अब दोलखामै ‘एमबीएस’ पढाई, गौरीशंकर क्याम्पसले पायो अनुमति

- bolichali

७ श्रावण २०७८, बिहीबार

बोलीचाली संवाददाता
दोलखा ५ साउन ।

जिल्लाकै जेठो गौरीशंकर बहुमुखी क्याम्पसमा भदौ देखी व्यवस्थापन शंकायमा स्नात्तकोत्तर तह (एमबिएस) पढाई हुने भएको छ ।
एक साता अघि त्रिभुवन विश्व बिद्यालयले गौरीशंकर सहित मुलुकका २३ सामुदायिक क्याम्सहरुलाई व्यवस्थापन शंकायमा स्नात्तकोत्तर तह (एमबिएस) पढाउन अनुमति दिए संगै चरिकोट स्थित गौरीशंकर क्याम्पसमा समेत ‘मास्टर डिग्री’मा यो बिषय पढाई हुन लागेको हो ।


जिल्लामा ‘एमबिएस’ पढाई हुने भएपछि बिबिएस पास गरेर एमबिएस पढ्न राजधानी जान नसकेका बैंक तथा बित्तिय संस्था र सहकारीमा कार्यरत व्यवस्थापक तथा कर्मचारी, सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत लेखापाल लगायत धेरै बिद्यार्थीलाई फाईदा पुग्ने अपेक्षा जिल्लाको शिक्षा क्षेत्रका सरोकारवालाहरुले गरेका छन् ।


गत साता सम्पन्न विश्वबिद्यालयको कार्यकारी परिषदको बैठकले एमबिएस पढाउन अनुमति दिएको हो । अनुमतिको निर्णय लगत्तै क्याम्पस सञ्चालक समितिले यसलाई दोलखाको शिक्षा क्षेत्र विकासको महत्वपूर्ण खुड्किला पार गरेको प्रतिक्रिया दिएको छ । सञ्चालक समिति सदस्य गोविन्द नारायण मानन्धरले लामो समय देखी प्रतिक्षा गरेको एमबिएस शंकाय जिल्लामै पढाई हुने निर्णयले बिद्यार्थीहरु हर्षित बनेको सुनाए । ‘अहिले स्तात्तकमा पढ्ने बिद्यार्थी प्राय बिबिएस नै रोज्छन’ उनले भने – ‘तर बिबिएस सकेपछि एमबिएस पढ्न राजधानी नै जानुपर्ने बाध्यता थियो, जुन हटेको छ’ ।

दोलखाका गौरीशंकर, चरिकोट क्याम्पस र जिरी क्याम्पसमा बिबिएस पढाई हुने गरेको छ । मानन्धरका अनुसार यो शंकाय छिमेकी रामेछाप र सिन्धुपाल्चोक जिल्लाका क्याम्पसहरुमा समेत उपलब्ध छैन् । क्याम्पस सञ्चालक समितिले त्यहाँका बिद्यार्थी समेत पढ्न आउन सक्ने अपेक्षा राखेको छ ।


क्याम्पस प्रमुख शान्त बहादुर केसीले एमबिएस अन्तर्गत बजारशास्त्र, अर्थशास्त्र, लेखा शास्त्र, बित्त शास्त्र लगायतका बिषय पढाई हुने जानकारी दिए । निर्णय भएपनि सम्बन्धनको पत्र आउने प्रक्रियामा रहेकाले सम्बन्धनको पत्र प्राप्त भए लगत्तै भर्ना खुलाउने क्याम्पस प्रमुख केसीले जानकारी दिए । ‘सम्बन्धको पत्र आए लगत्तै प्रवेश परिक्षाका लागी आवेदन लिन्छौं’ उनले बोलीचालीसंग भने– ‘सम्भवतः साउनको ३० गते प्रवेश परिक्षाका लागी सुचना निकाल्छौं होला’ ।


