दिवंगत पत्नीको सम्झनामा सामुदायिक क्याम्पसलाई पुस्तकालय उपहार

- bolichali

२४ श्रावण २०७९, मंगलवार

आफ्नी स्वर्गीय धर्मपत्नीको सम्झनामा दोलखाका एक समाजसेवीले जिल्लाकै जेठो सामुदायिक क्याम्पसमा २५ लाख खर्च गरेर बिद्यार्थी पढ्ने पुस्तकालय बनाएका छन् । 

जिल्लाको भीमेश्वर नगरपालिका २ स्थायी घर भएका समाजसेवी तथा बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठले आफ्नी स्वर्गीय धर्मपत्नी रुपा श्रेष्ठको सम्झनामा सदरमुकाम चरिकोट स्थित गौरीशंकर बहुमुखी क्याम्पसमा पुस्तकालय निर्माण गरेका हुन् । पुस्तकालयको नगरका मेयर ईश्वरनारायण मानन्धरले उद्घाटन गरे । मानन्धरले श्रेष्ठको कामको प्रशंसा गरे । 

क्यान्सर रोगबाट पिडित श्रेष्ठपत्नी रुपाको गत बर्ष निधन भएको थियो । उनी समेत सामाजिक अभियानमा सक्रिय थिईन् । क्याम्पसको क्याम्पस सभा सदस्य समेत रहेकी रुपाले दोलखाको शैक्षिक विकासका लागि बिभिन्न अभियान चलाउदै आएकी थिईन् ।
 
समाजसेवी श्रेष्ठ दोलखाको सामाजिक अभियानमा लामो समय देखि सक्रिय छन् । जिल्लामा बिद्यालय, अस्पताल लगायतको निर्माण र स्थापनामा श्रेष्ठको नाम सधैं अगाडी आउछ । ७६ बर्षका उनले शिक्षा, स्वास्थ्य सहितका सामाजिक क्षेत्रमा गरेको योगदानले सामाजिक अभियानमा उत्साहका साथ काम गर्न जो कोहीलाई प्रेरित गर्ने नगरप्रमुख मानन्धरले बताए । 

विकासित समाजमा बिद्यालय र क्याम्पस भन्दा बढी पुस्तकालयलाई महत्व दिने गरेको र बिद्यार्थीलाई पढ्ने स्थान र किताबको अभाव नहोस भनेर आफुले जिवनसंगिनीको सम्झनामा पुस्तकालय निर्माण गरेको श्रेष्ठले सुनाए । पुस्तकालयलाई ईलाईब्रेरीका रुपमा विकास गर्ने क्याम्प प्रमुख शान्त केसीले सुनाए । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले क्याम्पससमा व्यवस्थित पुस्तकालय बनेपछि शैक्षिक गुणस्तरमा सघाउ पुग्ने बताए । 
       
टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्