भीम मावि हलको स्ट्रक्चर तयार, फिनिसिङ हुँदै

- bolichali
२१ असार २०७८, सोमबार
बोलीचाली संवाददाता
दोलखा ५ साउन । दोलखा जिल्लाकै पुरानो मध्येको भीम मावि दोलखामा अध्ययन गरेका पूर्व बिद्यार्थीहरुको लगानीमा बिद्यालयमा बनिरहेको हलको पूर्वाधार तयार बनेको छ ।
पूर्व बिद्यार्थीहरुको लगानीमा ३५ लाख रुपैंया अनुमानीत लागतमा निर्माण भईरहेको हलको छाना छाउने, वाल उठाउने, ग्रिल भ¥याङ सहित पूर्वाधार निर्माणको काम सम्पन्न भएको पूर्व बिद्यार्थी समाजले जनाएको छ ।
अब लगतै फिनिसिङको काम सुरु हुने समाजका सचिव मनोज श्रेष्ठले जानकारी दिए । फल्स सिलिङको काम अर्को साता बाट शुरु गर्ने तयारी समाजले गरेको छ ।
पूर्व बिद्यार्थीहरुको लगानीमा बनिरहेको हल १ सय ९० सिट क्षमताको हुने र हल भित्र आधुनिक स्तरका सबै सुविधा हुने जनाईएको छ ।
हलको हाल सम्म निर्माण कार्यको प्रगाती विवरण साउन तेस्रोत साता सार्वजनिक गर्ने तयारी पूर्व बिद्यार्थी समाजले गरेको छ ।


















Leave a Reply