अजयबाबुले दोलखामा स्थापना गरे बार्षिक २५ हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार

- bolichali
१२ आश्विन २०७८, मंगलवार
नेपाल प्रेस युनियनका महासचिव एवं चर्चित पत्रकार अजयबाबु शिवाकोटीले गृह जिल्ला दोलखामा आफ्ना स्वर्गिय हजुरबुबा नन्दप्रसाद शिवाकोटीको स्मृतिमा बार्षिक २५ हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार स्थापना गरेका छन् ।
बुधबार नेपाल प्रेस युनियन दोलखा शाखाले सदरमुकाम चरिकोटमा गरेको कार्यक्रम मार्फत बार्षिक २५ हजार राशीको उक्त पुरस्कार घोषणा गरिएको हो । भीमेश्वर नगरपालिका १ सुष्पाक्षमावतीका नन्द प्रसाद शिवाकोटी २०१५ साल अघि दोलखा कांग्रेसको सभापति रहेका थिए । दोलखाको पहिलो बिद्यालय क्षमावती माविका संस्थापक रहेका शिवाकोटीले दोलखा जिल्लामा शैक्षिक विकासको अभियान थालेका थिए ।
आफ्ना स्वर्गिय हजुरबुबाले शिक्षा क्षेत्रको विकासमा गरेको योगदानको सम्झनामा हरेक पत्रकारलाई पुरस्कृत गर्न स्थापना गरिएको पुरस्कार प्रेस युनियन जिल्ला शाखा मार्फत वितरण गरिने शिवाकोटीले बताए । ‘यसले दोलखा जिल्लाका पत्रकारहरुलाई शैक्षिक क्षेत्रमा कलम चलाउन अभिप्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु’ उनले भने ।
युनियन जिल्ला अध्यक्ष दीपशंकर चौलागाईको अध्यक्ष्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रुद्र खड्का, पूर्व सभापतिहरु ताराबहादुर कोईराला , उद्धवराज काफ्ले, नेताहरु बर्मा लामा, ईश्वरनारायण मानन्धर, केशबराज चौलागाई, ताराकुमार खड्का लगायतले बोलेका थिए । भीमेश्वर नगरपालिका १ का पत्रकार शिवाकोटी कृष्ण बहादुर महरा कान्ड र तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड टेप कान्ड पर्दाफास गरे यता चर्चामा छन् ।


















Leave a Reply