क्षेत्रीय सभापति जि, तपाईलाई थाहा छ ? तपाईंकै कार्यकर्ता तपाई संग डराउछन नि.!

- bolichali
६ माघ २०७८, बिहीबार
रमेश खतिवडा
दोलखा कांग्रेस प्रदेश सभा क्षेत्र नं १ का क्षेत्रीय सभापति हुन शुक्रराज तामाङ । गैरीमुदी गाउँका उनले गत असोजमा सम्पन्न अधिवेशनबाट सर्वसम्मत रुपमा क्षेत्रीय सभापतिको जिम्मेवारी लिए ।
सर्वसम्मत भएका उनको पृष्ठभुमी बारे बोल्न र भन्न दोलखाली कांग्रेसजन अझै पनि डराउछन् । दोलखा गैरीमुदीका तामाङ ६० को दशकका शुरुका बर्षहरु सम्म खासै चर्चामा थिएनन् । गाउँमा डुल्दै आएका एक जना घुमुवा चप्पल व्यापारीको हत्या गरेपछि उनी राज्यको निगानीमा परे । गाउँमा सशस्त्र युद्ध चरमोत्कर्षमा थियो, माओवादीले केही समय उनलाई नियन्त्रणमा लियो । पछि भागेर काठमाण्डौ गए । एभरेष्ट होटलमा महेन्द्र खड्काको हत्या प्रकरणमा उनी पक्राउ परे । शुक्रराजको जेल यात्रा त्यहींबाट शुरु भयो ।
काठमाण्डौ, मधेशका जिल्ला हुदै उनी केही कारागारहरुमा बसे । उनी जाहा बस्थे त्यहीबाट बाहिर परिचालन मार्फत ठेक्का पट्टामा प्रभाव राखेर शक्तीशाली बन्थे । उनको विगतको पृष्ठभुमी बारे धेरै खोतल्न आवश्यक ठान्दिन । किनकि विगतमा जे जस्ता क्रियाकलाप गरे अहिले आफुले आफैंलाई परिवर्तन गर्ने कोशिष गरेका छन् । देशको पुरानो र जेठो प्रजातान्त्रिक पार्टीको कार्यकारी पद सम्हालेका छन् । सच्याउने कोशिष गरिरहेको मान्छेलाई पुन विगत तिर फर्काउनु उचित हुन्न ।
रामेछाप हुँदै मधेश तिरको कारागारमा रहेका शुक्रलाई पत्नी सिताले एमाले नेतृत्वको पहुचमा निक्कै लामो कसरत पछि दोलखा कारागार सरुवा गराईन् । यसमा उनको कति मेहनत रह्यो भन्ने कुरा हालै सिताले टेलिफोन सम्वादमा सुनाएकी थिईन् । चन्द्रनिगाहपुर माईती रहेकी सिताले माधव नेपाल, विद्या भण्डारी हुँदै दोलखाका नेता धर्मेन्द्र मोक्तान समाएर पार्वत गुरुङ मार्फत पतिलाई दोलखा कारागारमा सरुवा गरेकी थिईन् ।
हाे त्यही बेला सिताले गुरुङलाई गुन लगाउने आश्वासन दिएकी थिईन् रे । त्यही आश्वासन पुरा गर्न सिताले २०७० सालको चुनावमा दोलखा १ को मतदानका बखत कांग्रेस संग लडेर गुरुङको गुनको बदला फर्काएकी थिईन् । गुरुङले ७० सालको चुनाव जित्नुका कारण सिताले लडेको गैरीमुदीकाे त्यो बुथ समेत एउटा थियो । त्यतीबेला शुक्र कारागारमै थिए, उनले पत्नी सितालाई जेलबाटै ‘ब्याक सपोर्ट’ गरेकाे कुरा सिताले सुनाएकी थिईन् । गैरीमुदी हरेक निर्वाचनमा अशान्त हुन्छ ।
जेलमा रहेका शुक्र तामाङ २०७३ सालमा छुटे । शुक्र पहिल्यै देखी कांग्रेस थिए । जेलबाट छुटे लगत्तै दोलखा कांग्रेसको सम्पर्कमा पुगे । त्यतीबेला तरुण दलको जिल्ला अधिवेशन चल्दै थियो । तरुण दलको जिल्ला अध्यक्ष पदमा उम्मेद्धारी घोषणा गरे । शुक्र सहित गैरीमुदीकै गौरव लामा, भुषाफेदाका कुमार अधिकारी र चरिकोटका दावासाङगे शेर्पाले जिल्ला अध्यक्ष पदका लागी उम्मेद्धारी घोषणा गराए ।
त्यतीखेर जेलबाट भर्खरै छुटेर आएका शुक्र संग नेता कार्यकर्ता बोल्नै डराउथे । पछि शुक्र नेताको दबाबमा हो या किन हो उम्मेद्धार भएनने । गौरव लामालाई नेताहरु बसेर फिर्ता लिन लगाए । दावासाङगे र कुमार बिच चुनाव भयो । दावासाङगेले जिते ।
