यस्तो बन्यो रुद्रबहादुर खड्काको टिम

- bolichali

१२ आश्विन २०७८, मंगलवार

नेपाली कांग्रेस दोलखाको १५ गते हुने अधिवेशनमा वर्तमान सभापति रुद्रबहादुर खड्काले प्यानल घोषणा गरेका छन् ।


सोमबार दिउसो सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गरी प्यानल घोषणा गरेका खड्काले जिल्लाका सबै भेगको प्रतिनिधित्व हुने गरी समावेशी प्यानल दाबी गर्दै टिम घोषणा गरेका हुन् ।

खड्काको प्यानलमा वैत्यश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा र कालिञ्चोक गाउँपालिका ७ का अर्जुन शिवाकोटी उपसभापति उम्मेद्धार बनेका छन् । लामा यस अघि क्षेत्र नं १ को क्षेत्रीय सभापति र शिवाकोटी कालिञ्चोक गाउँपालिका कार्य समितिको सभापति थिए ।


यस्तै सचिवद्धयमा वर्तमान सचिव सुर्यबहादुर आचार्य र महेश्वर काफ्ले छन् । आचार्य कालिञ्चोक ८, र काफ्ले तामाकोशी १ बाट प्रतिनिधित्व गर्छन् ।


सहसचिवमा भीमेश्वर ३ का वडाध्यक्ष एवं वर्तमान सहसचिव हरिशरण शिवाकोटी र वर्तमान कार्य समिति सदस्य पासाङ शेर्पा उम्मेद्धार बनेका छन् । शिवाकोटी रुद्र खड्का र अर्का सभापति ताराकुमार खड्काको प्यानलबाट साझा उम्मेद्धार बनेका छन् ।


जिल्ला अधिवेशनमा ४ जना सभापतिका उम्मेद्धार हुने भएका छन् । बर्मा लामाले समेत बुधबार सम्म टिम घोषणा गर्ने बताएका छन् भने ताराकुमार खड्काले यस अघि नै टिम बनाईसकेका छन् । केशबराज चौलागाईले भने आफुले टिम नबनाउने बताउदै आएका छन् ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्