‘प्रयास गर्न अगुवाई गर्नुपर्ने नेताले नै टिम बनाएका कारण सर्वसम्मतको प्रयास टर्यो’ – बर्मा लामा

- bolichali
१२ आश्विन २०७८, मंगलवार
नेपाली कांग्रेस दोलखाको आसन्न अधिवेशनका सभापति उम्मेद्धार बर्मा लामाले जिल्लामा कार्यकर्ताले विश्वास गरेका साझा नेताले नै टिम बनाएका कारण पार्टी भित्र सर्वसम्मतीको प्रयास टरेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन दोलखा शाखाले सोमबार बिहान चरिकोटमा गरेको कार्यक्रममा नेता लामाले जिल्लामा सांसद जिपछिरिङ लामा प्रति ईङ्गित गर्दै भरोसा गरिएका साझा नेताले नै टिम खडा गरेका कारण सर्वसम्म्मतीको प्रयास टरेको आरोप लगाएका हुन् ।
‘हामीले शुरु देखी नै सर्व सम्मती गरौं र पहल गरिदिनुस भनेर प्रयास गर्दै आयौं’ उनले भने – ‘तर उहाँ (सांसद लामा) त आफैं टिम बनाउदै हिड्न थाल्नु भएछ’ । उनले साझा हुन्छु भन्ने नेता बाटै विश्वासघात भएकाले अव सर्व सम्मतको प्रयास टरेको आरोप लगाए । ‘अब उहाँ आउनुभएछ भने पनि लड्छु’ उनले भने । उनले अधिवेशनमा स्वस्थ प्रतिष्पर्धा गर्न समेत सबैलाई आग्रह गरे ।
वर्तमान सभापति रुद्रबहादुर खड्का प्यानललाई जिपछिरिङ लामाको साथ रहेको आरोप अन्य पक्षले लगाएपनि सांसद लामाले आफु नखुल्ने सार्वजनिक रुपमा बताउदै आएका छन् । 

















Leave a Reply