गृह जिल्लामा केन्द्रीय सदस्य अजयबाबुकाे व्यस्तता – पार्टी कार्यालय शुभारम्भ देखि कर्मचारीकाे अधिवेशन उद्घाटन

- bolichali
२६ पुष २०७८, सोमबार
नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई गृह गाउँमा स्थानीय पार्टी समितिले भव्य स्वागत सहित शुभकामना व्यक्त गरेकाे छ।

शनिबार गृह जिल्ला पुगेका शिवाकोटीलाई उनको गृह गाउँ भीमेश्वर नगरपालिका १ स्थित सुष्पाक्षमावती वडा कार्य समितिले भव्य कार्यक्रमका बिच शुभकामना दिएकाे हाे । साेही समाराेहमा स्थानीय पार्टी समितिले कांग्रेसमा याेगदान गरेका वृद्ध वृद्धालाई सम्मान गरेकाे हाे ।
शनिबार बिहान गृह जिल्ला पुगेका उनी लगातार कार्यक्रममा व्यस्त छन् । गृह जिल्ला पुगे लगत्तै उनले गाैरीशंकर गाउँपालिका ३ स्थित वडा समितिकाे कार्यालय उद्घाटन गरे ।
साेही दिन सदरमुकाम चरिकोटमा पार्टी निकट नेपाल निजामती कर्मचारी युनियनको अधिवेशन उद्वघाटन गरे ।
आइतबार गृह गाउँकाे कार्यक्रममा सहभागी उनी साेमबा राजधानी फर्किने कार्यक्रम रहेकाे छ ।






















Leave a Reply