्रको विकाससमा कायापलट हुने खड्काले बताए । ‘यो भीमेश्वर नगरपालिकाको एउटा सान प्रोजेक्ट हो’ उनले भने ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्