अनियमित बिद्युत विरुद्ध दोलखा प्राधिकरण अगाडी राँको र टुकी बालेर प्रर्दशन

- bolichali

१६ असार २०७९, बिहीबार

बिद्युत आपूर्तीमा पटक पटक अनियमित हुन थालेपछि चरिकोट बजारका स्थानीयले बिद्युत प्राधिकरण दोलखा शाखा अगाडी राँको र टुकी बालेर प्रर्दशन गरेका छन् । 

बिद्युतको ‘हव’ दोलखा जिल्लामा केही साता यता पटक पटक विद्युत अवरुद्ध हुने र कटौती हुने समस्याका कारण उपभोक्ता मारमा परेका भन्दै चरिकोट बजारका अगुवाहरुले नेपाल बिद्युत प्राधिकरणको तिखातलमा रहेको दोलखा वितरण केन्द्र अगाडी राँको, टुकी र मैनबत्ती बालेर प्रर्दशन गरेका हुन् । 

जलबिद्युतको ‘हव’ मा पनि बिद्युत प्राधिकरणले बिजुली कटौती गरेर उपभोक्तालाई सास्ती दिएको  र बिजुली उत्पादन हुने जिल्लामा समेत अध्याँरो युगतिर धकेल्न खोजेकाले आफुहरु सांकेतिक रुपमा बिरोध प्रर्दशनमा उत्रिनु परेको चरिकोटका नागरिक अगुवा चिरञ्जीवी मास्केले सुनाए । 

वितरण केन्द्र चरिकोटका प्रमुख ईन्जिनियर मेघनाथ ढकालले धेरै आयोजनाहरुको बिजुली जोडेकाले ‘ट्रिप’ बत्ती काटिने समस्या भएको सुनाए । उनले समस्या निराकरणका लागि प्राधिकरणले लागिरहेको बताए । 

आन्दोलनमा पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष सिर्जनकुमार घिमिरे, उद्योग बाणिज्य संघ दोलखाका महासचिव बिमल श्रेष्ठ, चेम्बर अफ कमर्शका महासचिव पाण्डव पाण्डे, फेन्सी व्यवसायी संघ दोलखाका अध्यक्ष कृष्ण श्रेष्ठ,  अधिकारकर्मी होम पाठक, अगुवाहरु दिपक बस्नेत, अर्जुन कार्की लगायत सहभागी थिए ।
 
आन्दोलन कारीहरुले कार्यालयका प्रमुख ढकाललाई ज्ञापनपत्र समेत बुझाएका छन् । तिन दिन भित्र समस्या नसुल्झाए प्राधिकरण विरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत उनिहरुले दिएका छन् । 

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्