लापिलाङका पहिरोपिडित परिवारलाई कांग्रेस सांसद लामाले पठाए चार लाखको खाद्यन्न

- bolichali
३२ श्रावण २०७८, सोमबार
बस्तीको माथि र तल दुवै तिरबाट खसेको भिषण पहिरोका कारण बिस्थापित बनेका कालिञ्चोक गाउँपालिका ५ लापिलाङका १ सय ५० परिवारलाई कांग्रेस सांसद जिपछिरिङ लामाले डेढ सय बोरा चामल सहित खाद्यन्न सहयोग पठाएका छन् ।
दोलखाबाट प्रतिनिधित्व गर्ने पार्टीका समानुपातिक संघीय सांसद लामाले निजी खर्चमा पिडितलाई आवश्यक खाद्यन्न सहितका उपभोग्य सामान पठाएका हुन् । स्थानिय रानिबनबाट खसेको पहिरोका कारण लापिलाङको रानिबन, कातिके, घट्टे खोला, मिजार टोल र नेवार बस्तीका १ सय ५० परिवार बिस्थापित छन् ।
भिषण पहिरोले बिस्थापित बनेका पिडितहरुलाई सांसद लामाले पठाईदिएको चामल, दाल, तेल नुन लगायतका सामग्री शनिबार वितरण गरिएको थियो । प्रति परिवार एक बोरा चामल, ५ केजी दाल, नुन र तेल वितरण गरिएको कांग्रेसका गाउँपालिका सभापति अर्जुन शिवाकोटीले सुनाए ।
पार्टीका क्षेत्रीय सभापति जयराम श्रेष्ठका अनुसार यो गाउँका पिडितहरुको अवस्था बारे सांसद लामाले केही दिन अघि प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण समेत गराएका थिए । पहिरो पिडितलाई पठाईएको खाद्यन्न चार लाखको रहेको उनले सुनाए । राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव सन्तोष रिमाल, जिल्ला सचिव बालकृष्ण आचार्य लगायतको उपस्थिती रहेको थियो । 

















Leave a Reply