‘चरिकोट अस्पताल बन्द हुन दिदैनौं, एक साता भित्र बजेट पठाउदैछौं’

- bolichali
१५ माघ २०७८, शनिबार
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले चरिकोट अस्पताल बन्द हुन नदिने र एक साता भित्रै सञ्चालनका लागी बजेट निकासा गर्ने तयारी भईरहेको जनाएको छ ।
प्रदेश सरकारको वेवास्ताका कारण आफु मातहतको चरिकोट प्रादेशिक अस्पतालको व्यवस्थापन लथालिंग बनेको र बजेट अभावमा सेवा बन्द हुने अवस्थामा पुगेको बारे बिभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो ।
मन्त्रालयले अस्पतालका लागी बजेट निकासा गर्ने निर्णय गराउन प्रदेश मन्त्रीपरिषदमा प्रक्रिया अगाडी बढाईसकेको जानकारी दिएको छ । ‘यही साता भित्र फागुन सम्मको तलब र सञ्चालन खर्च भीमेश्वर नगरपालिकाको खातामा पठाउदैछौं’ मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले मंगलबार बिहान टेलिफोनमा भने – ‘नगरपालिकाले सापटी हालेको सहित फागुन सम्मको सबै रकम निकासा पठाउदैछौं’ । उनले अस्पतालको सेवा कुनै पनि हालतमा नरोकिने र मन्त्रालय यसमा गम्भीर रहेको सुनाए ।
खड्काले चरिकोट सहित ५ ओटा अस्पतालमा देखिएका समस्या निराकरण गर्ने गरी मन्त्रालयले काम गरिरहेको समेत बताए । ‘केन्द्र सरकारले हामीलाई हस्तान्तरण गरेका चरिकोट सहित ५ ओटा अस्पतालमा यस्ता समस्या छ’ उनले भने – ‘तिनको सामाधानका गरेर हाम्रो स्वामित्वमा रहेको अस्पताललाई फुलफेज मा हामी आफैं सञ्चालन गर्ने गरी गृहकार्य गरिरहेका छौं’ । चरिकोट अस्पतालमा यो आर्थिक बर्षमा कर्मचारीको तलब खुवाउने बजेट नहुँदा भीमेश्वर नगरपालिकाले आफ्ना कर्मचारीको तलब सापटी हालेर अस्पताल चलाउदै आएको थियो । माघ भित्र रकम नपठाए फागुनबाट अस्पतालमा सेवा रोकिने नगरपालिकाले बताउदै आएको थियो । संघीय स्वास्थ्य मन्त्रालयकै असहयोग
२०७७ मंसिर १८ को निर्णय पछि चरिकोट सहित ५ ओटा अस्पताललाई प्रदेश मातहत राख्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक बर्ष बित्न लाग्दा पनि प्रदेश सरकारलाई कर्मचारी दरबन्दी विवरण र कर्मचारी खटाउने अधिकार दिएको छैन् ।
‘अस्पतालको व्यबस्थापन हामी मातहत राख्ने भनेर संघीय स्वास्थ्य मन्त्रालयले निर्णय त ग¥यो’ प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव खड्काले भने – ‘तर कर्मचारी खटन पटन गर्न, कार्यालय प्रमुख खटाउन दरबन्दी विवरण सहित सबै कामकाज गर्ने सहित अस्पतालका सम्पत्तीहरुको समेत ब्यवस्थापन गर्ने अधिकार संघीय सरकारले निर्णय गरेर दिनुपथ्र्यो, हो त्यही दिन ढिलो गर्दा यो सबै समस्या भएको हो’ ।
उनले उक्त अधिकार केन्द्र सरकारले नदिदा चरिकोट अस्पतालको बजेट मन्त्रीपरिषदबाट निर्णय गरेर झन्झटीलो प्रक्रियाबाट स्थानिय तहमा पठाउनुपरेको गुनासो गरे । ‘५ ओटै अस्पतालका नाममा बजेट विजियोजन भएको छ, तर कर्मचारी खटाउने अधिकार सहितको दरबन्दी विवरण पठाउन ढिलाई हुँदा प्रदेश मन्त्रीपरिषदबाट निर्णय गरेर भीमेश्वर नगरपालिकाको खातामा बजेट निकासा पठाउन लागेका हौं’ । उनले यसका लागी एक साता लाग्ने सुनाए ।
सामन्य प्रशासनबाट स्वास्थ्यमा आईपुग्नै ४ महिना
चरिकोट अस्पतालको दरबन्दी विवरण सहित कर्मचारी खटनपटन गराउन प्रदेशलाई अधिकार प्रत्यायोजन गराउने फाईल सामन्य प्रशासन मन्त्रालयले ४ महिना लगाएर गत मंसिर २८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले निर्णयका लागी उक्त फाईल संघीय मन्त्रिपरिषदमा पठाउनुपर्ने हुन्छ । तर दुई महिना यता मन्त्रालयमै रोकिएको अधिकारीहरुले बताएका छन् ।
प्रदेश सरकारका स्वास्थ्य सचिव खड्काले उक्त फाईल संघीय मन्त्रीपरिषदबाट निर्णय भएर आए चरिकोट अस्पतालमा अस्पताल प्रमुखका रुपमा मेडिकल सुपरिटेण्डेन्ट सहित आवश्यक कर्मचारीहरु तत्कालै खटाउने र अस्पताललाई प्रदेश आफैंले ब्यवस्थापन गरेर फुल फेजमा सञ्चालन गर्ने सुुनाए । ‘फागुन अघि नै यो प्रक्रिया टुंगीन्छ कि भनेर त्यहाँको स्थानिय तहको खातामा फागुन सम्म दोश्रो चौमासिक सम्मको मात्रै खर्च पठाएका हौं’ उनले भने – ‘संघीय सरकारबाट निर्णय भएर आएछ भने चौत देखी शुरु हुने तेस्रो चौमासिक पछि आफ्नै कार्यालय प्रमुख र कर्मचारी खटाएर प्रदेशले अझ बढी ब्यवस्थित रुपमा अस्पताल सञ्चालन गर्छ’ ।


















Leave a Reply