ओली सरकार र नेकपाकाे जगै हल्लाईदिने ति दुई चर्चित घटना

- bolichali
२२ मंसिर २०७८, बुधबार
मुलुकमा यतिखेर कांग्रेस नेतृत्वको सरकार छ ।
यस अघिका प्रधनमन्त्री केपी शर्मा ओलीले साढे ३ बर्ष मुलुकमा शासन गर्दाका कतिपय रोचक र सत्ता नै ढालिदिने खालका घटनाक्रमलाई मानिसहरु अझै पनि चर्चा गरिरहन्छन् ।
यहाँ ओली नेतृत्वको सरकारका दुई शक्तीशाली व्यक्तीको पद हत्याईदिने दुई ओटा ठुला काण्डको चर्चा गरिएको छ ।
२०७४ को निर्वाचन पछि देशको जेठो दल नेपाली कांग्रेस प्रदेश र संघ सबैतिर हारेर खुम्चिएको थियो । संघ र प्रदेशमा प्रचण्ड बहुमत सहित एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको दुई तिहाईको सरकार थियो ।
प्रधानमन्त्री केपी ओली थिए भने बिभिन्न मन्त्रालय र पदहरु मओवादी र एमालेले ६०÷४० का दरले भागबण्डा गरेर मुलुक चलाईरहेका थिए । सदन हाक्ने सभामुख माओवादीका नेता कृष्णबहादुर महरा थिए ।
दुई तिहाई बहुमत दिलाएका नागरिकमा केपी ओली नेतृत्वको सरकारको रवैया र कार्यशैली प्रति विस्तारै असन्तोष र आक्रोश बढ्दो थियो । बिभिन्न विधेयक ल्याएर नागरिक अधिकार कुण्ठित पार्ने गरी ओली र उनी नेतृत्वको सरकार बिस्तारै निरंकुश बनिरहेको थियो । पेशाकर्मी र व्यवसायीमा आक्रोश चुलिदो थियो । प्रतिपक्षमा रहेको कांग्रेसले संसद र सडक दुवै स्थानमा आनो उपस्थिती जमाउन सकिरहेको थिएन् । कांग्रेस कार्यकर्तामा नैराश्यता बढ्दो थियो । देशमा नेकपाको दबदबा थियो ।
यही बिचमा मुलुकमा दुई ओटा ठुला घटना पर्दाफास भए । सभामुख कृष्णबहादुर महरा सचिवालयमा कार्यरत महिला कर्मचारीमाथी यौन दुव्र्यवहार गरेको एउटा प्रकरणमा तानिए । उनी माथि यौन दुव्र्यवहार भएको समाचार कांग्रेस निकट अनलाईन हाम्रा कुरा डटकमका प्रधनसम्पादक अजयबाबु शिवाकोटीले पर्दाफास गरिदिए ।उक्त बिषयका सुचना नेपालका ठुला र प्राय सञ्चारमाध्यममा नगएको हैन तर शिवाकोटीले पिडित महिला कर्मचारी संग भेटेर पर्दाफाँस गर्ने साहस गरे ।
घटना सार्वजनिक भएको भोलीपल्ट देखी महरालाई राजिनामा दिन दबाब बढ्यो । उनले राजिनामा दिए । प्रहरीले पक्राउ समेत ग¥यो । शिवाकोटी निकटहरुका अनुसार यो घटना पछि सुरक्षा थ्रेट बढेका कारण पत्रकार शिवाकोटी झण्डै एक महिना भुमिगत भएर बसे ।
तत्कालिन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले आईजीपी सर्वेन्द्र खनाललाई फोन गरेर पत्रकार अजयबाबुको सुरक्षामा बिशेष ध्यान किन नदिएको भन्दै थर्काएको बिषय समेत कार्यकर्ता पंक्तीमा पछि सम्म चर्चा थियो ।
