दोलखाका पुरोहितहरुको गुनासो – घर घरमा पुग्ने हामीलाई पनि खोप चाहियो

- bolichali

२१ असार २०७८, सोमबार

बोलीचाली संवाददाता
दोलखा ५ साउन । सरकारले नागरिकका लागी लगाईरहेको कोरोना विरुद्धको खोपमा सबै क्षेत्रका फ्रण्टलाईनर समेटेपनि जजमानी पेशा गर्ने पुरोहित गुरुहरु नसमेटेको भन्दै उनिहरुले गुनासो गरेका छन् ।
फ्रण्टलाईनर भनेर सबै क्षेत्रका नागरिकलाई खोप लगाएपनि आफुहरुलाई खोप लगाउन आनाकानी गरेको उनिहरुको गुनासो छ । ‘हिन्दु संस्कार अनुसार जन्मिदा न्वारान देखी मृत्यु संस्कार सम्मका काम गर्न हामी यजमानहरुको घर घरमा पवुग्छौं’ चरिकोटका पुरोहित रामचन्द्र सुवेदीले भने – ‘हामी त अत्याधिक जोखिमममा छौं नि’ । उनले जजमानी पेशा गर्ने पुरोहितहरुलाई तत्काल खोप लगाईदिन आग्रह गरेपनि सुनुवाई नभएको गुनासो गरे ।
पुरोहितहरुको गुनासो जिल्लाका एक जना पत्रकारले सोमबार जिल्लाका प्रहरी प्रमुख डिएसपी भेषराज रिजाललाई सुनाएका थिए । जिल्ला खोप व्यवस्थापन समितिले तत्काल पुरोहितहरुको विवरण मगाउने तयारी गरिरहेको र एक दुई दिन भित्र जिल्ला आईपुग्ने भेरोसिल खोप बाट पुरोहितहरुका लागी खोप व्यवस्था गरिने जिल्लाका प्रहरी प्रमुख रिजालले सुनाए ।
दोलखाको भीमेश्वर नगरपालिकामा मात्र २५ जना बढी सक्रिय पुरोहितहरु छन् ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्