खोलालाई ‘ह्युमपाईप’ भित्र लुकाएर त्यहीं माथि पार्क र हेलिप्याड बनाईदै

- bolichali

१५ माघ २०७८, शनिबार

सभ्य समाजमा सरकार वा राज्य पक्षले खोला नाला मिचिदा त्यसलाई नियन्त्रण गर्छन् । मानव समाजको सभ्यता संग जोडिएको चिज भएकाले खोलालाई आफ्नो आकार बढ्न दिन र अझ आकर्षक बनाउन हर प्रयास गर्छन् ।


तर दोलखाको भीमेश्वर नगरपालिकाले ठाउँ अपुग भएको भन्दै जग्गा उबार्न खोला नै मासिदिएको छ । खोला संरक्षण गर्नुपर्ने नगरपालिकाले ठाउँ अभाव हुँदै गएको भन्दै खोलालाई ह्युमपाईप भित्र लुकाउदै त्यस माथि जग्गा निकालेर पार्क र हेलिप्याड बनाउने तयारी थालेको छ ।


दोलखा सदरमुकाम चरिकोट स्थित नगरपालिका कार्यालय नजिकै कोटीहोम र चरिकोट अस्पतालको छेउ भएर बग्ने ‘साङ’खोलाको आकार नै मासेर ह्युम पाईप भित्र खुम्च्याउदै नगरपालिकाले खोला माथि खाली भाग (जग्गा) निकाल्न शुरु गरेको हो । त्यसरी खोला नै मासेर ह्युम पाईप भित्र हाल्दा त्यस माथि करिब २ रोपनी जग्गा निस्किने र त्यहाँ हेलिप्याड, पार्क बनाउने योजना नगरपालिकाको छ ।


नगरपालिकाले काम गरिरहेको यो क्षेत्र आसपासमा नगरपालिका, स्वास्थ्य, अस्पताल, जिल्ला प्रशासन, नापी, जिल्ला समन्वय समिति, जिल्लाकै जेठो बहुमुखी क्याम्पस, टेलिकम सहित दर्जन बढी सरकारी अड्डाहरु छन् । संगै टुडिखेल मैदान र कोटिहोम यज्ञशाला पर्छ । बिच भाग भएर सडक गएको छ । यही सडकको दाँया र बायाँ तर्फ माथिल्लो र तल्लो भुभागमा नगरपालिका कार्यालयले खोला नै मासेर पार्क र हेलिप्याड निर्माण गर्न लागेको हो । यो खोला भ्युटावरको डाँडोबाट झर्ने स–साना खोल्सी हुँदै आईपुगेर यो क्षेत्र र दोलखा–चरिकोट सडक, ताामाकोसी बाईपास सडक हुँदै मर्याङखोलामा जोडिएर तामाकोसी नदीमा मिसिन्छ ।


यसरी आयो खोला मासेर जग्गा निकाल्ने जुक्ती
सडक भन्दा माथिल्लो भुभागमा खोलाकै किनार सम्म चरिकोट अस्पतालको जग्गा पर्छ । यही अस्पतालमा एउटा भवन बनाउन भीमेश्वर नगरपालिकामा संघीय सरकारको स्वास्थ्य मन्त्रालयबाट १८ करोड रुपैंया निकासा आयो । नगरपालिकाले टेण्डर निकाल्यो । निर्माण कम्पनीले घटाघटमा करिब १२ करोडमा ठेक्का हात पार्यो ।


भवन बनाउने भुभाग ढिस्को र भिरालो थियो । त्यहाँ बाट ठुलो परिमाणमा निस्कने माटोको कसरी व्यबस्थापन गर्ने भनेर नगरपालिकाले जुक्ती निकाल्दै जाँदा खोलालाई ह्युम पाईप भित्र हाल्ने र माटोलाई ‘फिलिङ’ गरेर एक रोपनी क्षेत्र निकाल्ने जुक्ती निस्कियो ।

यसो गर्दा त्यहाँ निस्किएको माटो अन्त लगेर व्यवस्थापन गर्नुपर्ने झण्झट र खर्चबाट निर्माण कम्पनीले समेत मुक्ती पाउथ्यो । नगरपालिकाले त्यहाँ बिछ्याउन ह्युम पाईप आफैले किनेको छ भने माटो भर्ने काम अस्पतालको निर्माण कम्पनीले गरिदिएको छ । यहाँ खोला माथी निस्किएको खाली जग्गामा बायो ईन्जिनियरिङ गर्ने र पार्क बनाउने योजना नगरपालिकाको छ । त्यहीं वरपर खानेपानीको मुहान छ । चरिकोट पुरानो बजारका स्थानिय समेत रहेका जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठले खोला नै मासिने गरी काम गर्न लागेको भन्दै शुक्रबार सामाजिक सञ्जाल मार्फत चिन्ता व्यक्त गरे ।