जेलबाट छुटेपछि शुक्र दोलखाको कांग्रेस राजनितिमा बिस्तारै घुलमिल हुँदै गए । उनले आफु २०४६ साल देखीनै कांग्रेसमा सक्रिय रहँदै आएको बताउने गरेका छन् ।
२०७४ मा स्थानिय चुनाव भयो । कांग्रेसबाट चुनाव लडेका छवि लामाका निम्ती दिलो ज्यान दिएर लागे । गैरीमुदी सहित वरपरका केही वडामा उनले ‘बुथ कब्जा’ गरेर गरेको सहयोगलाई कांग्रेसले अहिले पनि गुन सम्झीने गरेको छ ।
२०७७ साल देखी नै कांग्रेसको अधिवेशन हुने चर्चा चल्दै थियो । वैत्येश्वर गाउँपालिकाका अध्यक्ष समेत रहेका छवि लामाले सम्हालेको क्षेत्र नं १ को क्षेत्रीय सभापति पदमा जाने उनलाई निकै ठुलो आकांक्षा राखे । लामा र उनी एकै वडाका हुन् ।
शुक्रले यो प्रस्ताव शुरुमा छवि लामाकोमा पुर्याए । छविले जिल्ला तहमा लाने आश्वासन दिए । तत्कालिन पार्टी सभापति रुद्र बहादुर खड्का, हालका जिल्ला सभापति बर्मा लामा, हालका केन्द्रिय सदस्य एवं तत्कालिन जिल्ला नेता कुन्दनराज काफ्ले, पूर्व सभापतिहरु ताराबहादुर कोईराला, उद्धवराज काफ्ले कसैले पनि शुक्रको प्रस्ताव नकार्न सकेनन् ।
क्षेत्रीय अधिवेशन नजिकिदै थियो । शहरेका भुवन केसी, गैरीमुदीकै सुवास लामा लगायत क्षेत्रीय सभापतिको आकांक्षी थिए । तर कसैले पनि शुक्रको उम्मेद्धारी घोषणाका विरुद्ध जाने निर्णय गर्न सकेनन् । सुवास उपसभापति बसे र केसीले पछि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिए । मैनापोखरीमा सम्पन्न अधिवेशनबाट उनी सर्वसम्मत क्षेत्रीय सभापति घोषित भए ।
उनी क्षेत्रीय सभापति भईसके यता चरिकोटमा कांग्रेस जिल्ला समितिको ५ ओटा बैठक बस्यो । दोलखामा एक संघीय र दुई प्रादेशिक निर्वाचन क्षेत्र छ । क्षेत्र नं १ का सभापति शुक्र जिल्ला समितिको पदेन सदस्य हुन्छन् । तर जिल्ला समितिमा हाल सम्म बसेका ५ ओटा बैठक मध्ये एउटा बैठक बाहेक अरुमा उनको अहिलेसम्म उपस्थिती छैन ।
शुक्रले क्षेत्रीय सभापति भए पछि ४ महिना यता अहिले सम्म क्षेत्रीय कार्य समितिको बैठक राख्न सकेका छैनन् ।
उनलाई जिल्ला सभापति बर्मा लामाको दरिलो साथ छ ।
सक्रिय राजनितीमा हाेमिसकेका उनको पृष्ठभुमी तिर फेरि पनि नफर्किउ । उनले कांग्रेसमा काम गर्छु भनेर नै कांग्रेसको कार्यकारी पद (क्षेत्रीय सभापति) रोजेका हुन सायद।
यो बिचमा उनी केही विवादमा तानिएपनि । हरेक व्यक्तिको राजनितिक स्वतन्त्रता हुन्छ । उनकी पत्नी सीता जन्मजातै एमाले हुन् । गत पुस २३ गते सम्पन्न जिल्ला अधिवेशन बाट सिता एमाले जिल्ला कमिटि सदस्य भईन् । स्थानिय चुनावमा टिकट बार्गेनिङ गर्न उनैले पठाएको आरोप समेत लाग्यो । पत्नी सिताले भने आफु जन्मजात एमाले रहेको प्रष्टीकरण दिएपनि यो आरोपलाई शुक्रले अहिले सम्म खण्डन गर्न सकेका छैनन् ।
शुक्र कांग्रेस क्षेत्रीय सभापति हुन् । उनको जिम्मेवारीमा दोलखाका ९ स्थानिय तह र ७४ ओटा वडामध्ये ५ स्थानिय तह र ४० वडा पर्छन् ।