विश्वबिद्यालयले नै तयार गर्ने प्रश्नपत्रबाट परिक्षा सञ्चालन गर्ने र परिक्षामा उत्तिर्ण हुने सबैलाई भर्ना लिने क्याम्पस प्रमुख केसीले सुनाए । क्याम्पसले स्नात्तकोत्तरका कक्षाहरु सन्ध्याकालिन रुपमा चलाउने तयारी गरिरहेको केसीले बताए । दिउसो ४ बजे देखी ७ बजे सम्म कक्षाा सञ्चालन गर्ने तयारी भईरहेको उनले सुनाए ।


गौरीशंकरमा एमबिएस संगै शिक्षा शास्त्र संकायको स्नात्तकोत्तर तह (एम एड) समेत पढाई हुद ै आएको छ । क्याम्पस प्रमुख केसीका अनुसार यो शंकायमा मेजर नेपाली, अंग्रेजी, शैक्षिक योजना र व्यवस्थापन पढाई हुन्छ । मानविकी शंकाय अन्तर्गतको समाजशास्त्रमा स्नात्तकोत्तर (एम ए समाजशास्त्र) शंकायउका लागी समेत क्याम्पसले अनुमतिको प्रयास गरिरहेको क्याम्पस प्रमुख केसीले बताए । ‘एम ए (समाजशास्त्र) का लागी समेत अनुमति माग गरेका थियौ’ उनले भने – ‘यो बर्ष एमबिएस मात्र पायौं, अर्को बर्ष एम ए समेत अनुमति पाउनेमा आशावादी छौं’ ।


दोलखा जिल्लाकै जेठो गौरीशंकर क्याम्पसमा स्नात्तक तहमा मानविकि, शिक्षा र व्यवस्थापन तिन ओटै शंकायमा पढाई हुदै आएको छ । यस्तै कक्षा ११ र १२ समेत पढाई हुन्छ । सहायक क्याम्पस प्रमुख सुवास रिमालका अनुसार क्याम्पसमा बार्षिक ११ सय बिद्यार्थी अध्ययन गर्छन् भने ३० जना शिक्षक र प्राध्यापकले अध्यापन गराउछन् ।


शैक्षिक उन्नयनमा फड्को मार्दै गरेको यो क्याम्पसले विश्वबिद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता प्रमाण पत्र पनि लिने क्रममा छ । सहायक क्याम्पस प्रमुख रिमालका अनुसार त्यसका निम्ती आयोगले तोकेका १ सय ३० ओटा सुचकहरु पुरा गरेर छिट्टै गुणस्तरको प्रमाण पत्र लिने तयारी क्याम्पसको छ ।



टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

दोलखामा एमालेलाई अफ्ठ्यारो आईपर्दाका ‘फ्रण्टलाईनर’ सारथी

थप पढ्नुहोस्

राजनितिलाई युवा उद्यमसंग जोड्ने दोलखा एमालेका ‘सुत्राधार’

थप पढ्नुहोस्

दोलखा एमालेकी काबिल महिला ‘कमाण्डर’

थप पढ्नुहोस्

लकडाउन सम्झदा दोलखा एमालेले बिर्सिदैन विदुर शर्मा

थप पढ्नुहोस्

तामाकोसी पाचौंमा स्थानीयलाई ५० प्रतिशत सेयर दिन दाेलखा कांग्रेसका सचिवकाे...

थप पढ्नुहोस्

अब कालोपत्रे र ढलान सहितको फराकिलो सडकमा सररर कालिञ्चोक यात्रा

थप पढ्नुहोस्

बाईपास सडकले चरिकोटको पर्यटनलाई धक्का

थप पढ्नुहोस्

भीमेश्वरका करार कर्मचारीको छानबिन माग गर्दै प्रशासन र अख्तियारमा मुद्धा

थप पढ्नुहोस्

दोलखाको भीमेश्वर नगरमा मनपरी थपिए ८० जना करारका कर्मचारी

थप पढ्नुहोस्

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्