सिँगटीखोला जलविद्युत आयोजना पनि प्रशारण लाइनमा जोडियो

- bolichali

२० असार २०७८, आईतवार

बोलीचाली संवाददाता
दोलखा साउन ५ । दोलखाको कालिञ्चोक र विगु गाउँपालिकास्थित सिंगटी खोलामा निर्माण सम्पन्न भएको २५ मेगावार्ट क्षमताको सिंगटी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।


यसअघिनै निर्माण सम्पन्न भई सबै संरचनाहरुको सफल परिक्षण समेत भैसकेको सिंगटी खोलाले उत्पादन गरेको विद्युत शुक्रबार देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । आयोजनाको प्रबद्र्धक कम्पनी सिंगटी हाइड्रो इनर्जीले उत्पादीत विद्युत सिंगटी लामोसाँघु प्रसारण लाइन मार्फत नेशनल ग्रिडमा जोडिएको जानकारी दिएको छ । कम्पनीका कार्यकारी निर्देशक गणेश कार्कीले आयोजनाबाट उत्पादित विद्युत नेशनल ग्रिडमा जोडिएको जानकारी दिएका छन् । उनका अनुसार सिंगटी लामोसाँघु प्रसारणलाइनको परिक्षण सफल भएपछि उत्पादित विद्युत सोही प्रसारण लाइनमार्फत नेशनल ग्रिडमा जोडिएको हो ।


आयोजनाको सोरुङदेखि सिंगटीसम्मको ५ हजार ६ सय ७ मिटर लामो प्रेसर टनेलबाट पहिलो चरणमा प्रतिसेकेण्ड ५ हजार लिटर पानी छोडिएको र जसबाट विद्युतगृहका २ वटा टर्वाइनमार्फत विद्युत उत्पादन भएको छ । आयोजनामा १ हजार एक सय मिटर पेनस्टक र २ सय ५८ मिटर हेड रहेको छ । आयोजनाका इन्जिनियर अशोक पन्थीका अनुसार शुक्रबार दिउसोको ३ बजेदेखि उत्पादित विद्युत प्रशारण लाइनमा जोडिएको हो । इन्जिनियर पन्थीले वर्षाको समय भएकाले खोलामा प्रयाप्त पानि भएका कारण क्रमश २४ घण्टाभित्र तोकिएको २५ मेगावार्टनै विद्यूत उत्पादन हुने र उत्पादीत विद्युत नेशनल ग्रिडमा थपिने बताएका छन् ।


२०७३ अन्तिमबाट सिभिल संरचना निर्माणको काम सुरु गरिएको आयोजना झण्डै डेढ वर्ष अघिनै निर्माण सम्पन्न भएपनि प्रशारण लाइन समयमा निर्माण सम्पन्न नहुँदा विद्युत उत्पादन गरिएको थिएन । बिहिबार बेलुकीबाट सिंगटी लामोसाँघु प्रसारण लाइन सञ्चालनमा आएलगत्तै सिंगटी जलविद्युत आयोजनाले आफ्नो उत्पादन नेशनल ग्रिडमा जोड्न सफल भएको सिंगटी हाइड्रोका कम्पनी सचिब सुदिप खड्काले जानकारी दिए । खड्काले प्रशारण लाइन निर्माण सम्पन्नका लागि समेत आयोजनाका तर्फबाट आबश्यक सहयोग गरेको बताए । उनले अव सिंगटीले निरन्तर पुरै क्षमतामा विद्युत उत्पादन गर्ने जानकारी दिएका छन् ।

‘सुपर सिक्स’ मध्येको नमुना आयोजना


नेपाल विद्युत प्राधिकरणले २०६७ सालमा सबैभन्दा छिटो विद्युत उत्पादन हुने ६ वटा आयोजनाहरु फास्ट ट्रयागबाट विजुली उत्पादन गर्न भन्दै सुपर सिक्स नामकरण गरि निजी क्षेत्रलाई जिम्मा लगाएको थियो । प्राधिकरणले तत्कालिन समयमा दोलखाका २ वटा आयोजना सिंगटी र खारेखोला , संखुवासभाको मायाँ खोला , ताप्लेजुङको मेवा खोला र सोलुखुम्बुको अप्पर सोलु सहित अर्को एक आयोजना निजी क्षेत्रलाई दिएको थियो । त्यसमध्ये सबैभन्दा पहिला आयोजना निर्माण सम्पन्न गरि उत्पादित विद्युत नेशनल ग्रिडमा जोड्ने सिंगटी पहिलो आयोजना हो । अप्पर सोलु निर्माण पुरा भएपनि प्रसारण लाइन अभाबका कारण नेशनल ग्रिडमा जोडिएको छैन । अन्य आयोजनाहरु केही निर्माणाधिन अवस्थामा छन भने केहीले अहिलेसम्म पनि निर्माणको सुरुवात गरेका छैनन् । नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुले निजी क्षेत्रले निर्माण गरेका आयोजनामध्ये सिंगटी सफल र भरपर्दो आयोजना भएको दाबी गर्ने गरेका छन् । उनिहरुले ट्रान्समिसन लस असाध्यै छोटो हुनुनै आयोजनाको सुन्दर पक्ष रहेको जिकिर गरेका छन् । आयोजनाको विद्युतगृहदेखि प्राधिकरणले निर्माण गरेको सवस्टेसन सम्मको दुरी २ सय मिटर मात्रै छ ।


३ वर्षमा आयोजना सम्पन्न


२०७३ अन्तिमबाट निर्माण सुरु गरिएको आयोजना ३ वर्ष भित्रै सम्पन्न भएको थियो । डेढ वर्षदेखि प्रसारण लाइनकै कारण अड्केर बस्नुपरेको निर्देशक कार्की बताउछन् । नयाँ पत्रिकासँग कुरा गर्दै कार्कीले भने समयमा प्रशारण लाइन निर्माण सम्पन्न नहुँदा डेढ वर्षदेखि सम्पन्न भएको आयोजनाबाट विद्युत उत्पादन गर्न सकिरहेका थियनौं , बल्ल हाम्रो उद्देश्य पुरा भएको छ । कार्कीेले २ सय मिटरको दुरीमा सवस्टेसन हुनु , खोलामा आबश्यक पर्ने पानी प्रयाप्त हुनु जस्ता थुप्रै सकरात्मक कारणले पनि आफुहरु उत्साहीत भएको जनाएका छन् । आयोजना निर्माण सम्पन्न हुदा अहिलेसम्मको लागत ५ अर्ब ५० करोड पुगेको आयोजनाले जनाएको छ । विद्युत उत्पादन भएपछि आयोजनाले वार्षिक ७२ देखि ७५ करोड रुपैंया सम्मको विद्युत विक्रि गर्ने प्रक्षेपण गरिएको कम्पनीका अध्यक्ष बटु लामिछानेले जानकारी दिएका छन् ।।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्