दोलखाका यी व्यवसायी नेताले भरे कांग्रेसको सक्रिय सदस्य
बोलीचाली संवाददाता
दोलखा, साउन १५
जिल्लामा व्यवसायीहरुको नेतृत्व गर्ने दुई दर्जन बढी अगुवा व्यवसायीहरुले नेपाली कांग्रेसको सक्रिय सदस्यता भरेका छन् ।
दोलखा उद्योग बाणिज्य संघमा नेतृत्व गरिरहेकाहरु साथै जिल्लामा प्रतिष्ठीत व्यवसायीका रुपमा कहलिएका प्राय व्यवसायीले नेपाली कांग्रेसको सक्रिय सदस्यता भरेको पार्टी जिल्ला कार्यालयले जनाएको छ ।
कांग्रेसमा १४ औं महाधिवेशन अघि जिल्लाहरुबाट पठाईएको सक्रिय सदस्यता टुङगो लाग्दैछ । कांग्रेसमा वडा कार्य समितिबाट सक्रिय सदस्यता सिफारिस भएर स्थानिय तह, क्षेत्र, जिल्ला हुँदै केन्द्र सम्म पुग्छ । दोलखाबाट पठाईएका १२ हजार सक्रिय सदस्य मध्ये यस अघि नै सदस्यता लिईसकेका जिल्लामा नाम कहलिएका प्राय व्यपारीले नविकरण गरेका छन भने केहीले नयाँ सक्रिय सदस्यता लिएका छन् ।
दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठले नयाँ सदस्यता भरेका छन् । उनी भीमेश्वर नगरपालिका ४ नं वडाबाट सक्रिय सदस्य बनेका छन् । उनलाई जिल्ला अधिवेशनमा क्षेत्रिय प्रतिनिधि पठाउने तयारी वडाका नेताहरुको छ । श्रेष्ठ पत्नी मुना श्रेष्ठले भीमेश्वर नगरपालिका ६ बाट सक्रिय सदस्यता नविकरण गरेकी छिन् । अध्यक्ष श्रेष्ठको चरिकोटमा हाड्वयर व्यवसाय र पेट्रोल पम्प साथै काठमाण्डौमा रेष्टुरेन्ट लगायत बिभिन्न क्षेत्रमा लगानी छ ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य रामेश्वर मानन्धरले भीमेश्वर नगरपालिका ६ बाट सक्रिय सदस्य नविकरण गरेका छन् । उनी २५ बर्ष देखी क्रियाशिल सदस्य थिए । मानन्धरकी पत्नी सविना सहित सिंगै परिवारले सदस्यता नविकरण गरेका छ । बिभिन्न कम्पनीको डिलर, निर्माण साथै तारजालीको सप्लायर्स क्षेत्रमा समेत संलग्न रहेको मानन्धर परिवारको चरिकोटमा डिपार्टमेन्टल स्टोर छ ।
जिल्लामा व्यवसायिक सफलता संगै पछिल्लो समय व्यवसाय क्षेत्रमा ख्याती कमाएका दोलखा उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष दिनेश बस्नेतले भीमेश्वर नगरपालिका ७ बाट सक्रिय सदस्य भरेका छन् । पत्नी अञ्जु सहित परिवारमा योग्यता पुगेका सबै सक्रिय सदस्य नविकरण भएको छ । बस्नेत ११ बर्ष देखी पार्टीको क्रियाशिल सदस्य छन् । दुई बर्ष अघि सातदोबाटो चोकमा कम्प्लेक्स बनाएका बस्नेतको दोलखामा तारे होटल, हाड्वयर, मार्ट, किनारा होलसेल, कृषि फार्म, मिनिरल वाटर लगायत क्षेत्रमा लगानी छ । दोलखा उद्योग बाणिज्य संघको कार्य समिति सदस्य समेत रहेका उनी संघको गत अधिवेशनमा कांग्रेसले समर्थन गरेको भन्दा ईतर प्यानलबाट निर्वाचित भएका थिए ।
उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य सुदर्शन कार्कीले तामाकोसी गाउँपालिका २ झुलेबाट सदस्य नविकरण गरेका छन् । चरिकोटमा होटल, पेट्रोल पम्प, मास्क कारखाना लगायत व्यवसायमा संलग्न उनी कांग्रेसको जिल्ला समितिका सदस्य समेत हुन् ।दोलखा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष दिनेश थापाले भीमेश्वर नगरपालिका ६ बाट सक्रिय सदस्यता नविकरण गरेका छन् । हाड्वयर र निर्माण व्यवसायमा संलग्न थापाको परिवार २५ बर्ष देखी कांग्रेसको सक्रिय सदस्य छन् ।
संघका द्धितिय उपाध्यक्ष सनत थापाले समेत भीमेश्वर नगरपालिका ६ बाट सक्रिय सदस्यता नविकरण गराएका छन् । हाड्वयर व्यवसायमा सक्रिय उनी ६ बर्ष देखी कांग्रेसको सक्रिय सदस्य छन् ।
संघका सचिव बिमल श्रेष्ठ र कोषाध्यक्ष अनिता श्रेष्ठले भीमेश्वर नगरपालिका ३ बाट सक्रिय सदस्य नविकरण गराएका छन् । सचिव श्रेष्ठको चरिकोटमा कम्प्युटर पसल, ईन्टिच्युट छ भने कोषाध्यक्ष अनिताको होटलमा लगानी छ ।
सदरमुकाम चरिकोटका होलसेल व्यवसायी भगवान बस्नेतले भीमेश्वर नगरपालिका ५ बाट सक्रिय सदस्य नविकरण गरेका छन । यस्तै कपडा तथा फेन्सी व्यवसायी संघका अध्यक्ष कुलप्रसाद पौडेलले भीमेश्वर नगरपालिका ६ बाट नविकरण गराएका छन् ।
उद्योृग बाणिज्य संघका पूर्व सचिव समेत रहेका चरिकोटका व्यवसायी नारायणबहादुर श्रेष्ठले समेत भीमेश्वर नगरपालिका २ बाट सक्रिय सदस्य नविकरण गरेका छन् । जिल्लाकै ठुलो मिलिजुली सहकारी संस्थाका अध्यक्ष समेत रहेका श्रेष्ठको चरिकोटमा स्टेशनरी, सिंगटीमा हाड्वयर, कचिेन सोरुप लगायतका क्षेत्रमा लगानी छ ।
मैनापोखरी बजारका प्रतिष्ठीत व्यवसायी दिपेन्द्र दाहालले समेत कांग्रेसको नयाँ सक्रिय सदस्य भरेका छन् । मैनापोखरीका चर्चित व्यवसायी हरि साहु (दाहाल)का छोरा रहेका उनी र उनको परिवार वैत्येश्वर गाउँपालिका सहित उक्त क्षेत्र भरीमा व्यवसाय क्षेत्रमा प्रख्यात छ ।
संघका पूर्व कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले भीमेश्वर नगरपालिका ३ बाट सदस्यता नविकररण गराएका छन् ।
जिरी उद्योग बाणिज्य संघका उपाध्यक्ष बाबुराजा श्रेष्ठले जिरी ५ बाट सदस्यता नविकरण गरेका छन भने उद्योग बाणिज्य संघ जिरीको अधिवेशनका अध्यक्षका प्रत्याशी वाङछु शेर्पाले जिरी ५ बाटै सदस्यता नविकरण गराएका छन् । श्रेष्ठको होटल र वाङछुको खुद्रा तथा होलसेल व्यवसाय छ ।
जिरी बजारका उद्योगी अनिल कार्कीले समेत जिरी ५ बाटै सदस्यता नविकरण गरेका छन् । जिरी बजारमा अनिलको चाउचाउ र ग्रिल उद्योग छ । जिरी बजारका स्टेशनरी व्यवसायी अनिल कार्कीले समेत ५ नं वडाबाटै सदस्यता नविकरण गरेका छन् ।
डिलर व्यवसायमा संलग्न उद्योग बाणिज्य संघका पूर्व कार्य समिति सदस्य विवेक केसीले जिरी ३ बाट सदस्यता नविकरण गराएका छन् ।
डिस्टिलरी उद्योग, होटल, क्रसर लगायतका व्यवसायमा संलग्न पूर्व कार्य समिति सदस्य राजेश उप्रेती र सुरेन्द्र उप्रेतीले वैत्येश्वर ६ नाम्दुबाट सदस्यता भरेका छन् ।
Leave a Reply