पति कांग्रेस क्षेत्रीय सभापति, पत्नी एमाले जिल्ला कमिटी सदस्य

- bolichali
२७ पुष २०७८, मंगलवार
दाेलखा पुस २७
नेपाली कांग्रेस दाेलखा प्रदेश सभा क्षेत्र नं १ का क्षेत्रीय सभापति शुक्र तामाङकी श्रीमती सीता वम्जन तामाङ दाेलखा एमालेकाे जिल्ला कमिटी सदस्य पदमा निर्वाचित भएकी छन् ।
एमाले दाेलखाकाे आइतबार सम्पन्न निर्वाचनबाट सिता जिल्ला कमिटी सदस्य पदमा निर्वाचित भएकी हुन् । भुगाेल तर्फ २ जनाकाे महिला सिटमा वैत्येश्वर गाउँपालिकाकाे काेटाबाट उम्मेदवारी दिएकी उनले पहिलो मत ल्याईन । उक्त पदमा सीता संगै यमुना माेक्तान विजयी भईन ।
कुल ८ सय ७ मत खसेकाे जिल्ला कमिटीको निर्वाचनमा सिताले ३ सय २० र यमुनाले २ सय ९४ मत ल्याईन । याे पदमा ५ जना उम्मेदवार थिए । सीता र यमुना संग प्रतिष्पर्धा गरेका ज्याेती केसीले २८६, कमलकुमारी कार्कीले २३५ र तुलसा आचार्यले १७८ मत ल्याए ।
वैत्येश्वर गाउँपालिका १ गैरीमुदीकी सिताका श्रीमान शुक्र गत असाेजमा सम्पन्न कांग्रेसकाे क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापति पदमा निर्विरोध निर्वाचित भएका थिए । गुण्डागर्दी पृष्ठभूमिका शुक्रले पछिल्लो समय गुन्डागर्दी छाडेर राजनितिमा जाेडिदै आएका हुन् ।
क्षेत्रीय सभापति निर्वाचित भए पछि शुक्रले आउदाे स्थानीय चुनावमा कांग्रेस बाट वैत्येश्वर गाउँपालिका अध्यक्षकाे टिकट दाबी गर्दै आएका छन् । आफुले टिकट नपाए श्रीमती सितालाई एमालेबाट पालिका उपाध्यक्षकाे टिकटमा दाबी गराएर चुनाव लडाउने याेजनामा शुक्र रहेकाे स्थानीय कांग्रेस कार्यकर्ताहरुले चर्चा गर्दै आएका छन् ।


















Leave a Reply