भोट किन नवेच्ने???!!!!

- bolichali

८ मंसिर २०७८, बुधबार

भोट किन नवेच्ने??? एक जना भाईले सिधै भन्यो।के हामी चाहिँ सित्तैमा प्रतिनिधि भाको छौं भन्ने लाग्छ तपाईंलाई???हाम्रो कति खर्च भा छ थाह छ तपाईलाई?? न जुलुसमा गईयो,न सभामा न अान्दोलनमा न जिल्लामा बसियो।न जन्ति न मलामी ।
शहरमै बसियो काम धन्धा गरियो ।दुख सुख गरेर यतै बसियो।सानो घर र गाडी जोडियो।केन्द्रका एक लुई जना दाजुहरुसंग सम्बन्ध वनाईयो।लौ त भने जिल्लाका भेग भुगोलको खास जानकारी पनि छैन।पार्टीको पक्षमा न नलेखियो न बोलियो।वरु चुनावमा भोट हाल्नै नगए पनि सबै पार्टीका उम्मेद्वारलाई गच्छे अनुसारको अलि अलि चन्दा माग्न अाउनेलाई दिईयो।बिकास निर्माण,सामाजिक सेवा,परोपकार कार्य यस्तो केही कार्यमा सहभागी हुन पनि भ्याएको थिएन।सदस्यता पनि लौत भने यसै पाली लिएको ।अधिवेशनको वेला सररर गाडि चढेर जिल्ला सदरमुकाममा होटेलमा वसेर अलि अलि हल्ला खल्ला गर्दैमा जित्यो जस्तो लाग्छ तपाईंलाई??उ भन्दै थियो।

क्रियाशील सदस्यहरुको केन्द्रमा वुझाउनु पर्ने पैसा वुझाईदेको छु।अधिवेशन खर्च हाल्देको छु।टिम भित्र छिर्नलाई पैसा देको छु।गाउंवाट अाएका प्रतिनिधिलाई होटेलमा राखेर खुवाएको छु।उठ्छु भन्दा पनि खर्च भएको छ ।जिते पछि त झन घेरा हाल्दा रैछन्।धान्नै मुश्किल हुंदो रैछ।
न पार्टीमा योगदान छ,न सामाजिक व्यक्तित्व परियो।न कुनै ऐतिहासिक भुमिका छ ,यसो दुईचार पैसा कमाएर फुर्तिफार्ती गरेकै भरमा मात्र जितियो होला त हजुर?? शहरमा यसो मधुशालातिर जमघट हुंदा म फलानो पदको म फलानो पदको भनेर साथीभाईहरुले फुर्तिफार्ती लगाउंदा अाफु पनि के कम त भनेर पद भिर्नु परो भनेर तम्सेको महङ्गो पो हुंदो रैछ।अब त्यो पैसा कसरी पुर्ताल गर्ने तनाव भाको छ यार दाजु।त्यतिकै सित्तैमा जितेर अायो भन्ठननेको होला !!सबै नालीवेली सुनायो भने छक्क पर्नु हुन्छ।
अहिले तपाईं भन्नू हुन्छ भोट यस्लाई दे उस्लाई दे एकदुई जना अाफुले चिनेका र अाफुलाई पनि चिन्नेलाई त दिउंला तर अरुलाई सित्तै भोट दिन सकिन्न हो दाजु।म त भोट वेच्ने हो ।कस्ले किन्छ वरु भन्नुस्।कोही देशका लागि होईन रहेछन्।को भन्दा को राम्रो पनि धन्नु परेन ।यही विधान मान्ने हुन यही संविधान मान्ने हुन।सबै जना अर्को चुनाव जिताउने भन्छन्।जिताउने चाहिँ कसरी हुन् थाह छैन।लौ त भने कांग्रेस र कम्युनिष्टको त केही फरक देख्दिन म ।कांग्रेस भित्र त को अशल को खराव कसरी छुट्याउनु?? कोहीका कही रौं कोहीका कही रौं बुकुरका जहिं तही रौं भने जस्तो मैले त केही भिन्नता देखेको छैन ।खुल्ला कुरा छ मेरो,कोही छन भोट किन्ने भने भेटाउनुस अरु १०/८ भोट पनि छ मसंग हैन भने कुरै नगर्नुस।म पनि भोट किनेर नै जितेको हुं।,
यो पार्टी र मुलुकलाई शुशासन दिन सक्ने भर पर्दो मान्छे देखाउनुहोस।म उस्लाई सित्तैमा भोट दिन्छु ।नत्र भोट बेच्ने हो दाजु।किन भोट नवेच्ने??!!
उस्ले मलाई चित्त वुझायो।उस्को भोट सित्तैमा लिन सक्ने उम्मेद्वार खोजीरहेको छु।
जयनेपाल

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्