पत्रकार महासंघले टुङ्ग्यायाे कार्यबिभाजन, कसलाई के जिम्मेवारी (सुची सहित)

- bolichali
३ माघ २०७८, सोमबार
नेपाल पत्रकार महासंघमा कार्य बिभाजन सहित बिभागीय प्रमुखहरु ताेकिएका छन् ।
शुक्रबार र शनिबार कपिलवस्तुकाे ताैलिहवामा चलेकाे केन्द्रीय समिति बैठकले पदाधिकारी र सदस्यहरुकाे कार्य बिभाजन टुङ्गो लगाएकाे महासचिव राेशन पुरीले जानकारी दिए ।
उनका अनुसार बैठकले ११ बिभाग र १३ समितिका प्रमुख चयन गरेकाे छ । अध्यक्ष विपुल पाेखरेल अन्तर्राष्ट्रिय सम्बन्ध बिभागकाे प्रमुख भएका छन् । बरिस्ठ उपाध्यक्ष रमेश बिष्ट र महासचिव राेशन पुरीले दुई/दुई ओटा समितिकाे जिम्मेवारी पाएका छन् । बिष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता समिति र श्रमजीवी पत्रकार हित प्रवर्द्धन समिति साथै महासचिव पुरीले संगठन बिभाग र पेशागत संगठन समन्वय समिति प्रमुखको जिम्मेवारी पाएका छन् ।
महिला बिभाग प्रमुखकाे जिम्मेवारी उपाध्यक्ष बाला अधिकारी, प्रकाशन बिभागमा उपाध्यक्ष उदय जिएम, मधेश बिभागमा सचिव दिपेन्द्र चाैहान, तालिम बिभागमा सचिव सिर्जना अर्याल, दलित बिभागमा सचिव हेमकर्ण विक, जनजाति बिभागमा सचिव नारायण किलम्बु, आर्थिक बिभाग, काेषाध्यक्ष कलेन्द्र सेजुवाल, अनुशासन समिति लेखनाथ न्याैपाने, डिजिटल मिडिया तथा अनलाइन बिभाग केन्द्रीय सदस्य रमेश खतिवडा नियुक्त भएका छन् ।
यस अघि मकवानपुरकाे दामनमा बसेकाे बैठकले केही बिभाग मात्र प्रस्ताव गरेकाेमा कपिलवस्तु बैठकबाट सबै कार्यबिभाजन टुङ्ग्याईएकाे महासचिव पुरीले बताए ।
यस्तै बैठकले केन्द्र र प्रदेश बिच ‘पुल’ काे काम गर्ने गरि भुगाेल काेटामा सबैभन्दा बढी मत ल्याउने केन्द्रीय सदस्य संयाेजक रहने गरि कार्यबिधि बनाएर प्रदेश समन्वय गर्ने समिति गठन गर्ने निर्णय गरेकाे छ । बिधानले ताेकेकाे प्रदेश कार्य समितिको अधिकारमा कुनै दखल नपुग्ने गरि कार्यबिधि बनाएर उक्त समिति गठन गरिने महासचिव पुरीले बताए ।
बिभागकाे जिम्मेवारी पाएका पदाधिकारी र केन्द्रीय सदस्यहरुकाे विवरण :-
अन्तरास्ट्रिय सम्बन्ध बिभाग प्रमुख : विपुल पाेखरेल
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता समिति प्रमुख : रमेश बिष्ट
श्रमजीवी पत्रकार हित प्रवर्द्धन समित प्रमुख : रमेश बिष्ट
महिला बिभाग प्रमुख : बाला अधिकारी
प्रकाशन बिभाग प्रमुख : उदय जिएम
संगठन बिभाग प्रमुख : राेशन पुरी
पेशागत संगठन समन्वय समिति प्रमुख : राेशन पुरी
छापा माध्यम प्रवर्द्धन समिति प्रमुख: गाेविन्द चाैलागाई
मधेश बिभाग प्रमुख : दिपेन्द्र चाैहान
आचार संहिता तथा अनुगमन समिति प्रमुख : पवन आचार्य
दलित बिभाग प्रमुख : हेमकर्ण विक
तालिम तथा प्रशिक्षण बिभाग प्रमुख : सिर्जना अर्याल
जनजाति बिभाग प्रमुख : नारायण किलम्बु
आर्थिक बिभाग प्रमुख : कलेन्द्र सेजुवाल
अनुशासन बिभाग प्रमुख : लेखनाथ न्याैपाने
डिजिटल मिडिया तथा अनलाइन बिभाग प्रमुख : रमेश खतिवडा
रेडियो टेलिभिजन समन्वय समिति प्रमुख : बबिन शर्मा
कानुन समिति प्रमुख : सरिता पंगेनी
अपांग तथा द्वन्द पिडित पत्रकार हित समिति प्रमुख : नवीन रिजाल
अल्पसंख्यक क्षेत्र पत्रकार हित समिति प्रमुख : ईकवाल अहमद
मानव अधिकार समिति प्रमुख : सुनिल खड्का
माेफसल पत्रकारिता समन्वय समिति प्रमुख : त्रिभुवन पाैडेल
आम सञ्चार तथा पत्रकारिता प्राज्ञिक समन्वय समिति प्रमुख : शान्तराम बिडारी
एशाेसीयट संस्था समन्वय समिति प्रमुख : विकास कार्की


















Leave a Reply