सडक भन्दा माथिल्लो क्षेत्र संगै खोलाको तल्लो क्षेत्रमा समेत नगरपालिकाले झण्डै एक सय मिटर जति खोला मासेर हेलिप्याड बनाउने सुरसार गरेको छ । यहाँ १ सय ६० व्यास (बायोमिटर)का ९ ओटा ठुला ह्युम पाईप राखिएको छ । उक्त ह्युम पाईप माथिल्लो तामाकोसी जलबिद्युत आयोजनाले आफ्ना हेभी खालका सामान ओसार्दा सिन्धुपाल्चोक स्थित सुनकोशी नदीमा राखेको थियो । नगरपालिकाले यो भुभाग मिलाएर राती समेत चल्ने ‘नाईटभिजन’ हेलिप्याड सहितका हलुका संरचना बनाउने योजना बुनेपछि आयोजनाले त्यहाँ राखेका ९ ओटा ह्युम पाईप नगरपालिकालाई दिएको हो ।


ह्युम पाईप राखेपछि त्यहाँ माथि बजार सहित चरिकोटका बिभिन्न ठाउँबाट निस्केका माटो थुपार्ने स्थल बनेको यो क्षेत्रमा पहिरोले समेत दुख दिन थाल्यो । यही बिचमा पहिरो नियन्त्रणका लागी नगरपालिकामा तयार नेपाल नामक आईएनजिओ आईपुग्यो । उक्त संस्थाले बायो ईन्जिनियरिङ सहित बिभिन्न कामका लागी ५२ लाख रुपैंया खर्च ग¥यो । पहिरो नियन्त्रण गरेपनि ग्याबिन उठाउने सहितका बिभिन्न काम सोचे जस्तै नभएको भन्दै नगरपालिकाले फेरी थप काम गर्न ईष्टमेट निकाल्न शुरु गरेको छ ।


खोलालाई भिरालो जमिनमा ह्युमपाईप भित्र खुम्च्याउदा केही बर्ष पछि ह्युमपाईपको जडान गरेको भाग चुहिन सक्ने कारण यो भविष्यका निम्ती खतरा हुने भन्दै स्थानियले विरोध गरेका छन् । पर्यटकीय नगरमा बग्ने खोलालाई झरनामा परिणत गरेर आकर्षक रुप दिनुपर्नेमा स्थानिय सरकार नै सभ्यउता मास्न लागिपरेको स्थानियको आरोप छ ।

भीमेश्वर नगरपालिकाले जग्गा निकाल्न ह्युम पाईपमा खुम्च्याएको चरिकोट स्थित साङखोलाको तल्लो क्षेत्र र माथि तस्विरमा माथिल्लो क्षेत्र। तस्विर: बोलीचाली अनलाईन


‘खोलो मासेका छैनौं, व्यवस्थापन गरेका हौं’
नगरका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले खोला मासेर जग्गा निकाल्न खोजेको आरोपको ईन्कार गरे । ‘काहाँ खोला मास्ने काम नगरले गर्छ?’ उनले भने – ‘हामीले त प्राविधिक रुपमा खोलाको व्यवस्थापन गरेर बायो ईन्जिनियरिङ गर्दै पार्क बनाउन लागेका हौं’ । खड्काले खोलामा बग्ने पानीको मात्रा बारे ३० बर्ष देखीको अध्ययन गरी अनुमान गरेर १ सय ६० डायमिटरको ठुलो ह्युम पाईप बिछ्याईएको सुनाए । नगरका मेयर भरत बहादुर केसीले खोला नमासिने जिकिर गरे । ‘बर्खामा समेत ८० डायोमिटरको पानी बग्ने खोलामा १ सय ६० को ह्युम पाईप हालेका छौं’ उनले भने – ‘खोलाको सुन्दरता नमेटिने गरी माथिल्लो क्षेत्रमा पार्क बनाउछौं, तल्लो क्षेत्रमा नगरका लागी अति आवश्यक रहेको रात्रिकालिन समेत चल्न सक्ने गरी हेलिप्याड बनाउछौं’ ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्