महराले राजिनामा दिएपछि नेकपामा सभामुख पदलाई लिएर बिस्तारै विवाद बढ्दै गयो । तत्कालिन प्रधानमन्त्री ओली सदनको शक्तीशाली सभामुख पद आफु निकट संग राख्न चाहन्थे । न्याय परिषद देखी सरकारका काम कार्बाही लाई सदन मार्फत अघि बढाउन बिशेष भुमिका हुने कारण माओवादी निकटको हातमा सभामुख पद रहँदा यसअघि आफुले असहयोग व्यहोरेको अनुभुति गरेका ओली मौका ठानेर साे पद कुनै पनि हालतमा आफैं संग राख्न चाहन्थे ।
उनले सुवास नेम्वाङलाई सभामुख बनाउने प्रयत्न गरे । तर १० सदस्यिय नेकपाको सचिवालयमा उनलाई प्रचण्ड, माधव नेपाल र बाट उक्त निर्णय गराउन सकेनन् । पछि माओवादी नेता अग्नी सापकोटा सभामुख भए ।
यो घटना पछि नेकपा भित्र ओली बिस्तारै चिढिदै गए । सभामुख सापकोटाले उनको अनुकुल कुनै पनि निर्णय गराएनन् । उनीहरु बिच कतिपय कार्यक्रममा बोलचाल बन्दको समेत स्थिति बन्न पुग्यो ।
ओली कार्यकालको ७० करोड टेप काण्ड
केपी ओली नेतृत्वको तत्कालिन सरकारका अर्का ‘सन्काहा’ स्वभावका मन्त्री थिए गोकुल बास्कोटा । सरकारका प्रवक्ता समेत रहेका बास्कोटा छुच्चो स्वभावका कारण नागरिक माझ अलोकप्रिय बन्दै गईरहेका थिए ।
ओली संग नजिक रहेका उनलाई हटाउन धेरै नेकपा निकट नेताहरु र ओलीका भित्रियाहरुले नै पटक पटक प्रयत्न गरे । तर आनो विश्वासपात्र रहेका कारण उनलाई हटाउन ओली तयार भएनन् ।
सेक्युरीटी प्रिन्टीङ प्रेस खरिद गर्न स्विस कम्पनीका एजेन्ट संग ७० करोड रुपैंया कमिशन मागेको अडियो सार्वजनिक भएपछि बास्कोटा राजिामा दिन बाध्य भए ।
राष्ट्रिय परिचयपत्र, पासपोर्ट, स्मार्ट लाइसेन्स, जग्गाधनी प्रमाणपुर्जा, अन्तःशुल्क स्टिकर, सिमकार्ड, रिचार्ज कार्ड, ब्याङ्कका एटीएमदेखि मौकि नोटसम्मको छपाइ नेपालमै गर्न सकिने गरी अर्बौको मुल्यमा यो प्रेस खरिद गर्ने तयारी भईरहदा बास्कोटाले ७० करोड रुपैंया बार्गेनिङ गरेका थिए ।
बस्कोटाले राजिनामा दिएपछि ओलीले दाहिने हात भाचिएको महशुस गरे । नेकपामा बिस्तारै विवाद चुलिदै गयो ।
कोरोना भाईरसको खोप खरिद काण्ड, ओम्नी काण्ड, यति काण्ड जस्ता अरु पनि थुप्रै काण्डले नेकपामा विवाद बढ्दै गयो र अन्तत नेकपा फुटेपछि ओली अदालतको आदेश संगै सरकारबाट बाहिरिए ।
दुई तिहाई जनमत पाएको नेकपा फुटेर पुरानै एमाले र माओवादी केन्द्र मात्र बनेन एमाले समेत फुट्यो र एमालेले केन्द्रमा सरकार गुमायो । ४ ओटा प्रदेश सरकारहरु नेतृत्व गरेको उसले प्रदेश समेत गुमाउन पुग्यो ।
मानिसहरु ओली नेतृत्वको सरकारका यि ठुला काण्डहरुलाई आज पनि सम्झीईहन्छन् ।


















Leave a Reply