दोलखा कांग्रेसको भागमा पर्ला ? यी हुन संघीय सांसदका आकांक्षी

- bolichali

३० श्रावण २०७९, सोमबार

मंसिरमा हुने आम निर्वाचनको मिति नजिकिदै जादा दोलखा कांग्रेसमा सरगर्मी बढ्दो छ ।


प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र र प्रदेश सभामा दुई ओटा सिट रहेको दोलखामा २०७४ भन्दा बाहेकका अघिल्ला चुनावहरुमा दुई निर्वाचन क्षेत्र रहेका बेला २०५१ को मध्यावधी चुनावमा एक पटक, एक सिट बाहेक कांग्रेसले बुहदल पछिका अन्य आम निर्वाचनबाट सांसद जित्न सकेको छैन् ।

स्थानीय तहको निर्वाचन परिणामबाट उत्साहित कांग्रेसको जिल्ला नेतृत्वले गठबन्धन भित्र सिट आफ्नो हातमा पार्न केन्द्रिय नेतृत्व समक्ष दबाब बढाउन थालेको छ । दोलखाबाट तिन जना केन्द्रिय सदस्यहरु कांग्रेस केन्द्रिय समितिमा प्रतिनिधित्व गर्छन् । जिरी नगरपालिका १ श्यामाका जिपछिरिङ लामा पार्टीको केन्द्रिय कार्य सम्पादन समितिमा छन् । लामा समानुपातिक तर्फका संघीय सांसद समेत हुन् । यस्तै तामाकोशी गाउँपालिका ३ जफेका कुन्दनराज काफ्ले र भीमेश्वर नगरपालिका १ क्षमावतीका अजयबाबु शिवाकोटी केन्द्रिय सदस्य हुन् । 

पार्टी केन्द्रिय सदस्य काफ्लेले भागबण्डाका क्रममा सबै हिसाबले दोलखा कांग्रेसले पाउने दाबी गरे । ‘संगठन र स्थानीय चुनावको मतको अवस्था सहित सबै हिसाब र मापदण्डले गठबन्धन भित्र दोलखा कांग्रेसकै भागमा पर्छ’ शनिबार सदरमुकाम चरिकोटमा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा उनले भने – ‘संघको सिट हाम्रै (कांग्रेसकै) हो, त्यही अनुसार तयारीमा लाग्नुस’ । 

नेताहरु गठबन्धन भित्र दोलखालाई कांग्रेसकै भागमा पार्न दौडधुप र दबाब बढाउन थालेका छन् । जिल्ला स्थित कांग्रेस कार्यालयले गत स्थानीय निर्वाचनमा वडाअध्यक्षहरुले पाएको मतका आधारमा उतारेको विवरण अनुसार जिल्लामा गठबन्धनको मत ६२ हजार छ । यस्तै एमालेको मत ४० हजार छ । ‘कांग्रेस एक्लै लडेका वडाहरु र गठबन्धन भएका वडाहरुको मतको बिश्लेषण र गत २०७४ को प्रतिनिधि सभामा आएको वडागत मतपरिणाम सबै हिसाब गरेर निकाल्दा एमाले ४० हजार र हामी एक्लै ३८ हजार छौं’ जिल्ला तहका एक पदाधिकारीले भने – ‘अन्य दुई दलको गरेर २४ हजारको हाराहारीमा छ’ । आईतबार स्कुल अफ डेमोक्रेसी दोलखाको कार्यक्रममा जिल्ला आएका नेताहरु मिन विश्वकर्मा र नैनसिंह महर संग समेत जिल्ला सभापति बर्मा लामा सहितका नेताहरुले दोलखा कांग्रेसको भागमा नपर्नुपर्ने कुनै आधार नरहेको भन्दै दबाब दिएका थिए । 

कांग्रेसले भागबण्डामा सिटको दाबी गरे संगै सम्भावित उम्मेदवार बारे समेत बहस सुरु भएको छ । कांग्रेसबाट हाल सम्म ७ जना उम्मेदवार आकाँक्षी देखिएका छन् । केन्द्रिय कार्य सम्पादन समिति सदस्य एवं पार्टीका समानुपातिक सांसद जिपछिरिङ लामा सहित दुई केन्द्रिय सदस्यहरु कुन्दनराज काफ्ले, अजयबाबु शिवाकोटी, पार्टी जिल्ला सभापति बर्मा लामा, वागमती प्रदेशका कार्य सम्पादन समिति सदस्य प्रभुराम श्रेष्ठ, पूर्व सभापतिहरु ताराबहादुर कोईराला र रुद्रबहादुर खड्का मध्ये एक जना संघीय सांसद उठ्ने चर्चा जिल्लामा छ । 

