शुक्रलाई दाेलखा कांग्रेसले साेध्याे – फरक पार्टीमा स्वेच्छाले हाे कि टिकटकाे ‘बार्गेनिङ’ ?

- bolichali
४ माघ २०७८, मंगलवार
नेपाली कांग्रेस दाेलखाले क्षेत्रीय सभापति शुक्र तामाङलाई आफु कार्यकारी पदमा रहेर स्थानीय चुनावको टिकट ‘बार्गेनिङ’ गर्न का लागि पत्नीलाई नेकपा एमाले दाेलखाकाे जिल्ला कमिटी सदस्य बनाएकाे वा स्वयं उनको राजनीतिक स्वतन्त्रता स्वरुप स्वेच्छाले जिल्ला कमिटी सदस्य बनेकाे भन्ने बारे स्पष्ट पार्न भन्दै स्पष्टीकरण साेधेकाे छ ।
दाेलखाबाट निर्वाचित पार्टीका केन्द्रीय सदस्य र प्रदेश सदस्यहरुकाे सम्मानमा साेमबार चरिकोटमा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा जिल्ला सभापति बर्मा लामाले क्षेत्रीय सभापति शुक्र तामाङ दम्पती बारे प्रकाशित पछिल्लो समाचार बारे प्रष्टिकरण मागेका हुन् ।
दाेलखा प्रदेश सभा क्षेत्र नं १ काे क्षेत्रीय सभापति रहेका तामाङकि पत्नी गत पुस अन्तिम साता दाेलखा एमालेकाे जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्य पदमा निर्वाचित भएकी थिईन् । साे लगत्तै बाेलीचालीडटकम ले ‘श्रीमान क्षेत्रीय सभापति श्रीमती एमाले जिल्ला कमिटी सदस्य’ शिर्षकमा समाचार प्रकाशन गरेकाे थियाे । तामाङ गत असाेजमा सम्पन्न अधिवेशन बाट दाेलखा प्रदेश सभा क्षेत्र नं १ का क्षेत्रीय सभापति निर्विरोध निर्वाचित भएका थिए । क्षेत्रीय सभापति तामाङले आसन्न स्थानीय चुनावमा कांग्रेस बाट वैत्येश्वर गाउँपालिकाकाे अध्यक्ष पदमा टिकट दाबी गर्दै आएका छन् । कांग्रेस बाट टिकट नपाए पत्नी वम्जनलाई एमालेबाट पालिका उपाध्यक्ष लडाउने चर्चा गाउमा चल्दै आएकाे थियाे ।
कार्यक्रममा जिल्ला सभापति लामाले क्षेत्रीय सभापति तामाङलाई राजनिती घात गरेर क्षेत्रीय सभापति जस्तो कार्यकारी पदमा कार्यरत नेताकी पत्नी सुनियोजित रुपमा एमाले प्रवेश गरेकाे हाे वा स्वेच्छाले जिल्ला कमिटी सदस्य राेजेकाे हाे स्पष्ट पार्न आग्रह गरे । ‘तपाईं कार्यकारी पदमा रहेकाले यसले पार्टी ‘मुभमेन्ट’ मा असर गर्छ, श्रीमतीकाे स्वेच्छा हैन भने कांग्रेस उहाँ लाई भुमिका दिन तयार छ, सल्लाह गरेर चाडै स्पष्ट पार्नुस’ लामाले भने ।
साे कार्यक्रममा पार्टी केन्द्रीय सदस्य कुन्दन काफ्लेले समेत तामाङलाई स्पष्टीकरण साेधेका थिए ।


















Leave a Reply