माथिल्लो तामाकोसी बनाएको सिनो हाईड्रोलाई घर फर्किन ‘सिडिओ’कै अवरोध

- bolichali

२ भाद्र २०७८, बुधबार

११ बर्ष लगाएर माथिल्लो तामाकोसी जलबिद्युत आयोजना सम्पन्न गरी घर फर्किन खोजेको विदेशी ठेकेदार कम्पनीलाई आयोजनास्थलबाट फर्किन विभिन्न समुह संगै प्रशासन र ‘सिडिओ’ले नै अवरोध गरेका छन् ।

१२ बर्ष सम्म आयोजना निर्माणमा खटिदा प्रयोग भएका आफ्ना सवारी साधन, उपकरण र मेसिन औजार सहित कानुनी प्रक्रिया पु¥याएर आयोजनास्थलबाट फर्किन खोज्दा प्रमुख जिल्ला अधिकारीको आदेशमा दोलखा प्रशासन संगै विभिन्न व्यक्ती समुहका नाममा अवरोध भएको भन्दै सिभिल तर्फको चिनिया ठेकेदार कम्पनी सिनो हाईड्रो कर्पोरेशनले माथिल्लो तामाकोसी आयोजना मार्फत गृह मन्त्रालयमा उजुरी गरेको छ । 

माथिल्लो तामाकोसी जलबिद्युत आयोजनाले साउन ११ गते जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी ठेकेदार कम्पनीका आफ्ना उपकरण, सवारी साधन र मेसिन औजार सहित कम्पनीका आफ्नो सम्पती उसले चाहेको बखत लैजान बिभिन्न समुह साथै स्वयं प्रहरी प्रशासनकै नाममा अवरोध भएको भन्दै सुरक्षा माग गरेको थियो । पत्रमा ठेकेदार कम्पनीको उपकरण, सवारी साधन र सामग्री परामर्शदाताको सिफारिसमा आयोजनाले प्रमाणित गर्ने कारण विना अवरोध बाहिर लैजाने व्यवस्था गरिदिनका लागी आग्रह गरिएको थियो । 

तर माथिको आदेश भन्दै आयोजना स्थलबाट दुई महिना यता ठेकेदार कम्पनीका सामग्री ढुवानी रोकिएको आयोजनाका एक उच्च अधिकारीले जानकारी दिए । ‘आयोजनामा चिनियाँ कम्पनीले जिम्मा लिएको सिभिल तर्फको काम सकेर दुई महिना देखी आफ्ना सवारी साधन, उपकरण र मेसिन अन्यत्र लग्नका निम्ती वातावरण बनाई पाउँ भनेर उसले बारम्बार आग्रह गरिरहेको छ’ ति अधिकारीले भने – ‘ठेकेदार कम्पनीका करोडौं मुल्यका सामान लैजान पाउँ भनेर ताकेता गरिरहेपनि दोलखामा बिभिन्न समुहका नाममा ‘बार्गेनिङ’ गरेर दुख दिने काम चलिरहेको छ, त्यहीं माथी ‘सिडिओ’ को आदेश भन्दै ठेकेदारको सामान सबै साईटमै रोकिनुले अचम्मीत भएका छौं’ ।

‘चिनिया कम्पनीले तनहु र नुवाकोटमा बनाईरहेको आयोजनाको आफ्नो साईटमा आयोजनास्थलमा रहेका ब्याचिङ प्लान्ट, मेसिन, डोजर, ट्रिपर, लोडर, ट्रक सहित २९ थरीका सामान लैजान पटक पटक आग्रह गरेपछि हामीहरुले प्रमाणित गरेर पठाईदिन खोज्यौं’ ति अधिकारीले भने – ‘तर के स्वार्थले हो, प्रमुख जिल्ला अधिकारीको आदेश भन्दै प्रहरीले रोक्दै आएको छ’ । यस्तै विभिन्न समुहका नाममा समेत ठेकेदारलाई आयोजनास्थलबाट फर्किन अवरोध भईरहेको उनले बताए । 

आयोजना स्थल लामावगर देखी सिंगटी र चरिकोट सम्म विभिन्न समुहका नाममा अवरोध भईरहेको भन्दै सुरक्षा दिन आयोजनाले प्रशासनलाई लेखेको पत्रमा उल्लेख छ । अवरोध गर्ने समुहहरुले ठेकेदारका बाँकी सामान ढुवानीको काम माग गर्नुका साथै आयोजनास्थलमा ठेकेदारको साईटमा निस्किने कवाडी र अन्य सामग्रीहरुमा चर्को ‘बार्गेनिङ’ गर्ने गरेको सिनो हाईड्रोका एक प्रतिनिधिले बताए । विदेशी ठेकेदार कम्पनीको करोडौं मुल्यको सामनमा जिल्ला स्थित राजनितिक दलका नेतृत्व, बिभिन्न युवा समुहका नाममा लामावगर देखी सिंगटी र चरिकोट सम्मै चर्को ‘बार्गेनिङ’ संगै दबाब दिन थालिएको छ । यसमा जिल्लाका सांसद, नेता र तरुण दल, युवा संघ साथै वाईसिएल सम्मले प्रत्यक्ष चासो देखाउने गरेका छन् । आयोजना स्थलबाट ठेकेदार कम्पनीका सामान हिड्न थालेपछि बिभिन्न समुह बनाएर उनिहरुले सदरमुकाम चरिकोट सम्मै अवरोध पु¥याउने गरेका छन् । 

