बाबरेका हरि खतिवडा कांग्रेसको तरुण बिभाग सदस्यमा मनोनित

- bolichali

२० असार २०७८, आईतवार

बोलीचाली संवाददाता

नेपाली कांग्रेस दोलखाका युवा नेता एवं सामाजिक अगुवा हरि खतिवडा नेपाली कांग्रेस केन्द्रिय समिति अन्तर्गतको तरुण विभागको केन्द्रिय सदस्यमा नियुक्त भएका छन् ।
दोलखाको कालिञ्चोक गाउँपालिका २ बाबरे स्थायी ठेगाना भई हाल राजधानी बस्दै आएका खतिवडा सोमबार तरुण विभागको केन्द्रिय सदस्यमा मनोनित भएका हुन् । सोमबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री शंकर भण्डारीले खतिवडालाई नेपाली कांग्रेसको बिधान २०१७ संसोधन सहितको धारा ३७ को दफा १ (छ) बमोजिम तरुण विभागको केन्द्रिय सदस्यमा मनोनित गरेका हुन् । पुर्व बनमन्त्री समेत रहेका भण्डारी हाल कांग्रेस केन्द्रिय समिति अन्तर्गतको तरुण विभागको संयोजक छन् । संगठन सुदृढिकरणका लागि संयोजक भण्डारीले ७७ वटै जिल्लाका सकृय तरुण नेताहरुलाई जिम्मेवारी हस्तान्तरण गरिरहेको उनी निकट स्रोतले जनाएको छ ।
खतिवडाले यसअघि नेपाली कांग्रेसको तल्लो तहका थुप्रै भुमिकाहरु निर्बाहा गरिसकेका छन् । विद्यार्थी कालमा नेबि संघ कोटेश्वर बहुमुखी क्याम्पसको इकाइ समितिमा रहेर उनले विद्यार्थी हकहितका लागि काम गरिसकेका छन् । उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै सकृय छन् । खतिवडा संघियता पछि गठन भई अहिले सकृयरुपमा सामाजिक कामहरु गर्दै आएको कालिञ्चोक सरोकार समाजको सचिबको भुमिकामा समेत छन् ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्