नेपाल मोरिसस बिचको खेलले पर्यटन विकासमा ठुलो टेवा पुग्नेछ : महावाणिज्यदुत कार्की

- bolichali

२० माघ २०७८, बिहीबार

नेपाल–मोरिसस बिजनेस काउन्सिलले नेपालसँग मैत्रीपूर्ण फुटबल खेलेको मोरिससको राष्ट्रिय फुटबललाई टोलीलाई काठमाडौंमा रात्रिभोजको आयोजना गरेको छ । उक्त रात्रिभोजमा नेपालका लागि मोरिससका अवैतनिक महावाणिज्यदूत गणेश कार्कीले खेलकुदले दुई देशको सम्बन्ध विकास गर्नुका साथै पर्यटनको विकासका साथै भाइचारा सम्बन्ध विकासको सन्देश प्रवाह गरेको बताए ।

कार्कीले भने, ‘हामीले अब खेलकुदको माध्यमबाट पर्यटनलाई चलायमान बनाउन सक्छौँ भन्ने विश्वास पनि लिएका छौँ ।’ मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरेर नेपाल र मोरिससबीच मैत्रीपूर्ण सम्बन्ध कायम गरेको र खेल पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अखिल नेपाल फुटबल संघ र अध्यक्ष कर्माछिरिङ शेर्पाप्रति आभार प्रकट गरे । महावाणिज्यदूत कार्कीले मोरिससको राष्ट्रिय टोलीका सदस्यहरूलाई मायाको चिनो प्रदान गरेका छन् ।

यस्तै, नेपाल–मोरिसस बिजनेस काउन्सिलका अध्यक्ष बटु लामिछानेले मैत्रीपूर्ण खेलमा विजेता टोली नेपाललाई बधाई दिँदै मोरिससको टोलीले राम्रो खेल प्रदर्शन गरी नेपालीको मन जितेको भन्दै धन्यवाद व्यक्त गरे । नेपालसँग मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली माघ १० मा नेपाल आइपुगेको थियो । नेपाल र मोरिससबीच माघ १५ र १८ गते दशरथ रंगशालामा खेल भएका थिए । दुईवटा मैत्रीपूर्ण खेल खेलेको नेपालले १–० ले जितेको थियो

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्