आयोजना तर्फको आफ्नो कवाडी प्रक्रिया पु¥याएर लिलाम बिक्रीमा निकाल्ने नियम भएपनि आयोजनामा काम गरेको ठेकेदार कम्पनीले आफ्ना सामान उपकरण साथै निस्किएको कवाडी प्रक्रिया पु¥याएर आफैं बिक्री गर्न पाउने आयोजनाले जनाएको छ । स्रोतका अनुसार ठेकेदारको यही करोडौं मुल्यको सामानमा प्रशासन सहित पहुँचवालाले ‘बार्गेनिङ’ गरिरहेका छन् ।  
   
‘हुल हुज्जत गरेर अवरोध भईरहेकाले शान्ति सुरक्षा सहित ठेकेदारलाई जाने प्रबन्ध मिलाईदिनुस भनेर आग्रह गर्दा समेत प्रशासनले उल्टो अवरोध गर्दै आएको छ’ आयोजनाका ति अधिकारीले भने । सामान लैजान प्रशासनकै अवरोध भएपछि ठेकेदार पक्षले आयोजना मार्फत गृह र उर्जा मन्त्रालयमा उजुरी दिएको छ ।

आयोजनामा काम गरेको मुख्य ठेकेदार कम्पनी सिनो हाईड्रोका २० ओटा ट्रक, १० ओटा ग्राउटिङ मेसिन, २ ओटा ठुल ठुला ब्याचिङ प्लान्ट लगायत ठुला उपकरण आयोजना स्थलमै रहेको जानकारी यस अघि नै जिल्ला प्रशासनलाई आयोजनाले पठाएको थियो । सिनो हाईड्रोले माथिल्लो तामाकोसीको आफ्नो साईटबाट उपकरण, सवारी साधन तथा सामाग्रीहरु तनहु जलबिद्युत आयोजना, माथिल्लो त्रिशुली ए र सान्जेन खोला आयोजनामा लैजाने तयारी गरेको थियो । 

‘ठेकेदारको सामान र हाम्रो कवाडी स्पष्ट छ’


माथिल्लो तामाकोसी जलबिद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले आयोजनाको स्वामित्व रहने कवाडी र ठेकेदारको निजी सम्पती बारे आयोजना स्पष्ट रहेको दाबी गरे । ‘आयोजनाको स्वामित्व रहने कवाडी छुट्टै छ, त्यसको प्रक्रिया आयोजनाले लिलामी निकालेर टेण्डर गर्छ’ उनले भने – ‘यहाँ ठेकेदार कम्पनीको आफ्नो सामान लैजान पाउनुपर्ने जो माग दाबी उसले गरेको छ, उसका सामान र निर्माण उपकरण साथै मेसिनहरु परामर्शदाताले चेकजाँच गरी उसको सिफारिसमा आयोजनाले पुनः प्रमाणित गरेर लैजाने अनुमति दिन्छ’ । त्यसका निम्ती आयोजनाले सबै प्रक्रिया पुरा गर्दै आएको जिकिर श्रेष्ठको थियो ।


‘अवरोध गरेका छैन’


प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले माथिल्लो तामाकोसी आयोजनाको ठेकेदार कम्पनीलाई आयोजना स्थलबाट फर्किन आफुले कुनै अवरोध नगरेको जिकिर गरे । ‘मैले कसरी अवरोेध गर्न सक्छु, कुनै पनि गाडी रोकिएका छैनन’ उनले भने – ‘ ठेकेदार कम्पनीलाई अफ्ठेरो परेको छ या सामान लैजादा शान्ति सुरक्षाका हिसाबले कुनै समस्या प¥यो भने प्रशासनले सुरक्षा दिन्छ, तर सामान नै हिड्न रोकेको छैन’ ।
जिल्लाका प्रहरी प्रमुख भेषराज रिजालले प्रहरीले ठेकेदारको सामान साईटबाट हिडाउन कुनै अवरोध नगरेको दाबी गरे । ‘सुरक्षा चाहिएको हो भने उहाँहरुले भन्नुप¥यो नि’ उनले भने – ‘हामीले मात्र कसरी रोक्न सक्छौं र’ । रिजालले माथिल्लो तामाकोसी जलबिद्युत आयोजनाको अनुमति लिएर हिडेको वा अनुमति विनै हिडेको भनेर प्रहरीले ट्रकहरुका कागजात चेकजाँच मात्र गरेको स्पष्ट पारे ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्