‘उपाध्यक्ष मात्र हैन, एमालेबाट गाउँपालिका अध्यक्ष लड्न सक्ने हैसियत राख्दछु’

- bolichali

४ माघ २०७८, मंगलवार

नेकपा एमाले दोलखाकी जिल्ला कमिटि सदस्य सिता तामाङ वम्जनले आफु जन्मजातै एमाले रहेको र दोलखा एमालेमा १२ बर्ष सक्रिय रहेर योगदान गरेकाले आफ्नो राजनितिक ईमान्दारितामा शंका नगर्न आग्रह गरेकी छिन् । 

मंगलबार दिउसो बोलीचाली डटकम संगको फोन संवादमा सिताले वैत्येश्वर गाउँपालिकामा एमालेबाट आफुलाई आफ्नो श्रीमान संग जोडेर आसन्न स्थानिय चुनावमा उपाध्यक्ष पदको आकांक्षीको रुपमा चर्चा गरिएको भन्दै असन्तुष्टी जनाईन् ।  ‘उहाँ (श्रीमान्) को राजनितिक आस्था कांग्रेसमा छ, उहाँ कांग्रेसको नेता भईसक्नु भयो, त्यो उहाँको स्वतन्त्रता हो, म एमालेको नेता भईसके’ उनले भनिन् – ‘घरमा हामी श्रीमान श्रीमती हौं, बाहिर हाम्रो राजनितिक पृष्ठभुमी र संलग्नता फरक फरक छ’ । उनले आफु जन्मजात नै एमाले भएको दाबी गरिन् । ‘उहाँ र मेरो राजनितिक संलग्नता संग जोडेर टिकट बार्गेनिङ गर्न खोज्यो भन्ने आरोप सरासर झुठो हो’ उनले भनिन – ‘नचाहिने कुराको पछि नलाग्नुस, मेरो पार्टी एमालेमा म उपाध्यक्ष मात्र हैन, वैत्येश्वर गाउँपालिकाको अध्यक्ष दाबी गर्न सक्ने हैसियत राख्छु’ । 

पछिल्लो समय एमाले जिल्ला कमिटि सदस्य रहेकी सिता र कांग्रेस क्षेत्रीय सभापति रहेका उनका श्रीमान शुक्र तामाङका बारेमा प्रकाशित समाचार बिषयमा सिताले दिएको स्पष्टोक्ती उनकै भाषामा :

‘म रौतहटको चन्द्रनिगाहापुरमा जन्मिएं । हाम्रो परिवार गैरीमुदीबाटै चन्द्रनिगाहापुर झरेको हो । बुबा राजनितिक परिवारकै हुनुहुन्थ्यो । नेकपा एमालेमा सक्रिय उहाँको उठबस माधव कुमार नेपाल संग थियो । चपुर आसपासमा हुने माधव नेपालका हरेक भाषण सभा, पछि हाम्रो घरमा भोज भतेर हुन्थे ।  माधव नेपाललाई म सानै देखी अंकल भन्थे । 

बुबा एमालेको कडा कार्यकर्ता हुनुहुन्थ्यो । त्यसैले हामी पनि जन्मजातै एमाले । म पनि स्कुले उमेर देखी नै चपुरमा अखिलमा काम गर्दै आएं । २०६१÷६२ तिरको स्ववियु चुनावमा अखिलबाट स्ववियुमा लडें पनि । तर चुनाव चाही झिनो मतले हारें । 

 २०६४ सालमा शुक्र तामाङ संग बिहे भयो । उहाँ जेलमा हुनुहुन्थ्यो । त्यो अवधीमा मैले धेरै नै संघर्ष गर्नुप¥यो । टाढाको जेलमा पठाउने कारण उहाँलाई दोलखाकै कारागारमा सरुवाका लागी माधव नेपाल संग कुरा गरें । हालका राष्ट्रपति बिद्यादेवी भण्डारी रक्षामन्त्री हुनुहुन्थ्यो । माधव नेपाल हुँदै उहाँकोमा समेत कुरा पु¥याएं । रौतहटका नेताले शुक्र संग डिभोर्स गर्नु भने । म बिरक्तीएर फर्किएं । त्यही बेला धर्मेन्द्र मोक्तान मार्फत दोलखा एमालेका अध्यक्ष पार्वत गुरुङ संग भेट भयो । गुरुङलाई जेल सरुवा गरिदिनुस दोलखा एमालेलाई गुन लगाउछु भनेको थिएं । नभन्दै सरुवा भयो । 
२०७० सालको चुनावमा गुरुङ नै दोलखा १ बाट चुनाव लड्नु भयो । जेल गएर मैले पतिलाई ‘कन्भेन्स’ गरें । उहाँ कन्भेन्स हुनुभयो । पछि हामीले गैरीमुदीमा रातभरी विपक्षी संग लडेर एमालेलाई सहयोग पु¥यायौं । त्यस यता दोलखा एमालेमा निरन्तर सक्रिय छु । 

म जहिल्यै एमालेलाई भोट हाल्छु । श्रीमान २०४६ साल देखीकै खाँटी कांग्रेस । कांग्रेस प्रति उहाँको लगाव र आस्था अटुट छ । गत अधिवेशनबाट क्षेत्रीय सभापति बन्नुभयो । बच्चाहरु हुर्किदै थिए । श्रीमान समक्ष मैले पनि आफ्नो दलबाट सक्रिय राजनिति गर्ने प्रस्ताव गरें । उहाँले तिम्रो स्वतन्त्रता हो, ईच्छा लागेको गर भन्नु भयो । एमालेको जिल्ला अधिवेशनमा जिल्ला कमिटि सदस्य पदमा उम्मेद्धारी दिएं । उम्मेद्धार बन्न ७ बर्ष नाघेको हुनुपर्छ, २५ दिन पुग्दैन भनेर धेरै डिस्टर्ब गर्न खोजियो । पैसाको खोलो बगाएको आरोप लगाईयो । कांग्रेस सभापतिकी श्रीमतीलाई किन जिताउने भनेर धेरै टर्चर दिईयो । मलाई अहिले पनि सोध्न मन छ ? मेरो चाही राजनितिक स्वतन्त्रता हुदैन र ?  

पढाईमा स्नातक सकेको छु । जिवनमा धेरै संघर्ष गरेको छु । बच्चाहरु जन्मेपछि पढाईलाई निरन्तरता दिन सकेको थिईन् । अब स्नातकोत्तर भर्ना हुने तयारी गर्दैछु । 

पति कांग्रेस क्षेत्रीय सभापति र म जिल्ला कमिटि सदस्य बनेको भन्दै हाम्रो परिवारलाई टिकट बार्गेनिङको आरोप लगाईएको छ । यो सरासर झुठो हो । त्यसरी आरोप लगाउनेहरुलाई भन्न चाहन्छु । म एमालेबाट वैत्येश्वर गाउँपालिकाको उपाध्यक्ष मात्र हैन, अध्यक्ष नै पाउन सक्ने हैसियत राख्दछु । 
घर भित्र श्रीमान र मेरो कहिल्यै पनि राजनितिक गफ हुदैन । म एमाले असाध्यै मन पराउछु । श्रीमान कांग्रेसबाटै चुनाव लड्नुभएछ भने पनि सुर्य चिन्हमै भोट हाल्छु ।  
टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्