राजतन्त्र ढाल्ने आन्दोलनका ‘प्रभावशाली’ कांग्रेस सभापति

- bolichali

१४ जेष्ठ २०७९, शनिबार

देशमा राजा ज्ञानेन्द्रकाे सक्रिय शासन थियाे । दलहरु कर्मकाण्डी आन्दोलनमा थिए । राजाको कदम विरुद्ध बाेलेपनि दलका नेता राजतन्त्रकाे विकल्प बारे बाेल्न सकिरहेका थिएनन् ।

माधवमणी राजभण्डारी दाेलखा कांग्रेसका सभापति थिए । २०६०/६१ सालमा गाैरीशंकर क्याम्पसमा एमालेकाे जिल्ला अधिवेशनकाे उद्घाटन समाराेह थियाे । माधव नेपाल प्रमुख अतिथि थिए । माधवमणीले त्यहाँ भाषण गरे – ‘माधव कमरेड, अब खुट्टा नकमाउँ, सबै दल गणतन्त्रमा जाउँ, याे राजसंस्थाकाे जराे किलाे सबै उखेलेर फालाैं, ज्ञानेन्द्रलाई सत्ताच्युत गर्नैपर्छ’।

राजसंस्था विराेधी उनको त्याे कडा भाषण चर्चित बन्याे । बेलुका प्रशासनले उनलाई चेतावनी दिएकाे थियाे ।

राजभण्डारीले गणतन्त्रकाे पक्षमा निरन्तर वकालत थाले । आन्दोलनमा कडा ढंगले नेतृत्व गर्थे । गिरिजाप्रसाद काेईराला केन्द्रीय सभापति थिए । कांग्रेसका जिल्ला सभापतिहरु जुटाए । पार्टीलाई गणतन्त्रमा लैजान लविङ थाले । ठमेल स्थित उनकाे हाेटल एम एम मा दुई पटक जिल्ला सभापतिहरुकाे भेला राखे । कांग्रेसकाे बिधानबाट संवैधानिक राजतन्त्र हटाएर गणतन्त्रमा जान सुरुवाती दबाब दिने अगुवा मध्ये थिए उनी । जिल्ला सभापतिहरुकाे दबाब र राजतन्त्र विराेधी जनमतकाे सम्मान गर्दै कांग्रेसले पछि गणतन्त्रमा जाने निर्णय गर्याे । गणतन्त्र पक्षमा पार्टी भित्र चर्काे आवाज उठाउने सभापति थिए उनी ।
..
व्यवसायीक पारिवारिक पृष्ठभूमि । केन्द्रीय राजनितिक नेतृत्व संग राम्रो उठबस थियाे । ३० काे दशककाे सुरुवात देखि नै माधवमणी कांग्रेस संग जाेडिए । विपी काेईरालाकाे जयवागेश्वरी निवासमा उनकाे राम्रो आउजाउ थियाे । राजभण्डारी त्यतिबेला उद्योग बाणिज्य महासंघको महासचिव पनि थिए ।

२०३६ सालमा जनमत संग्रह घाेषणा भयाे । माधवमणी नेताहरु संग बहुदलकाे पक्षमा प्रचार गर्न दाेलखा फर्किए । भीमबहादुर तामाङ, आङदाेर्जे लामा, देवी न्याैपाने, भवेन्द्र खड्का, उद्वबराज काफ्ले, शान्तकृष्ण श्रेष्ठ सहितकाे त्यो टाेली बहुदलकाे पक्षमा जिल्लाभर प्रचारमा हिडेकाे थियाे । तर परिणाम निर्दलकाे पक्षमा आयो ।

सुर्यबहादुर थापा र मरिचमान संग राम्रो सम्बन्ध थियाे । जनमत संग्रहबाट पनि बहुदल नआएपछि प्रभावमा परेर २५ बसन्त बनाए । २०३८ सालमा सुधारिएको पञ्चायतकाे निर्वाचन घाेषणा भएपछि दाेलखाबाट राष्ट्रिय पञ्चायत सदस्यमा चुनाव पनि लडे । कृष्णप्रसाद उप्रेतीले चुनाव जिते । जितविर लामा, माधवमणी राजभण्डारी, आङदाेर्जे शेर्पा, जगदीश खड्काहरु पराजित भए ।

बहुदल पछि निरन्तर कांग्रेसमा काम गरे । एक कार्यकाल पार्टीकाे जिल्ला सभापति चलाए । २०५१ काे मध्यावधिमा सांसद चुनाव लडे । आन्तरिक अन्तर्घातले थाेरै मतले हारे ।

दाेलखा कांग्रेसलाई आर्थिक भरथेग लामो समय सम्म माधवमणी र आङदाेर्जेहरुले नै गर्थे । सभापति हुदा उनी संग केही समय काम गर्ने माैका मिलेकाे थियाे । गुण अवगुण सबै थिए माधव दाईमा । दाेलखामा धेरै सामाजिक काम गरे । दाेलखामा सामाजिक र राजनितीक अभियानमै निजी सम्पत्तिकाे ठुलो हिस्सा सिध्याए ।

१२ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि पराजित भएपछि सक्रिय राजनितीबाट टाढा बस्दै आएका थिए । पत्रकार महासंघ, गाैरीशंकर क्याम्पस लगायतका संस्था मार्फत सामाजिक अभियानमा पछि सम्म सक्रिय थिए ।

जिवनकाे उत्तरार्दमा दुवै मृगौला फेल भएर राेगले थलिएपछि गुमनाम जस्तै भएका दाेलखाका यी अग्रज नेतालाई अब कहिल्यै देख्न र भेट्न पाईने छैन ।

हार्दिक श्रद्धाञ्जली ।।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्