सांसद लामाले भने आफु चुनाव नलड्ने बनाउदै आएका छन् । २०७० मा तत्कालिन दुई क्षेत्र हुँदा क्षेत्र नं १ बाट लडेका लामा त्यतिखेर अन्तर्घातका कारण झिनो अन्तरले चुनाव हारेको भन्दै दोलखा कांग्रेसमा अन्तर्घातको रोग अझै नससकिएकाले आफु निकटहरु संग यो चुनाव नलड्ने बताउदै आएका छन् । २०७४ मा समेत उनी समानुपातिक तर्फबाट सांसद बनेका थिए । पार्टी सभापति देउवा निकट उनी पार्टी केन्द्र संग पहुँच भएका जिल्ला नेता मध्ये सबैभन्दा प्रभावशाली मानिन्छन् । उनले लड्न चाहेमा उनी नै उम्मेदवार बन्ने आँकलन कार्यकर्ताहरुको छ । दोलखाको संसदीय राजनितिमा जनमतको हिसाबले पार्टी भित्र सबैभन्दा लोकप्रिय रहेका उनलाई निर्वाचन लड्न एक थरि नेता र कार्यकर्ताको दबाब छ । 

पूर्व कांग्रेस महामन्त्री कृष्ण सिटौला निकट केन्द्रिय सदस्य काफ्ले पछिल्लो समय देउवा संग नजिकिएका छन् । नेविसंघ भित्रको विवाद, विश्व विद्यालयहरुमा चलेको बिद्यार्थी आन्दोलनको व्यवस्थापनमा भुमिका खेलेका कारण पछिल्लो समय देउवा उनी प्रति सकरात्मक देखिएको उनी निकटहरुले बताउने गरेका छन् । दोलखाको सिट कांग्रेसको भागमा पार्न कस्सिएर लागेका कुन्दन दोलखामा युवाहरु माझ लोकप्रिय छन् । जिल्लाबासी र कार्यकर्ताको काममा उतिकै सक्रिय रहेका उनी संघीय सांसदको सशक्त दाबेदार हुन् । 

स्थानीय चुनावमा कहिल्यै जित्न नसकेको कम्युनिष्ट गढ भीमेश्वर नगरपालिका– १ मा पर्ने गृह वडा र गृह नगर जिताएका कारण दोलखामा पछिल्लो समय चर्चामा रहेका अर्का केन्द्रिय सदस्य शिवाकोटी समेत संघीय सांसदको सशक्त दाबेदार हुन् । पार्टी महामन्त्री गगन थापाका विश्वासपात्र उनी कोईराला समुहको प्राथमिकतामा पर्ने अनुमान कार्यकर्ताको छ । यस्तै देउवा निकटका कतिपय नेताहरु संग उनको घनिष्टता छ । गठबन्धनको फराकिलो अग्रता सहितको मत संगै जिल्लामा झण्डै ५ हजारको हाराहारीमा रहेको शिवाकोटी समुदायको मत र पार्टीमा लामो समयको पेशागत राजनितिबाट भुगोलको राजनितिमा जोडिएको ‘फ्रेस अनुहार’ संगै मिजाशिला स्वभावका उनलाई टिकट दिदा पार्टी भित्र अन्तर्घात समेत कम हुने आंकलन सहित उनले केन्द्रबाट संघीय सांसदको टिकट लिएर आउने अनुमान उनी निकट कार्यकर्ताले गर्न थालेका छन् । चुनावको तयारी सहित पछिल्लो समय राजधानी काठमाण्डौमा सम्पर्क कार्यालय खोलेर जिल्लाबासी र कार्यकर्ताको काम गर्न सक्रिय बनेका शिवाकोटी समेत भागबण्डामा दोलखालाई कांग्रेसको भागमा पार्न गठबन्धन भित्र दबाब बढाउने अभियानमा सक्रिय छन् । 

पार्टीका जिल्ला सभापति लामा समेत संघीय सांसदको टिकटका उतिकै सशक्त दाबेदार हुन् । जिल्लामा ३० बर्ष पछि कांग्रेसलाई स्थानीय चुनावबाट पहिलो दल बनाएको, २०७४ को प्रतिनिधि सभा चुनावको तुलनामा १३ हजार मत बढाएको जस्ता श्रेय जिल्ला सभापतिको हैसियतले लामालाई गएको र दोलखामा पार्टी सभापति नै प्रतिनिधि सभा सांसद लड्ने नजिर रहेका कारण उनले टिकट ल्याउने लख उनी निकट कार्यकर्ताहरुले काट्ने गरेका छन् । माओवादी र एमाले बिच गठबन्धन हुँदा २०७४ को निर्वाचनमा लामा दोलखा १ नं प्रादेशिक क्षेत्रबाट प्रदेश सभा निर्वाचन लडेका थिए । यस्तै सोही बर्षको स्थानीय तह निर्वाचनमा मेलुङ गाउँपालिका अध्यक्ष लडेका उनी ८४ मतको झिनो अन्तरले पराजित बनेका थिए । तामाङ समुदायको बाहुल्यता रहेको स्वर्गीय भीमबहादुर तामाङको गृह जिल्ला दोलखामा उनी तामाङ सहित जनजाती समुदाय माझ लोकप्रिय रहेको र दोलखाको संगठन सुधार गरेकाले उनले टिकट ल्याउन सक्ने अनुमान एकाथरी कार्यकर्ताको छ । तामाङ कोईराला समुह निकट हुन् । लामाले समेत पछिल्लो समय पार्टी सभापति देउवा सहितका नेताहरु संग पटक पटक भेटेर दोलखालाई कांग्रेसको भागमा पार्न दबाब बढाउदै आएका छन् । 

