ईन्जिनियरिङ अध्ययन नै नगरी बनाईएको पोखरी फुट्दा ५ घर क्षती, दुई बस्ती जोखिममा

- bolichali

२४ श्रावण २०७९, मंगलवार

ईन्जिनियरिङ अध्ययन नगरी हचुवाका भरमा बस्ती माथि बनाईएको पोखरी बिष्फोट हुँदा आएको बाढीले दोलखामा दुई ओटा बस्ती जोखिममा पारेको छ, बाढीबाट ५ घरमा क्षती पुगेको छ । ।


भीमेश्वर नगरपालिका ६ स्थित खोर्थली सामुदायिक वनमा रहेको पोखरी फुटेर सोमबार राति आएको बाढीले सडक मार्ग करिब ५ घण्टा अवरुद्ध पार्नुका साथै स्थानीयका चौपाया र खेतबारी समेत बगाएको छ ।


सदरमुकाम चरिकोट बजार भन्दा माथिल्लो भेगमा रहेको खोर्थली सामुदायिक वनमा भीमेश्वर नगरपालिकाले २ बर्ष अघि रिचार्ज पोखरी बनाएको थियो । बस्ती माथिको पोखरीमा सिंचित गरिएको पानीले बस्ती क्षेत्रका मुहान साथै खेतबारी सुक्खा नहुने भन्दै सुरुमा सामुदायिक वन उपभोक्ता समुहले यो पोखरीलाई संरक्षण गर्ने अभियान थालेको थियो । डिभिजन वन कार्यालय मार्फत परम्परागत सानो पोखरीको संरक्षण थालेको समुहले पोखरीमा पूर्वाधार निर्माण गर्न भीमेश्वर नगरपालिकामा बजेट माग गरेको थियो । नगरले यो जंगललाई खुला चिडियाखानाका रुपमा विकास गर्ने र खुला चिडिया खाना भित्र बन्यजन्तुलाई पानी खानका लागि खुला चिडियाखाना अवधारणामा पोखरी संरक्षण गर्न अनिवार्य आवश्यकता हुने गरेको कारण देखाएर बजेट छुट्याएको थियो ।


२ बर्ष अघि नगरले पोखरीमा ज्ञाविन र घेराबार लगाउन साथै त्यहाँ जाने सडक निर्माण गर्नका लागि करिब ५० लाख रुपैंया खर्च गरेको थियो । स्थानियका अनुसार जंगल भित्र निर्माण गरिएको पोखरीमा बर्षातमा पानी भरिन्थ्यो । केही दिन यता पोखरी भित्र वरिपरि चारै तिर पहिरो चल्न थालेको थियो । उक्त पहिरोबाट खसेको माटोले पानी छचल्कीएर चारै तिर दबाब पर्दा निकास तर्फको भाग फुटेर गएको अनुमान स्थानियले गरेका छन् । मध्यरातमा फुटेर गएको पोखरीको पानीले बाढीको रुप लिदा चरिकोट नजिकको म¥याङखोलाको तटिय क्षेत्रमा तहसनहस पारेको स्थानिय समेत रहेका जिल्लाका अगुवा शम्भु गौतमले सुनाए ।


पोखरी फुटेको स्थानमा कम्तीमा ८ देखी १० लेयर सम्म जाली हाल्नुपर्नेमा ३ लेयर मात्र हालिएको स्थानीयले बताएका छन् । वरपरको क्षेत्रमा प्राय माटोले भरिएको पोखरीमा भविष्यमा हुनसक्ने जोखिमबारे अध्ययन नगरि हचुवाका भरमा पूर्वाधार बनाउदा दुर्घटना भएको गौतमले बताए । यस्तै पोखरीको निकास स्थानबाट फुटेको ठाउँमा लगाईएको ज्ञाबिनमा माटो वा लेदो नबग्नका लागि लगाईने डियो टेस्टायल लगाउनुपर्नेमा लगाईएको नभेटिएको स्थानियले बताएका छन् । ‘यो पोखरीमा यति धेरै ईन्जिनियरिङ लापरवाही छ कि जुन सामन्य सर्वसाधारणले पनि सजिलो गरि पहिल्याउन सक्छन’ एक स्थानियले भने ।

बस्ती माथि पोखरी बनाउदा नगरले गर्नुपर्ने सम्भाव्यता अध्ययन र माटो परिक्षणको काम गर्न नसकेको नगरपालिकाले स्विकारेको छ । ‘यो परम्परागत पोखरी भएका कारण स्थानिय वनका उपभोक्ताहरुले संरक्षण गर्दै आएका रहेछन्, यसलाई रिचार्ज पोखरीका रुपमा विकास गर्नका लागि नगरपालिकामा प्रस्ताव लिएर उपभोक्ताहरु आउनुभयो, नगरले यो स्थानलाई खुला चिडियाखानाका रुपमा विकास समेत गर्न खोजेको र सिचाई संग सम्बन्धीत बैज्ञानिक प्रस्ताव आएपछि सकरात्मक लिएर नगरले बजेट विनियोजन गरि कामहरु अगाडी बढायो’ नगरपालिकाका ईन्जिनियर सुरेश राउतले भने – ‘तर त्यहाँ पोखरी उपभोक्ताले पहिल्यै बनाईसकेकाले हामीले निकास जाने स्थानमा मा ज्ञाबिन वाल लगाउने, बार बनाउने र जाने सडक मार्गमा सोलिङ लगाउने कुृरामा मात्र लगानी ग¥यौं’ । उनले जंगलको बिचमा रहेको पोखरीमा चल्न सक्ने पहिरो, त्यहाँको माटोको अवस्था, त्यसले पार्न सक्ने क्षती लगायतका बिषयमा ईन्जिनियरिङ तवरबाट सम्भाव्यता अध्ययन गर्न नसक्नु नगरपालिकाको कमजोरी रहेको स्विकार गरे । ‘हामी ठुला खाले पूर्वाधारमा मात्र वातावरणीय प्रभाव मुल्यांकनमा रकम छुट्याउछौं’ उनले भने – ‘यस्ता स–साना योजनामा पनि वातावरण क्षेत्रमा त्यसले पार्ने असर बारे अध्ययन गर्ने कार्यक्रम राख्नु पर्ने ज्ञान यो घटनाले दिएको छ’ ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्