समाजसेवी उप्रेतीको पहलमा जुट्यो दोलखाका स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर

- bolichali

२० असार २०७८, आईतवार

बोलीचाली संवाददाता
दोलखा ५ साउन । दोलखाका एक समाजसेवीले कोरोना माहमारीको दोस्रो लहरमा अक्सिजन अभाव खेपेका जिल्लाका ३२ सरकारी स्वास्थ्य संस्थाहरुलाई ‘अक्सिजन कन्सन्ट्रेटर’ सहित ८० लाख रुपैंया बराबरको उपकरण र स्वास्थ्य सामग्री जुटाएका छन् ।


दोलखाको शैलुङ गाउँपालिका ८ शैलुङ्गेश्वर स्थायी घर भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवं समाजसेवी शोभीत उप्रेतीले आफ्नो पहलमा जिल्लाका ३२ सरकारी स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सुरक्षाका सामग्री जुटाएका हुन् ।
नेपाल र चिनमा व्यवसाय गर्दै आएका उप्रेतीले चिनमा व्यवासाय गर्ने नेपाली व्यवसायी हरुको संस्था नेपाल चाईना ट्रेड एण्ड ईण्डष्ट्रीयल एशोसियसन, निर्माण व्यवसायी सहदेव खड्का साथै आफ्नो निजी लगानीमा जुटाएका उपकरण गृह जिल्ला दोलखाका प्राय गाउँका स्वास्थ्य चौकीहरुमा पु¥याएका छन् भने केही पुग्ने चरणमा रहेको उनले जनएका छन् ।


उप्रेतीको पहलमा जुटेको ३४ ओटा अक्सिजन कन्सन्ट्रेटर मध्ये दोलखाको कालिञ्चोक गाउँपालिकामा ४, विगु १, गौरीशंकर २, मेलुङ ७, भीमेश्वर नगरपालिका ४, शैलुङका २ गरेर २२ ओटा स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सन्ट्रेटर पुगिसकेको ति गाउँपालिकाका स्वास्थ्य शाखाहरुले जानकारी दिएका छन् । जिल्लाको जिरी नगरपालिकामा ३, वैत्येश्वर गाउँपालिकामा ५ र तामाकोसी गाउँपालिकामा ३ ओटा अक्सिजन कन्सन्ट्रेटर दोस्रा चरणमा पठाईएको छ । यस्तै सदरमुकाम चरिकोट स्थित चरिकोट अस्पताललाई अक्सिजन जेनेरेटर मेसिन पठाईएको उनले सुनाए । बिजुली नभएपनि २४ घण्टा सम्म निरन्तर अक्सिजन दिएर चलाउन सकिने उक्त मेसिन चिनिया कम्युनिष्ट पार्टी एक सय बर्ष पुगेको अवसरमा नेपालका बिभिन्न राजनितिक दललाई प्राप्त हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्राप्त भएको ५ मध्ये एउटा चरिकोट अस्पताललाई पु¥याईएको उप्रेतीले जानकारी दिए । स्वदेशी मुल्य करिब २९ लाख पर्ने अनुमान गरिएको नयाँ प्रविधिको उक्त जेनेरेटर पहिलो पटक नेपालमा भित्रिएको हो ।


उप्रेतीको पहलमा दोलखामा जुटेका अक्सिजन कन्सन्ट्रेटर सकभर सबै गाउँपालिकालाई समेट्ने कोशिस गरिएको उनका हितैषी एवं दोलखा जिल्लाबासी समेत रहेका बरिष्ठ कलाकार मदनदास श्रेष्ठले सुनाए । ‘विकट गाउँहरुका सरकारी स्वास्थ्य संस्थालाई प्राथमिकता दिएर कोरोना संक्रमण व्यवस्थापनको समयलाई सरकारी स्वास्थ्य संस्थाको विकास र उपकरण थप गर्न उपयोग गर्नु राम्रो काम हो’ उनले भने ।
उनको पहलमा आएको कन्सन्ट्रेटरले आफ्नो पालिकाका ४ ओटा विकट गाउँमा सहज भएको कालिञ्चोक गाउँपालिकाका स्वास्थ्य संयोजक सुशिल श्रेष्ठले सुनाए । पालिकामा आएको कन्सन्ट्रेटर कालिञ्चोकको १, ४, ५ र ९ नं वडाका स्वास्थ्य चौकीहरुमा राखिएको श्रेष्ठले बताए ।
व्यवसाय संगै समाजसेवामा सक्रिय उप्रेतीले अक्सिजन कन्सन्ट्रेटर बाहेक निजी खर्चमा दोलखाकै स्वास्थ्य संस्थाहरुमा ८० हजार थान माक्स, २०० लिटर सेनिटाईजर, ६ सय पिस एन्टीजेन किट, ४० पिस अक्सिमिटर, समेत सहयोग गरेका छन् । जिल्लामा कार्यरत जनपथ र सशस्त्र प्रहरीलाई १६ हजार थान र पत्रकारलाई ४ हजार थान मास्क समेत सहयोग पठाएका छन् ।


यस्तै उप्रेतीले कोरोना संक्रमणबाट निधन भएका स्वर्गिय पत्रकार रविन्द्र गौतमका छोरीहरुको नाममा पत्रकार महासंघले सञ्चालन गरेको अक्षय कोषमा १ लाख, पत्रकार महासंघ दोलखा शाखाको कल्याणकारी कोषमा १ लाख, चरिकोट अस्पतालमा बिरामीहरुका लागी औषधी खरिद गर्न ४८ हजार, अक्सिजन खरिद गर्न मेरो एक हजार अभियानलाई ५१ हजार रुपैंया सहयोग गरिसकेका छन् ।
दोलखा जिल्लामा उप्रेती संगै अन्य दाताहरुले समेत स्वास्थ्य सामग्री पठाएपनि गाउँपालिकाहरु संग त्यसको लेखाजोखा छैन् । कतिपय दाताले गाउँपालिकालाई समन्वय नगरी सिधै स्वास्थ्य चौकीहरुमा लगेर दिएका कारण आफुहरुलाई जानकारी नभएको पालिकाका स्वास्थ्य संयोजकहरुले सुनाए ।


कालिञ्चोकको सिंगटी अस्पताललाई क्षेत्रपाका युवाहरुले दुई ओटा, वैत्येश्वर, जिरी र गौरीशंकरमा कांग्रेस नेता कुन्दनराज काफ्लेले ३ ओटा, भीमेश्वरमा जर्मन नेपाल सहयोग संस्थाले एक ओटा, चरिकोट अस्पतालमा करुणा फाउण्डेसनले ५ ओटा, शैलुङ र तामाकोसीमा पूर्व मन्त्री आनन्द पोखरेलले २ ओटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको ति पालिकाका स्वास्थ्य शाखाहरुले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्