कसले सम्हाल्ला दोलखा कांग्रेसको नेतृत्व : यस्तो छ नेताहरुको जोडघटाउ

- bolichali

७ श्रावण २०७८, बिहीबार



बोलीचाली संवाददाता
दोलखा ५ साउन । अधिवेशन नजिकिए संगै दोलखा कांग्रेसमा सरगर्मी बढेको छ ।


१४ औं महाधिवेशनका लागी पार्टीले वडा, स्थानिय तह, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको तय गरेको अधिवेशनको मिति नजिकिए संगै दोलखा कांग्रेसको नेतृत्व लिन नेताहरु बिच दौडधुप र जोडघटाउ शुरु भएको छ ।


वर्तमान सभापति रुद्रबहादुर खड्का आफैं दोहो¥याउने पक्षमा छन् । ५ बर्षे कार्यकालमा उनको कार्यशैली र व्यक्तिगत स्वभावका कारण दोलखा कांग्रेसको संगठनमा ठेस पुगेको र खड्काको कार्यकालभरी कार्यकर्तामा नैराश्यता देखिएको भन्दै उनलाई दोहो¥याउन नदिने पक्षमा जिल्ला तहका शिर्षस्थ नेताहरु रहेपनि उनी ईतरको समुह निर्माणमा एक मत देखिएका छैनन् । वर्तमान जिल्ला सभापति खड्का सहित ४ जना उम्मेद्धारी घोषणा गरिसकेका छन् ।


खड्का बाहेक नेताहरु बर्मा लामा, ताराकुमार खड्का र छवि लामाले उम्मेद्धारी घोषणा गरेका छन् । युवाहरुको नेतृत्व गर्दै तारा कुमार खड्काले सभापति पदमा आकाँक्षा देखाएका छन् । जिल्लाका पुराना नेता बर्मा लामा यस अघि समेत १३ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार थिए । क्षेत्र नं १ का क्षेत्रिय सभापति रहेका छवि लामा वैत्येश्वर गाउँपालिकाका अध्यक्ष समेत हुन् । पूर्व जिल्ला सचिव एवं हालका महासमिति सदस्य केशबराज चौलागाईले समेत राजधानीका कतिपय मञ्चहरु मार्फत आफुलाई जिल्ला सभापतिको उम्मेदवारका रुपमा प्रस्तुत गरिसकेका उनी जिल्लामा फर्किए लगतै बुधबार किसान संघको कार्यक्रम मार्फत आफु जिल्ला सभापतिको उम्मेदवार भएको घोषण गरे ।


यस अघि क्षेत्रिय अधिवेशन बाट महाधिवेशन प्रतिनिधि जितेकाहरु मात्र जिल्ला सभापतिको उम्मेद्धार हुन पाउने नियम रहेपनि पार्टीले एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्लाहरुमा महाधिवेशन प्रतिनिधि हुनै पर्ने बाध्यता हटाएपछि शुरु देखी नै जिल्ला सभापतिको पदमा उम्मेद्धारी घोषणा गर्नेहरु बढेका हुन् । तर एक मात्र निर्वाचन क्षेत्र रहेका मुलुकका कतिपय जिल्ला सभापतिहरुले यो प्रावधान हटाउन र महाधिवेशन जितेरै आउनुपर्ने प्रावधान राख्न केन्द्रका नेताहरुलाई ‘लविङ’ गरेपछि उक्त प्रावधान खारेज हुने र महाविेशन जित्नै पर्ने प्रस्ताव केन्द्रिय समितिमा लग्ने तयारी केन्द्रका नेताहरुले गरेपछि घोषणा गर्नेहरु हच्किएको चर्चा समेत कांग्रेसका कार्यकर्ताहरुमा हुन थालेको छ । सभापति घोषणा गरेकाहरु महाधिवेशन प्रतिनिधि जित्ने गरी जोडघटाउमा लागेको चर्चा दोलखा कांग्रेसका कार्यकर्ताहरुमा छ ।