दोलखाका कांग्रेस नेता एवम् पार्टीको वागमती प्रदेश समितिका कार्य सम्पादन समिति सदस्य प्रभुराम श्रेष्ठले समेत संघीय सांसदमा आकाँक्षा राखेका छन् । व्यवसायीक पृष्ठभूमिका उनी समाजसेवाका कारण जिल्ला भर चर्चित छन् । सामाजिक गतिविधि र दोलखाको पार्टी राजनिती भित्र शक्तिशाली बन्दै गएका प्रभुराम संग पछिल्ला दिनमा कार्यकर्ता ठोकिन थालेका छन् । जिल्ला कांग्रेसको राजनीतिमा पछिल्लो दशक यता सक्रिय उनी देउवा निकट हुन् । देउवा निकटका प्राय नेता संग घनिष्ठ रहेका प्रभुराम वागमती प्रदेश सभापति ईन्द्र बानिया संग समेत उतिकै नजिक छन् । शनिबार सदरमुकाम चरिकोटमा आफू अध्यक्ष रहेको स्कुल अफ डेमोक्रेसीको आयोजनामा कांग्रेस बाट स्थानीय तहमा जनप्रतिनिधि जितेकाहरुको सम्मान र प्रशिक्षण कार्यक्रम गरेर उनले जिल्ला भरका नेता कार्यकर्ता भेला गरि संघीय चुनावका लागि आफ्नो समेत सशक्त दाबी रहेको सन्देश दिन खोजेका छन् ।

यस्तै निवर्तमान सभापति ताराबहादुर कोईरालाले समेत निर्वाचनमा सशक्त दाबेदारी प्रस्तुत गरेका छन् । पार्टीको चार पटक जिल्ला सभापति बनेका उनी २०५६, २०६४ र २०७० को निर्वाचनमा नेपाली कांग्रेसबाट क्षेत्र नं २ मा सांसद लडेका थिए । जनमतका हिसाबले लोकप्रिय रहेका उनी समेत कोईराला समुह निकट हुन् । 

संघीय सांसदमा सशक्त दाबेदारीका रुपमा आफुलाई उभ्याएका अर्का नेता पूर्व जिल्ला सभापति खड्का २०४९ मा तत्कालिन जिल्ला विकास समितिको सभापति पदमा निर्वाचित भएर ५ बर्ष जिविस चलाएका थिए । २०७४ को संघीय निर्वाचनमा माओवादी र एमाले बिच गठबन्धन हुँदा पार्टीबाट संघीय सांसदको उम्मेदवार बनेका उनले अफ्ठ्यारो परिस्थितीमा आफुलाई उभ्याईएको भन्दै अहिले गठबन्धन भएको सहज बेलामा आफुले उक्त टिकट पाउनुपर्ने दाबी गर्दै आएका छन् । उनी देउवा निकट हुन् । 

दोलखामा कांग्रेसको भागमा संघीय सांसद पर्दा जिपछिरिङ लामाले निर्वाचन उठ्न चाहेमा उनले टिकट पाउने सहज अनुमान कतिपय जिल्ला नेताहरुले गर्ने गरेका छन् । उनी उठ्न नचाहेमा वा नमानेमा अन्य आँकाक्षीहरु बिच तिव्र प्रतिष्पर्धा हुने अनुमान कार्यकर्ताको छ । वागमती प्रदेश भित्रका प्रभावशाली र ठुला जिल्लाहरु काठमाण्डौ, चितवन, ललितपुर लगायतको भागबण्डा मिलाउदा दोलखालाई पार्टी भित्रै भागबण्डामा  ‘कर्नर’मा पार्न सक्ने चुनौती जिल्लाका कतिपय नेताहरुले देखेका छन् । दोलखामा संघीय सांसद कांग्रेसको भागमा नपरे दुई ओटै प्रदेश सभा भने कांग्रेसले पाउने अनुमान गर्न सकिन्छ ।     

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्