दाेलखा कांग्रेसका महिला नेतृ – जाे प्रत्यक्षमा सिफारिस भएर आए

- bolichali

२३ भाद्र २०७९, बिहीबार

नेपाली कांग्रेस दाेलखाका तीन जना महिला नेतृले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ चुनाव लड्ने ईच्छा देखाएका छन् ।

प्राय महिलाले समानुपातिकमा आवेदन गरेकाे कांग्रेसमा तीन महिलाले भने प्रत्यक्षमा लड्न ईच्छा देखाउदै सिफारिसमा परेका हुन् । जिल्ला पार्टीबाट ९ जना महिला समानुपातिकमा सिफारिस भएका छन् ।

दाेलखामा प्रतिनिधि सभा तर्फ १ र प्रदेश सभा तर्फ २ ओटा निर्वाचन क्षेत्र रहेकाे छ। तीन ओटा सिटकाे प्रत्यक्ष तर्फ १५ जना पुरुष सिफारिस हुदा एक एक ओटा सिटमा लड्ने आकाँक्षा सहित तीन जना महिला सिफारिसमा परेका छन्।

प्रतिनिधि सभा सदस्यका लागि लक्ष्मीकुमारी तामाङ सिफारिसमा परेकी छिन् । उनी पार्टीका जिल्ला सभापति वर्मा लामाकी धर्मपत्नी हुन् । नेपाल महिला संघको महाधिवेशन प्रतिनिधि रहेकी उनी जिल्लाकी महिला नेतृ हुन् ।

यस्तै प्रदेश सभा (क) मा प्रत्यक्ष तर्फ पार्टीका नेतृ विनिता अधिकारी सिफारिस भएकी छन् । पद्मकन्या बहुमुखी क्याम्पस वागवजारकी पूर्व स्ववियु सभापति उनी दाेलखा कांग्रेसकी पूर्व महाधिवेशन प्रतिनिधि हुन् । प्रखर वक्ता अधिकारी २०७४ काे प्रदेश सभा निर्वाचनमा समेत पार्टी बाट समानुपातिक उम्मेदवार बनेकी थिईन् ।

प्रदेश सभा (ख) मा प्रत्यक्ष तर्फ छिरिङडाेल्मा शेर्पा सिफारिस भएकी छन् । उनी पार्टीको महाधिवेशन प्रतिनिधि साथै लाेकतान्त्रिक शेर्पा संघको केन्द्रीय सदस्य हुन् । शेर्पा समुदायकी उनी पढेलेखेकी महिला नेतृ मध्येमा गनिन्छिन्। पूर्व मिस पर्यटन २०१९ रहेकी शेर्पा नेपाल आदिवासी जनजाति महिला महासंघ वागमती प्रदेश समिति अध्यक्ष समेत हुन् ।

समानुपातिक तर्फ दाेलखा कांग्रेस बाट ११ जना महिला सिफारिसमा परेका छन् । प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फ सुमित्रा न्याैपानेकाे एकल सिफारिस परेकाे छ । उनी पार्टीका पूर्व जिल्ला सभापति तथा प्रजातान्त्रिक सेनानी स्वर्गीय देवी न्याैपानेकी धर्मपत्नी हुन् ।

प्रदेश सभा (क) बाट समानुपातिक तर्फ राेचना उप्रेती, तारा थपलिया, लिलादेवी जिरेल र सुमिका पाख्रिन तामाङकाे नाम सिफारिसमा परेकाे छ । उप्रेती र थपलिया दुवै पार्टी महाधिवेशन प्रतिनिधि हुन् । राजनितीक परिवारिक पृष्ठभूमिका उप्रेतीका पिता र काकाहरु विपी सहितका नेताहरू संग प्रवास र जेलमा बसेका थिए । कांग्रेसमा काेईराला परिवार निकट थपलिया जिल्लाकी महिला नेतृ हुन् । लिलादेवी अल्पसंख्यक जिरेल समुदायबाट प्रतिनिधित्व गर्छिन् । सुमिका कांग्रेस नेता स्वर्गीय भीमबहादुर तामाङकि नातिनी हुन् ।

प्रदेश सभा (ख) बाट अनिता श्रेष्ठ, सुनिता नेपाली र माेतिमाया माेक्तान सिफारिसमा परेका छन् । श्रेष्ठ पार्टीको वागमती प्रदेश कार्य समिति सदस्य हुन भने नेपाली र माेक्तान दुवै महाधिवेशन प्रतिनिधि हुन् ।

दाेलखाबाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यका लागि ७ जना पुरुषकाे सिफारिस भएकाे छ । पार्टीका केन्द्रीय कार्य सम्पादन समिति सदस्य तथा हालका संघीय सांसद जिपछिरिङ लामा सिफारिसमा परेका छन् । यस्तै केन्द्रीय सदस्यद्वय कुन्दनराज काफ्ले, अजयबाबु शिवाकोटी पार्टीका जिल्ला सभापति वर्मा लामा पूर्व जिल्ला पार्टी सभापतिहरु ताराबहादुर काेईराला, रुद्र बहादुर खड्का र उद्ववराज काफ्ले प्रतिनिधि सभा सदस्यका लागि सिफारिसमा परेका छन् । प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फ प्रभुराम श्रेष्ठ र पुष्कर खड्का सिफारिस भएका छन् । पार्टीको वागमती प्रदेश कार्य समिति सदस्य रहेका श्रेष्ठ र खड्का दुवै महाधिवेशन प्रतिनिधि हुन् ।

यस्तै प्रदेशसभा (क) बाट भवेन्द्र कार्की, ताराकुमार खड्का र भुवन केसीले प्रत्यक्षमा लड्न सिफारिस भएका छन् । कार्की महाधिवेशन प्रतिनिधि हुन भने गत जिल्ला अधिवेशनमा पार्टी सभापतिका निकटतम प्रत्याशी खड्का हाल जिल्ला कार्य समिति सदस्य छन् । पार्टीको जिल्ला संगठन बिभाग प्रमुख रहेका केसी जिल्लाका युवा नेता हुन् । प्रदेश सभा (क) बाट समानुपातिक तर्फ उक्त क्षेत्रीय सभापति शुक्रराज तामाङ, सुदर्शन कार्की, साेनाम शेर्पा, केदारराज सुनुवार हस्तलाल याेञ्जन सिफारिसमा परेका छन् ।

प्रदेश सभा (ख) बाट प्रत्यक्ष तर्फ केशबराज चाैलागाई, राकेश श्रेष्ठ, सन्तोष पाण्डे, युधिष्ठिर खड्का र कुलराज थापा सिफारिसमा परेका छन् । चाैलागाई यस अघि २०७४ काे प्रदेश सभा निर्वाचनमा याे क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षमा लडेका थिए । श्रेष्ठ जिल्ला पार्टीका प्रवक्ता हुन भने पाण्डे पार्टी महाधिवेशन प्रतिनिधि हुन् । विगु गाउँ पालिकाका पूर्व अध्यक्ष हुन् । थापा पूर्व महाधिवेशन प्रतिनिधि हुन् ।

प्रदेश (ख) बाट ५ जना समानुपातिकमा सिफारिस भएका छन् । वाग्मती प्रदेश कार्य समितिको कार्य सम्पादन समिति सदस्य चित्र बहादुर कार्की, पार्टीका जिल्ला सचसव दावा शेर्पा, नेताहरु सिताराम ठकुरी, रामकुमार नेपाली र कविराज थामी याे प्रदेशबाट समानुपातिक तर्फ प्रदेश सभा सदस्यका लागि सिफारिस भएका छन् ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्