उनी आफैंमा राजनितिक स्वभाव देखाउन त खोज्छन् । तर उनले लिएर हिड्ने गरेको समुह संगको गतिविधि संग कतिपय कार्यकर्ता अझै डराउनछन् । उनी संग हिड्ने टोलीहरुले चरिकोटमा दुई ओटा मोटरसाईकल सोरुमका मालिक धम्क्याए । त्यतीखेर रामेश्वर कार्की डिएसपी थिए । तामाकोसी बजारमा बालुवा कान्ड लगायतका प्रकरणमा बिभिन्न समुह संग उनका निटवर्तीहरुको पटक पटक मारपिट चल्यो । चरिकोटमा अरुण खड्का निर्घात कुटिए । बजारकै एक जना फेन्सी पसलेलाई धम्क्याईयाे । गत पार्टी अधिवेशनमा एक जना कांग्रेस कार्यकर्तालाई निर्घात कुटेर घटाईएको घटना पछि कार्यकर्ता अझै अझै त्रसित हुन्छन् । यी सबैमा उनी संग हिड्ने टाेलीकै संलग्नताकाे आशंका धेरैले गरे ।
शुक्र कांग्रेसको कार्यकारी पदमा छन् । उनकी पत्नी सिता गत एमाले जिल्ला अधिवेशनबाट जिल्ला कमिटि सदस्य बनिन् । पत्नीलाई जिल्ला सदस्य जिताउन उनले एमाले भित्र उत्तर भरी युवा पंक्ती परिचालन गरेको चर्चा स्वयं एमाले कार्यकर्ताहरुले सुनाउने गरेका थिए । राजनितिक स्वतन्त्रता आ–आफ्नो हुन्छ । कांग्रेसको कार्यकारी पदमा बसेको एउटा नेताको पारिवारिक र राजनितिक जिवन मिडियाका लागी चासो हुन्छ भनेर नै हामीले शुक्र दम्पतीको समाचार लेख्यौं । उक्त समाचार पछि चर्चा बहस चलिरहेकै थियो ।
सोमबार चरिकोट स्थित संगम होटलमा कांग्रेसको एउटा कार्यक्रम थियो । त्यही कार्यक्रममा जिल्ला सभापति बर्मा लामा र केन्द्रिय सदस्य कुन्दनराज काफ्लेले शुक्रलाई प्रष्टीकरण मागे ।
बाहिर पट्टी शुक्रको अघिपछि हिड्ने दिलबहादुर तामाङ, भिमे भन्ने यम विक, पासाङ तामाङ लगायतको टोली बसिरहेको थियो । टोली मध्ये दिलबहादुरले भिडमै आमा चकारी गाली गर्दै धम्कयाईदिए – ‘त्यो मा..... रमेश खतिवडा भन्नेको घर काहाँ हो, जाउँ, त्यसलाई घरमै गएर ठोकौं’ । यो सुनेका केही कांग्रेस कार्यकर्ताले मलाई फोन गरे – ‘तपाईको ज्यान खतरामा छ, जोगिएर हिड्नुस है’ । तामाकोसी बजारबाट समेत मलाई यस्तै ‘ईन्फरमेशन’ आएपछि मैले पत्रकार महासंघको केन्द्रिय अध्यक्षलाई खबर गरें । पत्रकारहरुको सुरक्षामा पत्रकार महासंघ यति संवेदनशिल भईहाल्छ कि उनले यो बिषय गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालय सम्म पुर्याईहाले । दोलखाका स्थानिय सुरक्षा अधिकारीहरुले मलाई तत्कालै खबर गरे र मैले फेसबुक मार्फत सबै कुरा सार्वजनिक गरें ।
यो घटना पछि क्षेत्रीय सभापति तामाङले मंगलबार मलाई भेटेर घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्ने काेशिष गरे । पत्नी सिताले टेलिफोनमा लामाे कुराकानी गरिन् । सिताकाे राजनितिक व्यवहार निकै प्रशंसनीय पाएं । आफुहरु फरक दलमा रहेपनि राजनितिक परिवार रहेकाे र पत्रकारिता पेशालाई सम्मान गर्ने बताईन । अब शुक्र तामाङ जिल्लाकाे नेता संगै पार्टीको क्षेत्रीय कमान्डर भईसके । उनले आफू संग हिड्ने टाेलीलाई लगाम लगाउन सक्नुपर्छ । दाेलखाका कांग्रेसजन प्रति उनकाे टाेलीकाे डर मेटाउन सक्नुपर्छ ।
क्षेत्रीय सभापति शुक्रराज तामाङ र उनको समुहले राजनितिक व्यवहार मात्र देखाउनुपर्छ ।
दाेलखाका ५ स्थानीय तह र ४० ओटा वडाका कमान्डर शुक्रराजकाे नेपाली कांग्रेसकाे राजनितिक यात्रा सफल बनाेस ।
शुभकामना ।।।


















Leave a Reply