दोलखा जिल्लामा २५ जना महाधिवेशन प्रतिनिधि चुनिन्न्छन् । ति मध्ये १० जना खुल्ला कोटाबाट चुनिन्छन् । नेताहरु बिच समुह निर्माणमा जोडघटाउ चलिरहेको छ । महाधिवेशन प्रतिनिधि चुन्न समुह निर्माणमा जुटेका नेताहरु सदरमुकाम र राजधानीमा समेत सक्रिय हुन थालेका छन् । दोलखामा प्रतिनिधि सभाका सांसद जिपछिरिङ लामा, पूर्व जिल्ला सभापति ताराबहादुर कोईराला, उद्धवराज काफ्ले नेताहरु ईश्वर मानन्धर, कुन्दनराज काफ्ले लगायत निर्णायक मानिन्छन् । उम्मेदवार आकाँक्षा राखेका मध्ये वर्तमान सभापति खड्का र क्षेत्र नं १ का क्षेत्रिय सभापति लामा सांसद जिपछिरिङ शेर्पाको समर्थन लिने दौडधुपमा छन् भने आकाँक्षी बर्मा लामाले पूर्व सभापति कोईराला र नेता ईश्वर मानन्धरको समर्थन आफुलाई रहने कुरा निकटस्थहरुलाई बताउदै आएका छन् ।


युवाहरुको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिन लागेका खड्कालाई युवा नेता कुन्दनराज काफ्ले र पूर्व सभापति उद्धवराज काफ्लेको साथ छ । खड्का समेत कोईराला र मानन्धरको समर्थन आफुले पाउनेमा ढुक्क छन् ।


पूर्व सभापति कोईरालाले लामाद्धय र खड्का मध्ये एक जना मात्र उठाउन सकिन्छ की भन्ने कसरतमा आफु लागिरहेको सन्देश केही कार्यकर्ताहरुलाई दिएका छन् । कोईराला माथि वर्तमान सभापति खड्का विरुद्ध एक जना मात्र उम्मेदवार बनाउन पहल गर्नका लागी कार्यकर्ताबाट दबाब बढेको छ । यद्धपी उम्मेदवार घोषणा गरेका छवि लामालाई सांसद जिपछिरिङ लामा र वर्तमान सभापति खड्काले एक बर्ष अघि नै सभापति उम्मेदवार बन्न बचन दिएकाले उनलाई ‘ब्याक’ गराउन कोईरालाका लागी अफ्ठेरो परेको लख कार्यकर्ताहरुले काट्न थालेका छन् । सांसद लामाले भने आफुले कसैलाई पनि बचन नदिएको बताउदै सर्वसम्म्मत नेतृत्व चयन गर्नुपर्नेमा आफफ्नो मत रहेको बताउने गरेका छन् । उम्मेदवारका आकाँक्षी मध्ये तारा खड्का व्यक्तीगत सम्बन्धले पूर्व सभापति कोईरालाका सबै भन्दा निकटका हुन भने बर्मा लामा एक बर्ष यता कोईराला संग निकट छन् । छवि लामा कुनै समय कोईरालाकै निकट थिए । सांसद लामा र पूर्व सभापति कोईरालाले भने आफुहरु सर्वसम्मतको प्रयासमा रहेको भेट्न जाने कार्यकर्तालाई बताउदै आएका छन् ।


टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

दोलखामा एमालेलाई अफ्ठ्यारो आईपर्दाका ‘फ्रण्टलाईनर’ सारथी

थप पढ्नुहोस्

राजनितिलाई युवा उद्यमसंग जोड्ने दोलखा एमालेका ‘सुत्राधार’

थप पढ्नुहोस्

दोलखा एमालेकी काबिल महिला ‘कमाण्डर’

थप पढ्नुहोस्

लकडाउन सम्झदा दोलखा एमालेले बिर्सिदैन विदुर शर्मा

थप पढ्नुहोस्

तामाकोसी पाचौंमा स्थानीयलाई ५० प्रतिशत सेयर दिन दाेलखा कांग्रेसका सचिवकाे...

थप पढ्नुहोस्

अब कालोपत्रे र ढलान सहितको फराकिलो सडकमा सररर कालिञ्चोक यात्रा

थप पढ्नुहोस्

बाईपास सडकले चरिकोटको पर्यटनलाई धक्का

थप पढ्नुहोस्

भीमेश्वरका करार कर्मचारीको छानबिन माग गर्दै प्रशासन र अख्तियारमा मुद्धा

थप पढ्नुहोस्

दोलखाको भीमेश्वर नगरमा मनपरी थपिए ८० जना करारका कर्मचारी

थप पढ्नुहोस्

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्